×

NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेस र गगनमाथि रविको ‘हमला’, गिरीबन्धुबारे अर्थपूर्ण मौनता

काठमाडाैं | जेठ ७, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगीमा संलग्न रहेको भन्दै आफूमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसका नेताविरुद्ध नै गृहमन्त्री रवि लामिछानेले गम्भीर आरोप लगाएका छन् ।

लामो समयदेखि संसद्मा बोल्न नपाएको भन्दै गुनासो गर्दै आइरहेका रविले आफूमाथि लागेका विषयमा जवाफभन्दा पनि कांग्रेस नेतामाथि नै आरोप थोपरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसभित्र पनि महामन्त्री गगन थापाप्रति प्रतिशोध साँधेर उनले सम्बोधन गरे ।  सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा अफर गरेकोदेखि महामन्त्री थापाले बाख्रापालनमा घोटाला गरेको, देउवा पत्नी आरजुले कैलालीको जग्गामा चलखेल गरेकोमा पनि छानबिन हुनुपर्ने उनले बताए ।


Advertisment
Rupse Holidays
Nabil box

यतिमात्रै नभएर रातो पासपोर्ट काण्डमा धनराज गुरुङमाथि र रोलेक्स घडीमा नेता रामहरि खतिवडासम्मलाई छानबिनको दायरामा ल्याउनुपर्ने उनले बताए ।

Vianet communication

सञ्चारमाध्यममा समाचार आएकै आधारमा व्यक्ति केन्द्रित छानबिन समिति बनाउने हो भने यसरी समाचार आएका कांग्रेसका थुप्रै नेतामाथि छानबिन गर्नुपर्ने माग उनले गरे । 

‘गृहमन्त्री हुँदा विरोध गर्ने तर प्रधानमन्त्रीको अफर ठीक हुने ?, हिजो डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको विषय एक्स्पायर भयो कि छैन ?’, रविले प्रश्न गर्दै भने, ‘राति प्रधानमन्त्रीका लागि गरेको अफर अस्विकार नगरेपछि भोलिपल्ट सदन अवरुद्ध गरेको होइन ?, यसको जवाफ कांग्रेसका सभापति शेरबहादुर देउवाले नै दिए हुन्थ्यो ।’

कांग्रेसबाट आफूलाई डेढ वर्ष प्रधानमन्त्री बन्न अफर आएको दाबीसमेत उनले गरेका छन् । 

तर लामिछानेले कांग्रेस महामन्त्री थापामाथि सबैभन्दा बढी लाञ्छना लगाउने र आक्रोश पोखेका छन् । ‘सहकारी ठग्ने, दोहोरो नागरिकता बोक्नेलाई मात्र होइन, कृषि अनुसन्धान (परिषद्) दुरुपयोगको आरोप लगाउनेलाई पनि कारबाही गर्नुपर्छु, लामिछानेले भने, ‘देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही गर्नुपर्छ, देशको मन्त्री होस् या पार्टीको महामन्त्री ।’

नुवाकोटमा बाख्रापालन र काठमाडौंमा मासु पसल सञ्चालन गर्दासमेत थापाले आर्थिक अनियमितता गरेकोमा छानबिन गर्नुपर्ने आशय लामिछानेको थियो ।
थापाको नाम नलिई लामिछानेले यी विषयमा पनि व्यक्ति केन्द्रित छानबिन गर्नुपर्ने बताएका हुन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई आफू जन्मिएको प्रसूति गृहदेखिको अनुसन्धान गर्न चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा रविले आफूमाथि बढी आलोचना गरेपछि गगनले सूचना भए आफूमाथि अनुसन्धानको फाइल खोल्दा आपत्ति नहुने बताएका हुन् । 

‘प्रसूति गृहमा जन्मेको हुँ । त्यहीदेखि मेरो अनुसन्धान गरे हुन्छु, थापाले भने, ‘विदेशीलाई सूचना बेच्ने भनेर दाबी गर्नुभएको छ । यत्रो जानकारी रहेको गृहमन्त्री यसो भनेर बस्ने कि अनुसन्धान गर्ने ?’

रविले जुनजुन विषयमा अनुसन्धान गर्ने हो गर्न पनि थापाले चुनौती दिएका छन् ।
००००
रविले संसदमा बेथितिको विषयमा बोलेपनि गिरीबन्धु काण्डको विषयमा मौनता साँधे । एमालेको संलग्नताबारे प्रश्न उठेकै कारण त्यसबारे उनले अर्थपूर्ण मौनता साँधेको टिप्पणी भएको छ । 

महामन्त्री गगन थापाले  एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको दाबी गरे। ‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईँ बस्नै पर्दैन, तपाईंको काम नेकपा एमालेले गरिदिन्छ,’ उनले भने, ‘तपाईँहरूको बिचमा राम्रो एउटा समझदारी बनेको छ । त्यसको बारेमा धेरै चिन्ताको विषय भएन ।’ गिरीबन्धु टी स्टेटको जग्गाकाण्डमा तत्कालीन एमाले नेतृत्वको सरकारको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।  
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद्मा विश्वासको मत लिने भएका छन् । सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । बैठक बिहान ११ बजे बोलाइएको छ । तर, सहमति नभएकाले कांग्रेसले संसदमा अवरोध गर्ने सम्भावना पनि छ । 
००००
गृह सचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारीलाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै अन्यत्र जान निर्देशन दिएका छन् ।

उनले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समावेश गरी प्रतिवेदन तयार गरेर सो प्रतिवेदन सरुवा भई आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झदै जाँदा गम्भीर रुपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाएका छन् । 
 

राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलिखेलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषगरी सहकारीमा संलग्नको छानबिन गरी ‘राम्रालाई राम्रो र नराम्रोलाई कारबाहीको दायरामा’ ल्याएको भए अहिलेको अवस्था सिर्जना हुने थिएन भने ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो ।
००००
सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्नेमा विवाद हुँदा संसदीय छानबिन समिति गठनको टीओआरमा सत्तापक्ष र विपक्षीबीच विमति देखिएको छ । 

सुप्रिम, सूर्यदर्शनसहितका सहकारीमा रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिन समितिमा उनको नाम उल्लेख गर्नुपर्ने अडान लिएको जानकारी कार्यदलका सदस्य जीवन परियारले दिए ।
००००
जसपा सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिन माग गर्दै सर्वोच्चमा रिट परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार रिट दायर गरेका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको हो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x