×

NIC ASIA

पाँच महिनादेखि ट्रमा सेन्टरमा बेवारिसे अवस्थामा राउत, डिस्चार्ज गरेर कसको जिम्मा लगाउने ?

चैत १६, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १६ चैत- वीर अस्पतालको दाहिनेतर्फ रहेको राष्ट्रिय ट्रमा सेन्टरको पाँचौ तलामा रहेको वेड नम्बर ५४४ मा भीमबहादुर राउत सुतिरहेका थिए  । उनी गत कात्तिक १६ गतेदेखि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत छन् । बर्दियामा घर भएको बताउने राउतले घर बनाउने काम गर्दा लडेर हात खुट्टा नचल्ने भएको लोकान्तरलाई सुनाए ।

Muktinath Bank

‘घर बनाउने काम गर्थें, घर बनाउन जाँदा बाटोमा लडेँ, म बेहोश भएछु । साथीले कोठासम्म पुर्‍याइदिए । होस खुल्दा मेरो हातखुट्टा चलाउनै सकिनँ, अस्पतालसम्म पनि साथीले नै ल्याइदिएका थिए,’ उनले विगतको घटना सम्झिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर बनाउने क्रममा लडेका राउतको गर्धनको हड्डी सरेर नसा च्यापिएको र दुवै हातका कुमको जोर्नीहरु छुट्टिएर दुवै हातखुट्टा नचल्ने अवस्थामा अस्पतालमा आइपुगेको उपचारमा संलग्न चिकित्सक डा. अर्जुन पौडेलले बताए ।
‘हामीले अप्रेसन गरेर उपचार ग¥यौं । पहिला उनको हातखुट्टा चल्दैनथ्यो, अहिले आधा चल्ने भएको छ, आफैँ खाना खान सक्छ,’ डा. पौडेलले लोकान्तरसँग भने, ‘पहिलाभन्दा अहिले उनको स्वास्थ्य अवस्था सुधार आएको छ । अस्पताल प्रशासनले राउतजस्तै बेवारिसे बिरामीका लागि एकजना हेरचाह गर्ने बहिनी राखेको छ । उनको सम्पूर्ण उपचार अस्पतालले निःशुल्क गरेको छ ।’


Advertisment
Nabil box
Kumari

Vianet communication

डा. पौडेलका अनुसार राउतको अस्पतालले गर्नुपर्ने उपचार पूरा भइसकेको छ । मेरुदण्डमा समस्या भएकाले उनको हातखुट्टा भने नचल्ने अवस्थामा छ । जीवन सहज बनाउन र अन्य रोगहरुको संक्रमण हुन नदिन राउतलाई  दैनिक फिजियो थेरापीको आवश्यकता पर्छ । 

राउतको आफन्त कोही नभएकोले उपचार पूरा भए पनि अस्पतालले एउटा शय्या दिएर उनलाई राखिदिएको छ ।  अस्पतालले नै उनलाई केही समय सामान्य थेरापी गराउने गरेको छ । ‘उहाँको आफन्त भएको भए राम्रो थेरापी सेन्टरमा थेरापी गराउँदा हुन्थ्यो । तर बेवारिसे बिरामीलाई थेरापी सेन्टरहरूले लिन मान्दैनन् । आफैँ हिडडुल गर्न सक्दैनन्, त्यसैले हामीले अस्पतालमै राख्नुपरेको छ ।’

आफन्त नभएपछि अस्पतालको एउटा शय्यामा उनको श्वास चलिरहेको छ ।

राउत यसरी बने बेवारिसे

बर्दियामा घर भएका राउतका बुबा, आमा एक भाइ र एउटी बहिनी थिए । बुबा भारतमा काम गरेर बस्ने र भाइबहिनी तथा आमासँगै उनी बर्दियामै बस्थे । आफू ७ वर्षको हुँदा भाइबहिनी र आफूलाई छाडेर आमाले अर्कै बिहे गरेपछि भारतमा एकजना चिकित्सकको घरमा गएर बसेको उनले सुनाए ।

‘आमाले अर्कै बिहे गरेर गएपछि मलाई  इण्डियाको एक डाक्टरले इण्डिया लगेका थिए । उतै हुर्किएर काम गर्न थालेँ,’ विगतबारे उनले भने, ‘बुबाले लिन आएपछि मलाई नेपाल नै आउन मन लाग्यो । बुबासँग बहिनीको नम्बर मागेर नेपाल आएको थिएँ ।’

