कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | बैशाख ६, २०८१
लामो दूरीका सडक पूर्वाधारहरू कहीं बन्ने क्रममा रहेको र कहीं बिग्रिएर अप्ठेरो यात्रा गर्नुपर्ने गुनासो यात्रुहरूबाट आइरहेको पछिल्लो परिप्रेक्षमा हवाई यातायात यतिबेला सुरक्षित र भरपर्दो यात्राको साथी बनेको छ ।
पछिल्लो समय कहीं कतै जाँदा जहाजमार्फत जाने क्रम बढ्दो छ । अत्यावश्यक कामका लागि हवाई यात्रा झन् महत्त्वपूर्ण बनेको छ ।
कहिलेकाही एयरपोर्टमा समयभित्र नपुग्ने, समयमा पुगे पनि सामान छुट्दा झन्झट हुने तथा दुःख पाउने र हतार गर्दा झन ढिलो हुने जोखिम रहन्छ । तसर्थ सुरक्षित र झन्झटरहित यात्रा गर्दा यात्रुहरू आफैं सचेत हुन पनि जरुरी छ ।
यात्राका लागि टिकट महत्वपूर्ण पक्ष हो भने साथमा परिचयपत्र हुन जरुरी छ । आफू बाहिर यात्रामा जानका लागि लगेजका साथै समयमै एयरपोर्टमा चेकिङमा पुग्नुपर्छ ।
यी जहाजमा यात्रा गर्नु अघिका आधारभूत सूची तथा पक्ष हुन् । यात्रा गर्दा यात्रुले मात्रै होइन वायुसेवा कम्पनीहरूले पनि व्यापक तयारी गरिरहेका हुन्छन् ।
छिटो तथा सहज यात्राका लागि वायुसेवा कम्पनीहरूले यात्रु लिएर उड्ने जहाजको निरीक्षण तथा तयारी चेकलिष्ट नै धेरै लामो हुन्छ र यसलाई सावधानी तथा लगनशीलताका साथ पूरा गर्नुपर्दछ ।
यात्रुलाई एक गन्तव्यबाट अर्को गन्तव्यमा लैजाँदा वायुसेवा कम्पनीको प्राविधिक विभागले प्रत्येक उडानपछि हावामा सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न विमानको होसियारीपूर्वक निरीक्षण गर्दछ ।
प्राविधिक विभागको जिम्मेवारी भनेको जहाज सधैं हावायोग्य अवस्थामा रहेको सुनिश्चित गर्नु हो ।
बुद्ध एयरका प्राविधिक सहयोग विभागका प्रबन्धकसमेत रहेका सिनियर इन्जिनियर सन्तोष खाती भन्छन्, 'कुनै पनि उडान गर्नुअघि विमानको मर्मतसम्भार विवरण जाँच/पुष्टि गर्नुपर्ने हुन्छ ।'
अर्को उडानका लागि अघिल्लो उडानबाट कुनै त्रुटि रिपोर्ट गरिएको छ कि छैन जाँच गरिन्छ र सुधारात्मक कार्यहरू गरिने उनले बताए ।
'प्रिफ्लाइट चेकलिस्ट अनुसार जहाजको निरीक्षण गर्नुपर्छ । ब्रेक र टायर अवस्था, ल्यान्डिङ गियर विस्तार, आपतकालीन र सुरक्षा उपकरणहरूको जाँच गरिन्छ,' सिनियर इन्जिनियर खाती भन्छन्, 'पाइलटले नियमित रूपमा संशोधित म्यानुअल पढ्छन्, प्राविधिक कागजातहरूको समीक्षा गर्छन्,रुटको मौसम रिपोर्ट अध्ययन गर्छन् र उडानको लागि तयारी गर्छन् ।'
विभिन्न विभागको समन्वयमा परीक्षणपछि विमान उडानका लागि उपयुक्त छ भन्ने सुनिश्चित गरिन्छ ।
उडान भर्नुअघि विमानको प्रत्येक काम ह्यान्डल गर्न विभागभित्र पनि कार्य विभाजन गरिएको हुन्छ ।
जहाजरूले तोकिएको मापदण्डलाई पछ्याउनै पर्छ, यसको कुनै विकल्प छैन । निर्धारित मर्मत भनेको कुनै आइपर्न सक्ने समस्याको न्यूनिकरणका लागि हो ।
वायुसेवा कम्पनीहरूले उडानको विषय संवेदनशील भएकाले समस्या आएपछि मात्रै ममर्त गर्ने भन्दा पनि हरेक क्षणलाई निगरानी गर्ने गर्छन् ।
खाती भन्छन्, 'जहाज अन्य सवारी साधनजस्तो होइन कि जहाँ तपाईंलाई समस्या पर्छ त्यही ममर्त गर्ने । हामीले निर्माताले दिएका निर्देशनहरू पालना गर्नुपर्छ ।'
जहाज कम्पनीहरूले आफैले समयानुकल विकास गरेर नागरिक उड्डयन प्राधिकरणद्वारा अनमोदन भएका प्राविधिक पक्षलाई समेत ख्याल गर्ने गर्छन् ।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार बुद्ध एयरले पनि जहाज ममर्तका लागि विभिन्न विभाग र शाखाहरू सञ्चालन गरिहेको छ ।
‘प्राविधिक आपूर्ति र स्टोर डिभिजन’ले विमान मर्मतसम्भारका लागि आवश्यक पर्ने विमानका स्पेयर, सामग्री र टुलिङको पक्ष हेर्छ ।
यो विभागले सूची व्यवस्थापनलाई नियन्त्रण गर्दछ र बन्डेड स्टोरहरू, उपकरण स्टोरहरू र एयरक्राफ्ट स्पेयरहरू लिने र पठाउने काम पनि गर्दछ ।
‘बेस मेन्टिनेन्स र वर्कसप विभाग’ले जहाजको प्रमुख मर्मत सम्भार गर्दछ । यस विभाग मातहतको ‘लाइन मर्मत अफिस’ले विमान समयमै चलिरहेको छ भनी सुनिश्चितताको काम गर्छ ।
विमान सञ्चालनको क्रममा उत्पन्न हुने कुनै पनि त्रुटि (पाइलट रिपोर्टेड डिफेक्ट–प्रेप)लाई लाइन मेन्टेनेन्स डिभिजनले ह्यान्डल गर्छ ।
ग्राउण्ड ह्याण्डलिङ डिभिजनले जहाज मर्मत र सञ्चालनका लागि आवश्यक पर्ने ग्राउन्ड सपोर्ट इक्विपमेन्टको हेरचाह गर्छ ।
यी लगायत विभिन्न विभागले समेत काम गरिरहेका हुन्छन् जसले हवाई यात्रालाई सुरक्षित गरिरहेको हुन्छ ।
समग्रमा हवाई यातायातको सुरक्षाका लागि प्राविधिक पक्ष सधै चुस्तदुरुस्त हुन आवश्यक हुन्छ ।
प्रविधि नै मुख्य भएकाले हवाईसेवा कम्पनीले यसलाई सधैं प्राथमिकता दिएका हुन्छन् ।
सूचना अधिकारी कर्ण भन्छन्, 'खासमा आधा वा एक घण्टा उडानका लागि मात्रै पनि आन्तरिक वायु सेवा कम्पनीहरूले कम्तीमा १२ घण्टाको तयारी गरेका हुन्छन् ।'
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...