नेपाल सरकारले गर्यो साउदीमा भएको ड्रोन आक्रमणको भर्त्सना

काठमाडौँ - नेपाल सरकारले साउदी अरेबियाको अरामको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको भर्त्सना गरेको छ ।

सोमवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदीको अबकेक र खुराइसस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणले क्षति पुर्याएको भन्दै भर्त्सना गरेको हो ।


Advertisement

'यस्ता मूर्खतापूर्ण आक्रमणहरूले व्यापारिक केन्द्रलाई पनि नछोड्नु दुखदायीपूर्ण छ,' विज्ञप्तिमा भनिएको छ, 'राजनीतिक उद्देश्यका लागि शक्ति र हिँसाको प्रयोगलाई नेपालले अस्वीकार गर्दछ ।'

साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा केही दिनअघि ड्रोन आक्रमण भएको थियो । आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

 

 

 

 

 

 


 

 

कमेन्ट गर्नुहोस्