×

NMB BANK
NIC ASIA

जनकपुरधाम – २ नम्बर प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउन ढिलाइ गरेको छ ।

Muktinath Bank

राजधानी र नामबारे संसद बैठकका शुरूवाती बैठकमै प्रस्ताव लैजानुपर्ने भएपनि सरकारले ढिलाइ गरिरहेको नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा र कांग्रेसका सांसद मिलेर राजधानी र नामबारे संसदमा प्रस्ताव लैजान खोजेको भएपनि प्रदेश सरकारले रायसुझाव संकलन गर्न संवाद तथा सुझाव आयोग गठन गरेकाले स्थगित गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामचन्द्र मण्डलले बताए ।


Advertisment
Nabil box
Kumari

आयोगले सकेन काम

Vianet communication
Laxmi Bank

गत कात्तिक ११ गते प्रदेश सरकारले नाम र राजधानीबारे सुझाव संकलन गर्न संवाद तथा सुझाव आयोग गठन गरेको थियो । प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरीवंश झाको संयोजकत्वमा गठित आयोगमा रामप्रवेश बैठा र मोहनलाल चौधरी सदस्य छन् ।

प्रदेशभर अन्तक्र्रिया गर्दै ४५ दिनभित्र सुझाव संकलन गरेर सरकारलाई प्रतिवेदन बुझाउन आयोगलाई समयसीमा तोकिएको थियो । आयोगले पर्साको वीरगञ्जमा मात्र अन्तक्र्रिया गरेर तोकिएको समय गर्‍यो ।

फेरि प्रदेश सरकारले आयोगलाई २ महिनाको म्याद थप गरेको थियो । आयोगले गत मंसिर २० गते पर्सा जिल्लाको वीरगञ्ज, पुस ७ गते सप्तरीको राजविराज र  पुस १० गते बाराको कलैयामा अन्तक्र्रिया गरेको छ । प्रमुख राजनीतिक दलका प्रतिनिधि, जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिलाई राखेर अन्तक्र्रिया गरिएको आयोगका अध्यक्ष हरिवंश झाले बताए । उनका अनुसार सहभागीलाई १ प्रश्नावली दिएर उत्तर लेख्न भनिएको थियो । 

विभिन्न कार्यक्रमका सहभागीले आफ्नै शहर वा नजिकको शहरमा राजधानी हुनुपर्ने सुझाव दिएका छन् । प्रदेशको नाममा अधिकांशले मधेश प्रदेश नै हुनुपर्ने सुझाव दिएका छन् भने मध्य मधेश, मिथिला, भोजपुरा, विदेह, लगायत नाम पनि सुझावमा आएका झाले बताए ।

‘अब सिरहा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा छिट्टै अन्तक्र्रिया गरेर प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने छौं,’ उनले भने । पुस २२ गते महोत्तरीको जलेश्वर र पुस २७ गते सिरहामा अन्तक्र्रिया गर्ने तय गरिएको छ । थपिएको म्यादभित्रै प्रतिवेदन बुझाइने उनले बताए ।

अनावश्यक आयोग 

प्रतिपक्षी दलले राजधानी र नामबारे निर्णय गर्न आयोगको आवश्यकता नै नभएको तर्क गरेका छन् । नाम र राजधानीको निर्णय प्रदेश सभाको दुईतिहाईले गर्न भएका कारण प्रदेश सभामै छलफल गरेर निर्णय लिन सकिने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए । 

संसदमा छलफल गर्दा सांसदले अपनत्वबोध गर्ने नेकपाका सांसद रामचन्द्र मण्डलले बताए । ‘आयोगले समयमै प्रतिवेदन नबुझाए कांग्रेस र नेकपा मिलेरसँग छलफल गरेर छुट्टै प्रस्ताव संसदमा दर्ता गर्न सक्छौं,’ उनले भने ।

सबैसँग छलफल गरिरहेको सरकारी दाबी

प्रदेशको नाम र राजधानीबारे प्रदेश सरकारले सबै राजनीतिक दलका नेतासँग छलफल गरिरहेको आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले बताए ।

‘केही ढिला भएपनि बहुसंख्यक जनताको राय बुझ्न आयोग गठन गरिएको हो,’ उनले भने । प्रदेश सरकारले प्रदेशको नाम मधेश प्रदेश नै होस् भन्ने चाहेको संघीय समाजवादी फोरम नेपालका सांसद समेत रहेका राज्यमन्त्री कुशवाहाले बताए ।

मधेश, मिथिला कि भोजपुर ?

मधेश आन्दोलनबाट मधेशको पहिचान स्थापित भएपनि पुरानो पहिचान समेट्न मिथिला भोजपुर मधेश वा छोटकरीमा ‘मिभोम प्रदेश’ राख्न सकिने उनले बताए । प्रदेशको नाम मधेश प्रदेश कुनै पनि हालतमा स्वीकार्य नहुने कांग्रेसका सांसद यादवले बताए ।

‘मिथिलालाई कांग्रेसले कुनै पनि हालमा छोड्दैन,’ उनले भने । नामका विषयमा विवाद भएपनि प्रदेश राजधानी जनकपुरमै राख्न सकिनेमा अधिकांश राजधानी दल एकमत छन् । 

राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नाम मधेश नै हुनुपर्ने राजपा नेपालको अवधारणा रहेको बताए । ‘सरकारले प्रस्ताव ल्याउँदा दुईतिहाई जुटाउन नसके नैतिकताको आधारमा सरकारले राजीनामा गर्नुपर्ने हुन्छ । त्यसकारण सरकारले त्यस विषयमा छलफल होस् भन्ने चाहेकै छैन,’ कांग्रेस सांसद यादवले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x