×

NIC ASIA

सरसर्ती २४ घण्टा

प्रतिपक्षमा हुत्तियो कांग्रेस, नयाँ सत्ता गठबन्धन भागबण्डामा जुट्यो

काठमाडाैं | फागुन २२, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीचको चार दलीय नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेस प्रतिपक्षी बेन्चमा पुगेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेसको क्रियाकलापप्रति असन्तुष्ट बन्दै एमालेसँग सहकार्य गर्न पुगेका हुन् । अन्तिम समयसम्म पनि गठबन्धन कायम रहनेमा विश्वस्त देखिएका कांग्रेस सभापति शेरबहादुर देउवा चार दलका बीचमा ८ बुँदे सहमति भएसँगै जिल्लिएका छन् । 

Muktinath Bank

आइतबार मध्यरातमा कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गबठन्धन बनाउने सहमति जुटेको थियो । जसअनुसार ८ बुँदे सहमतिमा प्रचण्डलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने उल्लेख छ । राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरूका बिचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको सहमतिपत्रमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमतिपत्रमा उल्लेख छ।  
००००
यसैबीच एमालेसहितको नयाँ सत्ता गठबन्धन मन्त्रालय भागबण्डाबारेको छलफलमा जुटेको छ । ८ बुँदे सहमति मै आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने विषय उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

 जसअनुसार भागबण्डामा सहमति जुटाउन मंगलबार सत्ता साझेदार दलबीचको बैठक बस्ने बताइएको छ । हाल नयाँ समीकरणबाट तीन जनामात्रै विनाविभागीय मन्त्री बनेका छन् । हाल गठबन्धनमा चार दल रहेपनि कांग्रेस र राप्रपाबाहेकका दलहरुसँग संवाद अघि बढाइने बताइएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका छन् । 
 ००००
यसैगरी ८ बुँदे सम्झौता सरकारको नेतृत्वमा आलोपालो गर्ने या नगर्ने भन्नेमा मौन देखिएको छ । सम्झौताको पहिलो नम्बर बुँदामा संयुक्त सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख गरिएपनि समय नतोकिएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।सोमवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
तीन मन्त्रीले सोमवार नै राष्ट्रपति कार्यालयमा शपथ लिएका छन् ।
००००
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो ।

Vianet communication

सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ ।
००००
प्रधानमन्त्रीले राष्ट्र र जनताको लागि सोमवार क्रमभंग गरेको बताएका छन् ।

शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्रसम्बन्धी विचार गोष्ठीमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम नयाँ क्रमभंग भएको बताएका हुन् । 
‘प्रचण्डलाई बुझ्नै नसक्ने मान्छे छन् तर राष्ट्र र जनताप्रति नै आजको दिन नयाँ क्रमभंग हो’, प्रचण्डले भने, ‘हामी एकताबद्ध हुनुपर्छ । माओवादीहरू एकताबद्ध हुनुपर्छ । ठोस परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्नुपर्छ ।’
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताएका छन् । सोमबार पार्टी निकट मजदुरहरूको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता समीकरणमा भएको फेरबदलले देश भताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास व्यक्त गरे ।
००००
पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
देउवाले निजी निवास बूढानीलकण्ठमा मंगलवार दिउँसो ३ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
००००
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शपथ लिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा  आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।
००००
संसद् बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले सोमबारको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।
००००
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन् । यसअघि कांग्रेस(माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो । 
हाल सुदूरपश्चमसहित लुम्बिनी, गण्डकी र कोशीमा कांग्रेस नेतृत्वमा सरकार छन् । यस्तै, कर्णाली र बाग्मतीमा माओवादी र मधेशमा जसपाको सरकार छ । 
मधेश र माओवादीले नेतृत्व गरेका दुई प्रदेशबाहेक अन्यमा प्रदेश सरकार तत्काल सरकार फेरिने देखिएको छ । कांग्रेसले नेतृत्व गरेका प्रदेश सरकार फालेर आलोपालो नेतृत्व गर्ने समझदारी एमाले र माओवादीले गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x