पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
दक्षिण एसियाको राजनीतिक दृश्यपटल नियाल्नेहरूको ध्यान अब इण्डियाको आमचुनावतिर केन्द्रित हुँदैछ जहाँ चैत्र २८ गते पहिलो चरणको मतदान हुँदैछ । २०७५ सालको पूर्वार्ध्दमा पाकिस्तानी मतदाताले नयाँ नेतृत्व चयन गरे भने पौष महिनामा बङ्गलादेशमा भएको चुनावी अभ्यासले शेख हसिनाकै नेतृत्वलाई निरन्तरता दियो यद्यपि विपक्षी दलहरूले निर्वाचन निष्पक्ष नभएको शिकायत गरेका थिए । नेपालमा एकवर्ष पहिले भएको निर्वाचनमा वामपन्थी गठबन्धनले अग्रता पाएको थियो र त्यसकै सरकार बहाल छ ।
इण्डियाको चुनाव आयोगले आइतवार सात चरणमा हुने मतदानको लागि समय-तालिका प्रकाशित गरेसँगै राजनीतिक दलहरूले प्रचार अभियान शुरु गरेका छन् । चुनावी मैदानमा राष्ट्रिय र क्षेत्रीय स्तरका धेरैवटा दलहरू देखापरे तापनि ५४३ निर्वाचित स्थानको लोकसभा (संसदको मुख्य सदन) मा बहुमतको लागि मूल प्रतिस्पर्ध्दा हालको सत्तारूढ दल भारतीय जनता पार्टीले नेतृत्व गरेको गठबन्धन र काँग्रेस पार्टी सामेल मोर्चाका बीच हुने अनुमान गरिँदैछ ।
प्रचार अभियानको औपचारिक थालनी काँग्रेस पार्टीले मङ्गलवार गर्दैछ किनभने ८९ वर्षअघि (सन् १९३०को १२ मार्च) यसै दिन महात्मा गान्धीले अंग्रेजले लगाएको नूनमाथिको करको विरोधमा ‘दण्डी मार्च’ आरम्भ गरेका थिए । गान्धी र सरदार बल्लभ भाइ पटेलजस्ता व्यक्तित्वसित गाँसिएको काँग्रेसको अध्यक्षता अचेल राहुल गान्धीले गर्दैछन् भने प्रतिस्पर्ध्दी बीजेपीको अग्रपङ्तिमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम उल्लेख गरिन्छ । प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजीव गान्धी र सोनिया गान्धी समेतको पारिवारिक परम्पराले गर्दा राहुल गान्धीलाई एकथरी मानिसले सम्भाव्य प्रधानमन्त्रीको रूपमा हेरेका छन् । यता बीजेपी पक्षकाले अर्को पाँचवर्ष पनि मोदी नै केन्द्रीय सरकार-प्रमुख रहने अड्कल गरेका छन् ।
‘ संसारको सबैभन्दा ठूलो लोकतन्त्र ’ मा यस पटकको चुनावी अभ्यासमा ९० करोड मतदातालाई मतदान गर्ने अवसर प्राप्त हुँदैछ । १० लाख मतदान केन्द्रको व्यवस्था गरिएको छ । फोटो सहितको परिचयपत्र र ‘इलेक्ट्रिनिक भोटिङ मेसिन’ को व्यापक उपयोग चुनावका अन्य विशेषता हुन् । सुरक्षा व्यवस्था र मतपत्र लगायतका सामग्रीको बन्दोबस्त मिलाउनु पर्ने हुनाले नै चुनाव सात चरणमा गर्न लागिएको छ । २९ वटा राज्य र दिल्ली समेत सातवटा केन्द्र-शासित प्रदेशमा गरिने यसपल्टको मतदानको सातौं चरण आउँदो वर्ष जेठ ५ गते (१९ मे) सम्पन्न हुने भएको छ । नतीजा त्यसको तीन-चार दिनपछि आउने अपेक्षा छ ।
इण्डियाको निर्वाचनप्रति संसारभर अभिरुचि रहने गरेको छ । त्यसैगरी एसिया महादेशको चासो स्वाभाविक मानिन्छ भने दक्षिण एसियाका देशहरू त दिल्लीमा स्थापित सरकारबाट प्रत्यक्ष, परोक्ष प्रभावित नै हुने गर्दछन् । जनसंख्या र क्षेत्रफल यसका निर्णायक कारक हुन् । नेपाल सिमाना जोडिएका देशहरूमध्येको एक छिमेकी-राष्ट्र हुनाले दिल्लीमा शासक परिवर्तन हुने-नहुने विषयले यहाँको जनमानसमा उत्सुकता र चिन्ता एकसाथ उत्पन्न गराउँछ । २०७२ सालको आर्थिक नाकाबन्दी ताजा दृष्टान्त हो यद्यपि हस्तक्षेपकारी यस्ता कदमले नेपालको मैत्रिभावबाट अन्तोगत्वा इण्डियालाई नै वञ्चित गराउँदो रहेछ भन्ने तथ्य निकट-विगतमा उताका नेताहरूले महसूस गरेको जानकारी प्रेस विवरणहरूले दिएका छन् ।
दुई देशबीच बहुआयामिक सम्बन्धको चर्चा अकारण भएको छैन । र, धार्मिक-साँस्कृतिक आयामप्रति दुबै देशका सरकार सञ्चालकहरू जानकार छन् । बीजेपी हिन्दुत्वको नाराबाट सत्तामा पुगेको दल हुनाले हिन्दुबहुल नेपालप्रति आकर्षित रहनु आश्चर्यको कुरो पनि होइन । हाल नेपालमा राज्यसत्ताको बागडोर हातमा भएका दल र तिनका नेताहरूले यस वास्तविकतालाई राम्रोसित बुझेका पनि छन् ।
उत्तरको चीन र दक्षिणको इण्डियासँग सन्तुलित र स्वाभाविक सम्बन्ध कायम राखेमा नै नेपालको दीर्घकालीन हित सुरक्षित रहने कुरा निर्विवाद छ ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...