×

NMB BANK
NIC ASIA

अब त्रिविको प्रश्नपत्र नेपाली र अंग्रेजीमा, सुनको मूल्यमा रेकर्ड

काठमाडाैं | चैत १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रियसभाको शुक्रवारको बैठकले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक कानून बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित अध्ययन प्रतिवेदनमाथिको छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफपछि अध्यक्ष नारायणप्रसाद दाहालले सो निर्देशन दिएका हुन् ।
ंंंं००००
गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा इजाजत जारी भएको हतियारका विषममा एक छानबिन समिति गठन गरेको छ । बिहीवारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रवार मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पार्ने निर्णय गरेको छ । 
त्रिविले शुक्रवार साँझ सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा अनिवार्य तयार गर्नुपर्ने जनाएको हो ।
००००
अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेकपा एमालेको नेतृत्व छनोट चुनावी प्रक्रियाबाट गरिने भएको छ । अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि झापाका नेता–कार्यकर्ताले त्यसलाई नमानेपछि चुनावी प्रक्रिया अगाडि बढाइएको छ । 
अध्यक्ष ओलीले उद्घाटन सत्रमा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरीलाई अध्यक्ष बनाउन खुल्ला मञ्चबाटै भनेका थिए । सचिव शिव ढुङ्गेल दाबीबाट पछाडि नहटेपछि झापामा एमालेको जिल्ला अधिवेशन रोचक बनेको छ । 
००००
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले शुक्रबार आगामी आवका लागि बजेट लेखन समिति गठन गरेका उनको सचिवालयले जनाएको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै उनले कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।
००००
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो । सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिए । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने बताएका छन् । 
मकवानपुरमा शुक्रबार नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताए ।
००००
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही चैत १९ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री जम्कट्टेलको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा शुक्रवार दर्ता गराएसँगै १९ गतेका लागि मिति तय भएको हो । 
००००
नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ ।
बिहीवार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि १ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
००००
अन्तर–व्यवस्थापिका सङ्घ आइपीयूको एक सय ४८ औं महासभामा सहभागी भई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको दश सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार स्विट्जरल्यान्डबाट स्वदेश फिर्ता भएको छ ।       
यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x