×

NMB BANK
NIC ASIA

डेढ वर्षदेखि कार्यालय सहयोगीको भर, सेवाग्राहीलाई हाकिम खोज्दै हिँड्नुपर्ने बाध्यता !

असोज २७, २०७६

NTC
Premier Steels

धनगढी – सुदूरपश्चिम प्रदेशमा पत्रपत्रिका तथा सञ्चार माध्यमको अभिलेख राख्ने तथा सञ्चारकर्मीहरूलाई प्रेस पास उपलब्ध गराउने सञ्चार केन्द्र धनगढीको कार्यालय डेढ वर्षदेखि अस्तव्यस्त बनेको छ ।

Muktinath Bank

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभाग मातहतको सञ्चार केन्द्र धनगढीको कार्यालय डेढ वर्षदेखि अस्तव्यस्त हुँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन कार्यालय प्रमुख कृष्णामाया श्रेष्ठको डेढ वर्ष पहिले अवकाश भएयता कार्यालय प्रमुखविहीन बनेको छ । हाल सो कार्यालयको कार्यबाहकको जिम्मेवारी जिल्ला हुलाक कार्यालय कैलालीका प्रमुख मेनका श्रेष्ठले पाएकी छिन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला हुलाक कार्यालयकी प्रमुख श्रेष्ठ हुलाक कार्यालयमा मात्रै सीमित भएपछि दैनिक कामकाज प्रभावित बनेको हो । सञ्चार केन्द्र कार्यालय सहयोगी विनोद चौधरीको भरमा चल्दै आएको छ ।

Vianet communication

कार्यालय सहयोगी चौधरी भन्छन्– ‘यहाँ यस्तै छ । हाकिम नभएको धेरै भयो । हुलाक कार्यालयको हाकिमसा‘बले हेरेपनि उहाँ उताकै व्यस्तताले यता भ्याउन सक्नुहुन्न । सबै चिठ्ठीपत्रमा हस्ताक्षर गराउन उतै जानुपर्छ । यो कार्यालय पनि हुलाकमै सर्दैछ भन्ने सुन्छु, अहिलेसम्म सरेको छैन ।’

कार्यालय प्रमुखविहीन बनेपछि सो कार्यालय कवाडखानामा जस्तो बनेको छ । पत्रपत्रिकाहरू यत्रतत्र फिँजिएका देख्न सकिन्छ भने कार्यालय प्रमुखको कार्यकक्ष नै सधैँ बन्द अवस्थामा रहने कार्यालय सहयोगी चौधरी बताउँछन् ।

कार्यालय प्रमुख कार्यालयमा नबसेपछि प्रेसपास नवीकरण गराउन जाने सुदूरपश्चिमका पत्रकारहरू निकै सास्ती समेत झेल्दै आएका छन् । पहुरा थारू दैनिकमा कार्यरत पत्रकार दुर्जन चौधरी भन्छन्–‘प्रेसपास नवीकरण गराउन जाँदा आफैं प्रेसपासको फम्र्याटमा टाइप गर्नुपर्ने, टाइप गरिएको प्रेसपासमा हस्ताक्षर गराउन आफैं हुलाक कार्यालय धाउनुपर्ने अवस्था छ ।’

त्यस्तै, कार्यबाहक कार्यालय प्रमुख श्रेष्ठले सूचना तथा प्रसारण विभागले आवश्यक कर्मचारी नपठाउँदा समस्या सिर्जना भएको बताइन् । आफूले कार्यालय सञ्चालनमा केही सहयोग मात्रै गरेको बताउँदै उनले आफ्नो व्यस्तता हुलाक कार्यालयमा ठिक्क हुने भएकोले समय दिन नसकिरहेको उल्लेख गरिन् ।

सूचना विभागबाट जारी भएको प्रेसपास नवीकरण, प्रेस काउन्सिलको वर्गीकरणमा परेका पत्रिकालाई भुक्तानी दिने, पत्रिकाको अभिलेख राख्ने र सिफारिस गर्ने कार्य यस कार्यालयबाट हुँदै आएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x