कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | बैशाख २८, २०८१
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै उनलाई संसदमा बोल्न अवरोध गरेको कांग्रेसले रास्वपा सभापतिको हैसियतमा मन्तव्य राख्दा अवरोध नगर्ने भएको छ ।
दलीय हैसियतमा संसद्मा बोल्न अवरोध नगर्ने सहमति भएको कांग्रेसका एक सांसदले जानकारी दिए । मन्त्रीको हैसियतमा भने रविलाई संसद्मा बोल्न नदिने पूर्ववत् निर्णय कायमै रहेको उनले बताए ।
चैत २ गते प्रतिनिधि सभा बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न जाने क्रममा अवरोध गरेको थियो ।
त्यसपछिका दिनमा पनि कांग्रेसको विरोधका कारण रविले संसद्मा विधेयक पेस गर्ने कार्यसूची हटेको थियो । शुक्रबार शुरू हुने प्रतिनिधि सभाको अधिवेशनमा दलका नेताहरूले शुभारम्भ मन्तव्य राख्ने तयारी छ ।
‘अन्य दलका संसदीय दलको नेताजस्तै उहाँले दलीय आधारमा बोल्न पाउने कुरामा हामीले अवरोध गर्दैनौं । तर मन्त्रीको रूपमा संसद्मा कुनै प्रस्ताव पेश गर्न दिँदैनौं,’ कांग्रेसका एक पदाधिकारीले भने ।
संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने निर्णय लिन शुक्रबार कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
रास्वपा सभापति समेत रहेका लामिछानेले संसद्मा बोल्न पाऊँ भन्दै सभामुखलाई औपचारिक पत्र लेखेका थिए । सो पत्रबारे सभामुख देवराज घिमिरेले दलका नेता र सचेतकसँगको बैठकमा समेत छलफल गरेका थिए ।
सहकारी ठगीमा रविमाथि संसदीय छानबिनको माग कांग्रेसले गत चैत ६ गतेदेखि उठाउँदै आएको छ । यही विषयलाई लिएर संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकारले हठात अधिवेशन अन्त्य गरेको थियो ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...