×

NMB BANK
NIC ASIA

दमकल नहुँदा समस्या

कोशीका ८१ पालिका दमकलविहीन: कतै बिग्रिएर थन्किए, केही जनशक्ति नहुँदा बन्द

विराटनगर | चैत १२, २०८०

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ५६ वटा स्थानीय तहमा मात्र दमकल छन् । त्यसमध्ये ४९ वटा सञ्चालनमा छन् भने सातवटा बन्द छन् । कोशीका धेरै पालिकासँग दमकल नै छैनन् । १३७ स्थानीय तहमध्ये ८१ पालिका दमकलविहीन छन् । 

Muktinath Bank

प्रदेश प्रहरी कार्यालयका अनुसार झापाका १५ पालिका मध्ये ७ वटामा मात्रै दमकल छन् । दमक नगरपालिकामा ३ वटा दमकल छन् भने भद्रपुरमा दुइटा रहेका छन् । मेचीनगर, गौरादह, बिर्तामोड र कमल गाउँपालिकामा एक–एक वटा वरुण यन्त्र रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, इलामको सूर्याेदय, इलाम र देउमाई नगरपालिकासँग दमकल छन् । इलाम नपासँग दुई वटा दमकल रहेकोमा एउटामा सञ्चालनमा छैन ।  जिल्ला प्रहरी कार्यालय पाँचथरले २ वटा दमकल सञ्चालन गरिरहेको छ । ताप्लेजुङको सदरमुकाममा रहेको फुङलिङ नगरपालिकासँग भने एउटा दमकल छ । 


Advertisment
Nabil box
Kumari

मोरङका ७ वटा पालिकासँग १० वटा दमकल रहेका छन् । १० वटामध्ये ३ वटा विराटनगर महानगरपालिकासँग रहेका छन् ।  सुनसरीका ६ पालिकासँग १० वटा दमकल रहेका छन् । सबैभन्दा बढी धरान उपमहानगरपालिकासँग ४ वटा दमकल छन् भने इनरुवामा भएका दुई वटा नै दमकल चल्दैनन् । 

Vianet communication
Laxmi Bank

तेह्रथुमको लालीगुराँस,  म्याङ्लुङ नगरपालिका र आठराई गाउँपालिकाले दमकलको व्यवस्थापन गरेका छन् । भोजपुर नगरपालिका वडा नम्बर ७ र भोजपुरकै हतुवा गढी गापा १ मा पनि दमकल रहेका छन् । उदयपुरका ४ पालिका सोलुखुम्बुको एक पालिका र खोटाङका दुई पालिका र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकासँग दमकल छन् ।

तर, भएका दमकलहरूसँग पनि दक्ष कामदार छैनन् । दमकलमा दक्ष जनशक्ति नभएका कारण आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीको भनाइ छ । स्थानीयतहरूले बरुणयन्त्रका लागि भनेर जनशक्ति राखे पनि उनीहरूलाई तालिमको खाचो छ । ‘बरुणयन्त्रका लागि एकदम दक्ष जनशक्ति चाहिन्छ’, कोशी प्रदेश प्रहरी कार्यालयका एसपी दिपक पोख्रेलले भने, ‘आगलागी भएको स्थानमा कसरी काम गर्ने भन्ने राम्रो जानकारी भएकाले मात्रै चाडै नियन्त्रण गर्न सक्छन् ।’ स्थानीयहरूले राखेका कामदार केही दिन तालिम लिएका भरमा मात्रै चलिरहेको उनले बताए । स्थानीयतहरूले प्रहरीलाई बरुणयन्त्र दिएर ती कर्मचारी प्रहरीमार्फत् चल्ने बनाए आगलागी नियन्त्रणमा सहज हुने उनको भनाइ छ ।  

कोशी प्रदेशमा फागुनयता आगलागीको घटना अचाक्ली प्रहरीको तथ्याङ्कले देखाएको छ ।  आगलागीका कारण सयौँ मानिस घरबारविहीन बनेका छन् भने करोडौँको क्षति भएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुन र चैत्र महिनाको ७ गते सम्म आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ । फागुनमा १० जनाको र चैत्रमा ३ जनाको आगलागीका कारण मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  

चैत्र ७ गते सम्ममा १०१ जना घाइते भएका छन् । चैत्रमा मात्रै १७५ चौपायाको मृत्यु भएको छ भने फागुनमा ५ हजार ६४७ चौपायाको मृत्यु भएको थियो । १ महिना ७ दिनमा ५१० वटा घरमा क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ७० करोड ९९ लाख १६ सय रुपैयाँ बराबरको क्षति भएको एसपी पोख्रेलले बताए । उनका अनुसार तीन आर्थिक वर्षभन्दा बढी धनजनको क्षति भने चालु आवको चैत्र ७ गतेसम्म भएको प्रहरीको तथ्याङ्क रहेको छ । 

आर्थिक वर्ष २०७८/०७९मा १५ जनाको मृत्यु भएको थियो भने आव २०७९/८० मा  पनि १५ जनाको ज्यान गएको थियो  । आर्थिक वर्ष ०७८/०७९ मा ७७ करोड ५९ लाख ३ हजार ४९६ रुपैयाँको क्षति भएको प्रहरीको तथ्यांकमा रहेको छ भने आर्थिक वर्ष २०७९/०८ मा भने १ अर्ब १३ करोड ८१ लाख ८८ हजार ७७४ रुपैयाँ क्षति प्रदेश प्रहरीको तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x