छविराजबाट असुरक्षा भएको भन्दै शिल्पाले दिइन् उजुरी

काठमाडौं- अभिनेत्री शिल्पा पोखरेलले शान्ति सुरक्षा पाउँ भन्दै प्रहरीमा उजुरी दिएकी छन् । 

उनले श्रीमान् छविराज ओझाबाट असुरक्षा भएको भन्दै प्रहरीसँग शान्ति सुरक्षा पाउँ भनी उजुरी दिएकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । 


Advertisement

उनले भने, 'यस विषयमा हामीले बुझिरहेका छौं । दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।'

केही समयदेखि उनीहरूको सम्बन्धमा खटपट भएको बताइएको छ । 

फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले २०७३ सालमै विवाह गरेपनि गत वर्षमात्रै यसबारे खुलाएका थिए । 

शिल्पाले छविराजकै फिल्म 'लज्जा'मार्फत चलचित्रमा अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । त्यसपछि छविराज नै निर्माता रहेको फिल्म ‘हवलदार सुन्तली’ र ‘मंगलम’मा पनि शिल्पाले अभिनय गरेकी थिइन् । 

कमेन्ट गर्नुहोस्