कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
प्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठले आजै चापागाईँसहित प्रतिनिधिलाई शिक्षामन्त्रालय सिंहदरबारमै वार्तामा बोलाएकी थिइन्। शिक्षामन्त्री श्रेष्ठले वार्ताका लागि पर्याप्त तयारी नगरेको युनियनले जनाएको छ। मन्त्रालय बालविकास शिक्षा सुधारमा गम्भीर नभएकाे युनियनले जनाएकाे छ।
युनियनका महासचिव टंकप्रसाद धमलाले भने,‘शिक्षामन्त्री सुमना श्रेष्ठले वार्तामा बोलाउनुभयो। वार्ता बिनानिष्कर्ष टुंगिएको छ। वार्ताका लागि मन्त्रालयको तयारी नपुगेकाे देखियाे। झारा टार्न वार्ता बोलाइएको रहेछ।’
युनियनले आफूहरूकाे मागमुद्दा सम्बोधन गर्ने गरी पर्याप्त तयारी गरेर मात्र वार्तामा बोलाउन मन्त्रालयलाई सुझाव दिएको छ। प्रारम्भिक बालविकास शिक्षा सुधारको पक्षमा मन्त्रालय ठोस रूपमा नआएसम्म धर्ना नरोकिने संगठनका महासचिव धमलाले जानकारी दिए। चापागाईंले उभिएर नै शिक्षामन्त्री श्रेष्ठसँग कुराकानी गरेका थिए।
वार्तामा युनियनकाे तर्फबाट अध्यक्ष तथा धर्नाकर्ता चापागाईँ, महासचिव धमला, नेसपा सामाजिक विभाग प्रमुख जीएस गुरुङ, विभागका सदस्य रेखी गुरुङ थिए। शिक्षा मन्त्रालयबाट भने शिक्षामन्त्री सुमना एक्लै थिइन्।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...