×

NIC ASIA

मतदाताले भने : दलहरूको हारजीत आफ्नो ठाउँमा छ, तर हाम्रो मत खेर जाँदैन

मंसिर १७, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ मंसिर – प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित आयोजना गरेको मतदाता शिक्षा सचेतना अन्तरक्रिया कार्यक्रम लिएर हामी काटेश्वरको महादेवस्थानमा पुग्यौ ।

Muktinath Bank

मध्याह्नको पारिलो घाम, नजिकै रहेको महादेव मन्दिर र फराकिलो स्थान भएकाले पनि त्यहाँ मनिसको चहलपहल देखिन्थ्यो । मन्दिर नजिकै केही वृद्धहरू टेबलमा बसेर घाम ताप्दै कुराकानी गरिरहेका थिए । वृद्धाहरू कुराकानी गरिरहेको ठाउँबाट दाहिनेपट्टि सडकपारि केही महिलाहरू सालको पातको दुनाटपरी गाँस्दै थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरको समूह महादेवस्थान मन्दिरको प्रवेशद्वारमा मतदाता शिक्षा कार्यक्रमको तयारीमा जुटे । म भने मन्दिर परिसरबाट घाम ताप्दै कुराकानी गरिरहेका वृद्धहरू तर्फ लागे । वृद्धहरू चुरोट तान्दै चुनावी कुरा गर्दै रहेछन् । म पनि उनीहरूसंगै बसेर कुराकानी गरे । 


Advertisment
Nabil box
Kumari

‘ मैले २०१५ साल देखि नै भोट हाल्दै आएको हो, भोट हाल्न  पहिला त सजिलो थियो अहिले अलि अप्ठ्यारो छ । लोकान्तरसंगको कुराकानीमा कोटेश्वरका भोला गेलालले भने,‘ पहिला एउटा मात्रै टिकट खसाल्न पर्थौ । अहिले त धेरै उम्मेदवार भए, मतपत्र पनि ठूलो हुन्छ ।’

Vianet communication

उनले मतपत्रमा छाप नबिग्रने गरी छाप लगाउन पर्छ भन्ने ज्ञान भएपनि आगामी चुनावको मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने र कसरी पट्याउने भनेर राम्रोसंग जानकारी नभएको बताए । उनीसंगै रहेका मानबहादुर रोक्काले थपे,‘ अहिले तीन चार थरि मतपत्र हुन्छ अरे, हामी राम्रोसंग हेरेर मत खेर नजाने गरी हाल्छौं । दलहरूको हार जित आफ्नो ठाउँमा छ, तर हाम्रो मत खेर जादैन ।’

एकै ठाउँमा जम्मा भएर चुनावी कुरा गरीरहेका वृद्धहरूले नेताहरू भोट माग्ने काम बाहेक केही नगरेको गुनासो गरे ।  

‘भोट माग्न आउँदा त जे पनि भन्छन्, रोक्काले असन्तुष्टी पोख्दै भने ‘भोट हालेर जितायो सरकारमा गएपछि घरमा आउँदा पनि गार्ड लिएर आउँछन् । आफ्नो घरभित्र पस्छन्, हामीलाई फर्केर पनि हेर्दैनन् ।  ’ 
उनको कुरा सहमति जनाउदै गेलालले पनि थपे,‘ अहिले त भोट माग्न आएको आइ छन्, भोट दिनुस्, विकास गछौं,  देश बनाउछम भन्छन्, उनीहरूले भन्ने मात्रै हुन् । भोट दिने खालको कुनैपनि छैनन् । हामीले १५ साल देखि भोट हाल्दै आएको त हो नि खै के भएको छ र  ?

कुराकानी पछि वृद्धहरू मतदाता शिक्षा कार्यक्रम तर्फ लागे । 

म भने सडक पारीपट्टि पात गाँस्दै गरेका महिलाहरूसंग कुराकानी पुगे । सडक छेउको पारिलो घाम ताप्दै पात गाँस्दै गरेकी सारदा सुवेदीले आफ्नो घर झापा भएको बताइन् । उनले भनिन् ‘उहाँ बसोबार मात्रै हो नामावली त झापामा छ । झापामा चुनाव २१ गते छ । घरमा सल्लाह हुदै छ । भोट हाल्न जान्छौं होला ।’

