×

NIC ASIA

'मुनामदन' हेर्दा थामिएन विराटनगरवासीको आँसु, रोए मन्त्रीदेखि मेयरसम्म

फागुन १९, २०७४

Prabhu Bank
NTC
Premier Steels

विराटनगर, १९ फागुन-मनभरी सपना र आँखाभरी आँसु बोकेर ल्हासा जानै लागेको मदनको घर छोड्दाको पीडा कसैले सहन सकेनन् । श्रीमती मुना श्रीमान मदनको सम्झनामा हरपल तड्पिएकी हुन्छिन् ।

Muktinath Bank

मुनाको पीडामा दर्शक थप बहकिन्छन् र डाँको छोडेर रुन्छन् । यो विराटनगरको गुरुकुलमा यसै साता ४ दिनसम्म चलेको नाटक मुनामदन मञ्चनका क्रममा थिएटरमा देखिएको दृष्य हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जब मदन आफ्नो पारिवारिक समस्याका कारण पैसा कमाउन साथीभाइसँग ल्हासा जान्छन्, त्यसपछि नाटकले दर्शकलाई आफ्नो वशमा ल्याउँछ । गीत गाउँदै गाउँदै दुःख कष्ट सहेर ल्हासा हिँडेका गाउँका साथिभाइ जब मदन बाटोमा बिरामी पर्छ तब मदनलाई छाड्दाको पीडामा दर्शकले आँसु नै थाम्न सक्दैनन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication

जंगलको बीचमा साथीहरूले छाडेर हिँडेका मदनलाई एकजना भोटेले फेला परेपछि नाटकलाई थप रोमाञ्चकरूपमा प्रस्तुत गरिएको छ । त्यहीबेला घरमा श्रीमतीलाई मदनका साथीले मदन मरेको खबर सुनाउँछन् ।

त्यो खबर सुनेर मुनाको मृत्यु हुन्छ । मृत्युपछि घरमा छाएको वियोगको कोलाहलमा त्यही घरमा आफूलाई पात्रकोरूपमा महसुस गरेर दर्शक भक्कानिएर ‘कुक्क कुक्क’को रुवाइले नरुझेका आँखाहरु पनि भिजेका देखिन्थे । 

यो नाटक हेर्दै गरेका साहित्यकारसँगै अन्य दर्शक त रोए नै, राजनीतिजस्तो कठोर खेलका खेलाडीहरूको समेत मन पग्लियो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि आँसु थाम्न सकेनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो ।

मेयर पराजुलीले महाकवि देवकोटाको मुनामदन कृतिले नाटकमा न्याय पाएको बताए । मुनामदनमा कलाकारहरूको जीवन्त अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाएको उनले उल्लेख गरे ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा गुरुकुलमा नाटक मञ्चन गरिएको हो । दर्शकको अत्यधिक चापका कारण हरेक दिन चार शोसम्म नाटक मञ्चन गरिएको थियो । अत्यधिक भीडकै कारण आयोजकले भुइँमा गुन्द्री र दरी बिछ्याएर दर्शकलाई राखिएको थियो ।


 
नाटकमा विद्यार्थी कलाकार

कटुवाल दीपकले नाट्य रुपान्तरण गरेको मुनामदनको निर्देशन सुदीप कार्कीले गरेका थिए । विराटनगर र आसपासका विद्यालय र क्याम्पसले अग्रिम शो बुक गरेर विद्यार्थीलाई नाटक हेर्न ल्याएको नाट्य संयोजक कमल पोखरेलले जानकारी दिए । नाटकमा सरु कटुवाल, लकेश दंगाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सञ्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका थिए । यो नाटक निकट भविष्यमै बंगलादेशमासमेत मञ्चन गरिने बताइएको छ ।

नाटक हेरिसकेपछि दर्शकहरूले विद्यार्थीहरुको प्रतिभाको खुलेर प्रसंशा गरे । यो नाटक कलेजमा पढ्दै गरेका विद्यार्थीहरुको तयार पारेर मञ्चन गरेका हुन् ।

विराटनगरमा पछिल्लो समय युवा समूह नाटकमा जमेर आउन थालेको छ । नाटक ओरालो लागेको टिप्पणी हुँदै आएकोमा यसरी नाटकलाई मुर्तता दिनका लागि युवा जमातबाट भएको पहलले नाटकमा नयाँ सम्भावना उजागर गरेको राष्ट्रियसभा सदस्य एवम् कलाकार प्राज्ञ खेम नेपालीको टिप्पणी छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x