×

NIC ASIA

मध्यपूर्व, कतिपय उत्तरी अफ्रिकी देशहरु र स्वाभाविक रुपमा साउथ एसियन देशहरुमा एकछत्र राज गर्ने बलिउड फिल्मका ’खान’ हिरोहरुको फिल्ममा आजकल राष्ट्रिय स्वार्थसहित अन्तराष्ट्रिय समन्वय र भाईचारा पनि प्रदर्शन गरिएको पाईन्छ । 

Muktinath Bank

सन् १९९९ को भारत पाकिस्तानबीचको पछिल्लो रक्तपातपूर्ण लडाइँ पछि भारत र पाकिस्तानको दुश्मनी राजनीतिक तहमा मात्र सिमित भएन । समग्र भारतीय फिल्म उद्योग भारतको राष्ट्रिय स्वार्थमा समर्पित रह्यो । 
गदर, बोर्डर, दिवार जस्ता फिल्महरुमा भारतको स्वाभिमानलाई उँचो देखाउँदै पाकिस्तान प्रति एकप्रकारको दबाब सृजना गर्न खोजिएको कुरा प्रष्ट देखिन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सलमान खानका पछिल्ला फिल्महरुको ट्रेन्ड अलिकति परिवर्तन भए जस्तो देखिन्छ ।
‘बजरंगी भाईजान’मा एक निर्दोष भारतीयले पाकिस्तानबाट आउँदा बाटो बिराएर अलपत्र परेकी एक बालिकालाई उद्दार गरेर पाकिस्तान लगेर छोडेको कहानी छ भने करिब छ महिना अघि रिलिज भएको ’ट्युबलाइट’ भन्ने फिल्म ’हिन्दी चिनी भाइ भाइ’ भन्ने नारामा आधारित छ । १९६२ सालको भारत चीन लडाईलाई आधार मानेर बनाईएको सो फिल्ममा चीनसँग सौहार्दपूर्ण सम्बन्ध राखेर अघि बढ्नुपर्ने सन्देश दिइएको थियो ।


Advertisment
Nabil box
Kumari

शुक्रबारबाट प्रदर्शनमा आएको सलमान खानको ’टाइगर जिन्दा है’  फिल्म इराकमा बन्धक बनाईएका भारतीय र पाकिस्तानी नर्सहरुलाई पाकिस्तानी जासूस एजेन्सी ’आइएसआई’ र भारतीय जासूस एजेन्सी ’र’ मिलेर बन्धक बनाउने आतंककारीहरुबाट छुटाएर ल्याईएको कथामा आधारित छ ।

Vianet communication

भारतीय जासूसी एजेन्सीमा काम गर्ने टाइगर (सलमान खान)  र पाकिस्तानी जासूसी एजेन्सीकी जोया (कैटरिना कैफ) को दमदार अभिनय रहेको यो फिल्मले व्यावसायिक रुपमा जति सफलता प्राप्त गर्नेछ, त्यो भन्दा धेरै भारत र पाकिस्तानका नागरिकहरुबीच बढेको दुश्मनीलाई ’न्युट्रलाइज’ गर्ने दिशामा पनि सफलता प्राप्त गर्ने छ । 

फिल्ममार्फत बिश्वसमुदायलाई भारत र पाकिस्तानबीच सतहमा देखिएको जस्तो लडाई नभएको र आवश्यक परे एकसाथ मिलेर आतंकवादसंग लड्न सकिन्छ भनेर देखाउनको लागी निर्देशक र कलाकारहरुले भरपुर मेहेनेत गरेका छन् ।

बिशेष गरेर मोदीको उदयपछी भारतमा एक नजानिँदो प्रकारको ’अन्धराष्ट्रवाद’ले टाउको उठाएको छ । भाजपा र आरएसएसको सौहार्दपूर्ण सम्बन्धले भारतको मुस्लिम समुदायलाई सशंकित तुल्याएको छ । यो क्रममा कतिपय मुस्लिम लेखक, कलाकारहरुले मोदीलाई अनुदारवादी बताउँदै राष्ट्रिय पुरस्कारहरु बहिष्कार गरेका थिए । आमिर खानले त एक कार्यक्रममा आफूलाई ’देश छोड्ने विचार’ पलाएको भनेर भारतीय संस्थापन पक्षको अनुदारवादी नीतिको पर्दाफास गरे । यो बिषयलाई लिएर भारतमा अहिले पनि धेरै बहस र छलफल हुन्छ ।

तर भारतीय संस्थापन पक्षले पाकिस्तानलाई आतंककारीको देश भनेर प्रमाणित गर्न कम्मर कसेर लागेको बेलामा बलिउडले भाईचाराको सन्देश दिएर त्यसलाई कम गर्न खोजेको हो ? निसन्देह हो भन्न सकिन्छ । राजनीतिक तहमा भईरहेको दुश्मनी आम नागरिकको तहमा फैलिने क्रम जारी छ । पाकिस्तानी नागरिकहरुलाई भारत दुश्मन हो र भारतीय नागरिकहरुलाई पनि पाकिस्तान आफ्नो जन्मजात दुश्मन हो भन्ने भ्रम परिरहेको बेलामा ’टाइगर जिन्दा है’ फिल्मले आम रुपमा त्यसलाई चिर्न खोजेको जस्तो देखिन्छ ।