नेपाल फर्किएर घरमा केही दिन बसेपछि उनी काठमाडौं आएर घर बनाउने काम गर्न थाले । बर्दियामा बहिनी हुँदा बहिनीलाई आफूले कमाएको केही पैसा पनि पठाउँथे उनी । तर बुबा र भाइ भारतमै रहेकोले बहिनी पनि १० महिनाअघि उतै गएको उनले सुनाए ।  आफू लडेर हातखुट्टा नचल्ने भए पनि  भाइ, बुबा र बहिनीसँग कुनै सम्र्पक नभएको उनले सुनाए ।

‘अहिले त भाइबहिनी कहाँ छन् पनि थाहा छैन । बहिनीसँग सम्पर्क हुन सकेको भए आउँथिन् होला,’ उनले भावुक हुँदै भने ।

उपचारपछि पनि अस्पतालमै राख्नुपर्ने बाध्यता

सरकारी अस्पताल भएकाले ट्रमा सेन्टरमा बेवारिसे बिरामी कहिले टुट्दैन । प्रहरी, अन्य नागरिकहरूले बेवारिसे बिरामी ल्याएर छाडिदिने गर्छन् । कतिपय बिरामीलाई त आफन्तले उपचार गराउँदा गराउँदै छाड्दिएर बेवारिसे बन्छन् । आफन्तले अस्पतालमै छाडेर हिँडेपछि बेवारिसे बनेका धादिङका दवाङ तामाङ पनि भीम बहादुरकै देब्रे तर्फको शय्यामा छन् ।

गाउँमा आमा, बुुबा र बहिनी भएको बताउने तामाङ अस्पतालको शय्यामा एकवर्ष अघिदेखि छन् । डा. पौडेलका अनुसार शुरुमा उनलार्इृ आफन्तले नै अस्पतालमा ल्याएका थिए । भीरबाट लडेर मानसिक सन्तुलन गुमाएका तामाङलाई अस्पतालका चिकित्सक डा. राजेश चौधरी लगायतको पहलमा निशुल्क अप्रेसन भएको थियो । अप्रेसन गरेको दिनसम्म अस्पतालमै रहेका उनका आफन्तले छाडेर हिँडेपछि उनी अहिले अस्पतालमै बेवारिसे अवस्थामा छन् । अस्पतालले मनोरोग चिकित्सकलाई बोलाएर परामर्श र उपचार गरेपछि उनको अवस्थामा केही सुधार हुँदै गएको छ ।

राउत र तामाङका आफन्त भएको भए उनीहरुलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गर्नुपर्ने समय भइसकेको छ, तर बेवारिसे बिरामी भएको र आफैँ हिडडुल गर्न नसक्ने भएपछि शय्या दिएर राख्नुपर्ने अस्पतालको बाध्यता छ ।

बेवारिसे बिरामीको आफन्त २० वर्षीया खिना भुजेल

ओखलढुङ्गाकी २० वर्षीया खिना भुजेल अस्पतालमा उपचारत बेवारिसे बिरामीको आफन्त बनेकी छन् । उनी विगत चारमहिना अघिदेखि बेवारिसे बिरामीको हेरचाह गर्दै आएकी हुन् ।

अस्पतालमा बेवारिसे बिरामी बढ्दै गएपछि अस्पताल प्रशासनले बेवारिसे बिरामीको हेरचाहको लागि खिनालाई राखेको हो । उनले अस्पतालमा आउने बेवारिसे बिरामीको सरसफाइ गरिदिने, डाक्टरले सिफारिस गरेको औषधि ल्याइदिने र उनीहरुको हेरचाह गर्ने कार्य गर्छिन् । राउत र तामाङलाई पनि उनले चार महिना अघिदेखि हेरचाह गर्दै आएकी छन् ।

‘उहाँहरुलाई पनि मैले नै स्याहार गरेको हुँ । पहिला त खाना पनि खान सक्नुहुन्नथ्यो । खाना खुवाइदिने, नुहाइदिने सबै मैले नै गर्छु,’ छेउमै रहेका तामाङ र राउतलाई देखाउँदै उनले लोकान्तरलाई सुनाइन् ।

अस्पतालमा बेवारिसे बिरामी धेरै हुँदा र उनीहरुको हेरचाह गर्ने आफूमात्रै हुँदा काम गर्न भने भ्याइनभ्याइ हुने उनले बताइन् । उनले भनिन्, ‘धेरै बिरामी हुँदा त काम गर्न गाह्रो हुन्छ । तर कोही नभएकाहरूको आफन्त बनेर स्याहार गर्न पाउँदा खुसी लाग्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x