स्थानिय तहको चुनावमा त झापा गएर भोट हालेर आएको बताउदै उनले प्रदेश र  प्रतिनिधि सभाको निर्वाचनमा हुने मतपत्रको विषयमा भने त्यति जानकारी नभएको बताइन् ।
उनीसंगै रहेकी झापाकै लक्ष्मी खतिवडाले पनि भोट हाल्न कसैले नसिकाएको बताइन् । ‘ सुन्न चै सुनेको छु । भोट हाल्ने मतपत्रहरू पहिला भन्दा फरक र धेरै छन् भनेर तर भोट हाल्न कसैले सिकाएको छैन । अहिलेसम्म जानेको छैन । ’

रोजगारीको सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका सुवेदी र खतिवडा जस्तै धेरै मतदाताहरू चुनावको समयमा घर जाने तयारीमा छन् तर उनीहरूले राम्रोसंग मतदाता शिक्षा भने पाएका थिएनन् । 
लोकान्तरल संचारले मतदाता शिक्षा आयोजना गरेको बताएपछि उनीहरू खुसी हुदै कार्यक्रम स्थाल तर्फ लागे ।

कार्यक्रममा कोटेश्वरमा रहेका वृद्धवद्धा तथा महिलाहरूको बाक्लो सहभागिता थियो । कार्यक्रममा मतदाताहरूलाई निर्वाचन सामाग्री तथा नमस्ना मतपत्रको प्रयोग गर्दै मत बदर नहुनेगरी मतदान गर्ने विधिबारे जानकारी गराइएको थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रयोग हुने तीनवटा मतपत्र, मत हाल्ने प्रक्रिया, स्वस्तिक छापको प्रयोग लगायत भोट हाल्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनदा मतदाताहरू उत्साही भएका थिए ।

सहभागीहरूले नबुझोका विषयमा प्रश्न गर्दै मतदाता शिक्षा दिए ।

कार्यक्रम पछि कुराकानी गर्दै स्थानिय मतदाता देवेन्द्र प्रसाद तिमल्सिनाले लोकान्तरसंग भने,‘ भोट त पहिला पनि हालेको हो । तर पहिला पहिलाको भन्दा यो चुनावबमा मतपत्र फरक छ । अहिले त मतपत्र पनि धेरै रैछन् । ‘ अहिले मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने,कसरी पट्याउने भनेर सिकियो, अब मेरो मत कुनै हालतमा बदर हुदैन । मेरो घरमा जहान, छोरा बुहारीहरू पनि छन् म अब उनीहरलाई पनि सिकाउन सक्छु ।’

विगतमा भएका विभिन्न निर्वाचनमा भोट दिएका वृद्धाहरू पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्ने तरिका सिक्न पाउँदा खुसी भएका थिए ।

‘पहिला पहिला भोट हाल्न धेरै सजिलो थियो । एउटा मात्रै मतपत्र हुन्थ्यो, एउटामा छाप लगाए पुग्थ्यो । अहिलेको निर्वाचनमा ३ ओटा मतपत्रको ४ ठाउँमा भोट दिनुपर्ने रैछ ।’ कोटेश्वरकै ८४ वर्षिया कमल बहादुर पौडेलले भने, ‘यहाँ राम्रोसंग सिक्न पाए । अब सजिलैसंग भोट हाल्न सक्छु ।’

‘ अहिले त राम्रोसंग बुझिने गरी सिकियो नि । यसरी त पहिला सिकाएको थिएनन् नि । ९१ वषको भए अन्तिम पटक होला भोट हाल्ने पनि ।’ पौडेलसंगै रहेका प्रभूरायण श्रेष्ठले हास्दै आफ्नो कुरा राखे ।

‘ प्रतिनिधि र प्रदेश सभाको मतपत्रको विषयमा जानकारी भएपनि समानुपातिक तर्फको मतपत्रको विषयमा केही अन्यौंलता रहेको थियो । कार्यक्रममा सहभागी भएकी सरीता खनालले भनिन्, आज प्रष्टसंग बुझे । हामीलाई घरदैलोमा आउनेहरूले  पनि एउटा मतपत्रमा दुईओटा छाप भनेर सिकाएका थिए । यो एउटैमा हाल्ने कि तलमाथि हाल्ने भन्ने विषयमा अलि बुझेको थिइन् । अहिले राम्रोसंग बुझै । 

उनले धेरै मानिसहरूसमानुपातिकको मतपत्रमा मतदान गर्ने तरिका राम्रोसंग बुझेको भन्दै यस विसयमा अरुलाई पनि जानकारी गराउने बताइन् ।

लोकान्तर सञ्चार प्रालिले आयोजना गरेको मतदता शिक्षा सचेताना कार्यक्रममा मतदाताहरूले नमुना मतपत्रको सहायताले आफैले मत बदर नहुने गरी मत संकेत गर्न र मतपत्र पट्याउन समेत प्रयास गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x