केहि महिना अघि पाकिस्तानबाट बलुचिस्तान प्रान्तलाई छुट्याएर छुट्टै देश बनाउन चाहेको कुरा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका थिए । यी र यस्तै भारतीय रवैयाको कारणले गर्दा पाकिस्तानले चीनसँगको आर्थिक सम्बन्धलाई मजबुत गराउने र हालसालै मात्र ब्यापारिक प्रयोजनको लागी डलरमा नभई युआनमा कारोबार गर्न सकिने कुरा सतहमा आएपछि भारत मात्र होइन, अमेरिका पनि पाकिस्तानबाट झस्किएको छ । पाकिस्तानले चीनसँगको आर्थिक सम्बन्ध मजबुत गराउनु भनेको दक्षिण एसियामा भारतको प्रभाव कम हुँदै जानु हो । यो कुरा भारतले बुझेको छ ।

समग्र पाकिस्तानमा जति मुस्लिम जनसंख्या छ, भारतमा त्यसको दोब्बर छ । 

भारतमा भएको अथाह श्रमशक्ती र प्राकृतिक संसाधनहरुले आगामी बीस बर्षमा भारतलाई संसारको ठूलो अर्थतन्त्र भएको देशको रुपमा चिनाउने छ । तर, भारतको आफ्नै हेपाहा रवैयाको कारणले टाढिँदै गएको पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्स जस्ता देशहरु र तिनका नागरिकहरु बीच भारतप्रति परेको नकारात्मक प्रभावलाई हटाउनका लागि भारतीय फिल्म उद्योगले समेत भाइचारको फिल्म निर्माणलाई बढावा दिएको छ । 
एक्काईसौं शताब्दीमा हतियारको ब्यापार गरेर भन्दा खाद्यान्न र दैनिक जीवनसँग सम्बन्धित उपभोग्य बस्तुहरुको ब्यापारले पनि देशलाई ठुलो अर्थतन्त्र दिन सकिन्छ भन्ने कुरा चीनले संसारलाई सिकाएको छ ।

फिल्ममा एउटा डाइलग छ, “जति मात्रामा भारत र पाकिस्तानले एक अर्का बिरुद्धमा लड्नको लागी हतियारमा पैसा खर्च गर्छन्, त्यती पैसाले सडक, बिद्यालय लगायत पूर्वाधारको बिकास गर्ने हो भने संसारको कुनै पनि नागरिकको जिवनस्तर भन्दा भारत पाकिस्तानका नागरिकको कम हुन्थेन ।“ यसले के देखाउँछ त भन्दा धम्कीको भरमा पाकिस्तानको राजनीतिक र सैन्य क्षेत्रलाई दबाब दिने तर कलाको माध्यमबाट पाकिस्तानी नागरिकको मन जित्ने खालको दोहोरो रणनीति भारतले अख्तियार गर्न खोजेको छ । 

निश्चय पनि दुई देशबीच काल्पनिक रुपमा खिचिएको सीमा रेखाकै कारणले गर्दा नागरिकहरुमा बैमनस्यता बढ्नु राम्रो कुरा होइन । तर धम्की, गोलीबारी, आक्रमण जस्ता अमानवीय हर्कतमा आधारित राजनीतिको पक्षपोषण गर्नेहरुको हातमा सत्ता र शक्ती भएपछि नागरिकहरु शिकार बन्छन नै ।

फिल्ममा हतियारको ब्यापार गरेर अकूत सम्पति कमाउन खोज्ने तत्वहरुले संसारभर लडाई झैझगडा फैलाउन उद्दत रहेको कुरा बताईएको छ । 

अप्रत्यक्ष रुपमा अमेरिकालाई पनि दोष दिन खोजिएको छ । आम पाकिस्तानी नागरिकले अमेरिकाको हर्कतको पनि बिरोध गर्छ भन्ने कुरालाई कलात्मक रुपमा प्रस्तुत गरेर भावनात्मक सहकार्यलाई जोड दिएको जस्तो देखिन्छ  । हुन त निर्माताले यो फिल्मले पाकिस्तानमा पनि उत्तिकै ब्यापार गरोस् भन्ने चाहेर कुनै बिबादास्पद कुरा नराखेको पनि हुन सक्छ । 

समग्ररुपमा एक आपसमा भाईचाराको बढोत्तरी गरेर अघि बढ्नुपर्ने सन्देश दिएको फिल्म ’टाइगर जिन्दा है’ को स्पिरिट अनुसार भारतीय र पाकिस्तानी संस्थापन पक्षहरु चल्न चाहिँ चाँहदैनन् । यदि साँच्चै त्यस्तो हुन्थ्यो भने दक्षिण एसिया नयाँ युद्धभुमी हुने दिशातर्फ अघि बढ्दैनथ्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x