कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | फागुन १५, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
लघुवित्त पीडित संसद् भवन प्रवेश गरेको विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखसहित उच्च अधिकारीसँग सोधपुछ गरेका छन् ।
मन्त्री श्रेष्ठले सोमवार साँझ गृह सचिव दिनेश भट्टराई, आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख रुद्र पण्डित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेका हुन् ।
सोमवार दिउँसो निषेधित क्षेत्र पार गर्दै ४८ जना महिला र एक पुरुष आन्दोलनकारी संसद् भवन परिसरमा प्रवेश गरेर प्रदर्शन गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको छ । लघुवित्त पीडितहरू माइतीघरदेखि निषेधित क्षेत्र तोडेर बानेश्वरस्थित संसद् भवनभित्रै पुगेका थिए ।
००००
राजधानीमा रहेको अति संवेदनशील क्षेत्र संसद् भवनभित्र आन्दोलनकारी छिर्नुले अहिले उपत्यकाको सुरक्षा अवस्था कस्तो छ भन्ने देखाएको छ ।
उपत्यका हेर्नका लागि एआईजी दीपक थापाको नेतृत्वमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ हेर्नका लागि एसएसपी भूपेन्द्र खत्रीको नेतृत्व छ भने बानेश्वर क्षेत्र हेर्नका लागि डिएसपीको नेतृत्वमा वृत्त नै छ । त्यसका अलवा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पनि छ । त्यति हुँदाहुँदै पनि आन्दोलनकारीको ठुलो जमान नै संवेदनशील क्षेत्रमा पुग्न भनेको सुरक्षा कमजोरी भएको देखिन्छ ।
००००
संसद् भवनभित्र लघुवित्त पीडित प्रवेश गरेको विषयमा छानबिन गर्न समिति बनेको छ। उक्त घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको हो । यसैबीच प्रहरी प्रधान कार्यालयले संसद भवनको सुरक्षामा खटिएका दुई दर्जन भन्दा बढी प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर नयाँ टोली पठाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन् ।
००००
नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर सोमबार नेपाल भ्रमणमा आएकी छन् ।
भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले महाधिवेशनका लागि मस्यौदामा छलफल गर्न यही फागुन १५ र १६ गते मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले मस्यौदा लेखनका लागि देशभरबाट आएका सुझावको अध्ययन तथा छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी दिएको हो ।
००००
नतिजा दिन नसक्ने, विवादित र गुमनाम मन्त्री हटाउनुपर्ने आन्तरिक एवं बाह्य दबाबका बीच पनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अस्वाभाविक मौनता साँधेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकालको एक वर्ष पूरा गरेको अवसरमा गत पुस १० गते नतिजा नदिने मन्त्री फेर्ने सार्वजनिक उद्घोष गरेका थिए । सरकारले चाल्न खोेजेको कदममा मन्त्री प्रभावकारी नभएको भन्दै प्रचण्डले नतिजाविहीन मन्त्री हटाइछाड्ने प्रस्टै बताएका थिए । तर, त्यसयताको दुई महिनासम्म गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले ‘ग्रीन सिग्नल’ दिएको छैन, जसका कारण मन्त्री हेरफेर हुन सकेको छैन ।
००००
यता विवादमा परेका तीनजना मन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा नाराबाजी गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमालेका गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।
त्यसपछि अन्य विपक्षी दलले बोलेका थिए । त्यसपछि सभामुखले संसद्को कारबाही अगाडि बढाउन खोज्दा एमाले सांसदले नाराबाजी गरेका हुन् । एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताए । त्यसपछि बैठक स्थगित गरेका सभामुखले दोस्रो बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरे । सभामुखले पटक पटक सरकारलाई रुलिङ गरेपनि जवाफ आएको छैन ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।
००००
निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम २ को प्रतिनिधि सभा र बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले आगामी चैत २४ गते उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
००००
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पर्वत फूलबारी २ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।
००००
भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ ।
सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ ।
००००
ए ग्रेडमा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी निर्णय गरेको हो ।
ए ग्रेडमा रोहितका अलावा सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...