×

NMB BANK
NIC ASIA

विप्लव समूहका कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेपछि ठाउँ-ठाउँमा नक्कली बमको त्रास

मंसिर ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटको घटनामा संलग्न हुन सक्ने भन्दै प्रहरीले प्रतिबन्धित नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरे लगत्तै विभिन्न स्थानमा नक्कली बमको त्रास फैलिएको छ ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित संकटमोचन मन्दिरको छेउमा आइतवार साँझ शंकास्पद वस्तु राइस कुकरमा राखिएको थियो । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले सोमवार बिहान डिस्पोज गरेको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त बम डिस्पोज गरेलगत्तै त्यसकै छेउमा रहेको बारबिघा मैदानको छेउमा समेत शंकास्पद वस्तु सोमवार फेला परेको छ । उक्त शंकास्पद वस्तुलाई समेत नेपाली सेनाको टोलीले डिस्पोज गर्दै छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार ती दुवै शंकास्पद वस्तु नक्कली बम रहेको कुरा पुष्टि समेत भइसकेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु बम नभएर नक्कली बम रहेको बताइसकेको सीडीओ कणेलले बताए । 


Advertisment
Nabil box
Kumari

लगत्तै धनुषाकै धनुषाधाम नगरपालिकाको एउटा उच्च माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालमा समेत शंकास्पद वस्तु झुण्डयाएर राखिएको छ । ती सबै नक्कली तथा असली नै बम कसले र किन राखिरहेका छन् भन्ने बारे कसैले आधिकारिक रूपमा जिम्मेवारी भने लिएको छैन । तर प्रहरीले भने प्रतिबन्धित नेकपाको विप्लव समूहले गरिरहेको आशंका गरेका छन् ।

Vianet communication
Laxmi Bank

एकातर्फ विप्लव समुहले विभिन्न मानिसहरुलाई चन्दाका लागि लिखित पत्र नै धम्कीसहित पठाएको भन्ने सुचना प्रहरीमा पुगेको छ भने अर्कोतर्फ नक्कली बमको त्रास फैलाएर चन्दा असुलीको बजार तताउने क्रमका लागि मानिसलाई तर्साउने उद्देश्यले समेत उक्त समूहले ठाउँठाउँमा नक्कली बम राख्ने गरेको सुरक्षा निकायका एक जना पदाधिकारीले लोकान्तरलाई बताएका छन् ।

सोमवार बिहान रंगभूमि मैदान आसपासमा बम राख्नुको पछाडि एनसेललाई तर्साउने उद्देश्यले राखिएको हुन सक्ने ती अधिकारीले बताए । ‘सोमवार रंगभुमि मैदान बारबिघामा एनसेलले मेला लगाउने कार्यक्रम राखिएको छ,’ ती अधिकारीले भने, ‘त्यसलाई नै प्रभावित गर्न वा चन्दा उठाउनका लागि नक्कली बम राखिएको हुन सक्छ ।’ विप्लव समूहका बाँकी मान्छेलाई खोज्न नसकियोस् तथा नक्कली बममा प्रहरीलाई ब्यस्त बनाउन लगाएर फरार हुन सकिने उद्देश्यले पनि ठाउँ ठाउँमा नक्कली बम राखिएको हुन सक्ने उनले बताए । 

विप्लव समूहका कार्यकर्ताहरू पक्राउ 

अर्कोतर्फ ३ जनाको ज्यान गएको तथा ४ जना घाइते भएको महेन्द्रनगरको शक्तिशालि बम विस्फोटनमा प्रहरीले अनुसन्धानको लागि विप्लव समूहका विभिन्न कार्यकर्ताहरूलाई पक्राउ गर्न थालेपछि प्रहरीलाई भुलाउन पनि नक्कली बमको त्रास बढाएको हुन सक्ने एक जना प्रहरी अधिकारीले बताएका छन् । उक्त घटनामा संलग्न हुन सक्ने आशंकाको आधारमा सोधपुछ तथा अनुसन्धानकै लागि हालसम्म करीब १० जना जतिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रहरी स्रोतबाट लोकान्तरलाई प्राप्त भएको जानकारी अनुसार हालसम्म धनुषाको हंशपुर नगरपालिका वडा नम्बर २ बघचौडाकी ३१ वर्षीया ललितादेवी महरालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई विप्लव समूहको धनुषाको सचिव भनेर बताएको छ । त्यसैगरी त्यही समूहमा संलग्न रहेकी त्यही गाउँका ४० वर्षीया सितादेवी महरालाई समेत पक्राउ गरेको छ ।

त्यस्तै धनुषाधाम नगरपालिका वडा नम्बर २ मुसहर्निया बस्ने ४४ वर्षीय सुरेश महतो कोइरीलाई पक्राउ गरिएको छ । उनी पनि त्यस समूहमा आबद्ध रहेको प्रहरीको दाबी छ ।
त्यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० बरमझिया बस्ने ६७ वर्षीय रामजी साह तेलीलाई समेत पक्राउ गरिएको छ । उनलाई पनि विप्लव समूहमा लागेको भन्दै प्रहरीले पक्राउ गरेको हो । धनुषाकै मिथिला बिहारी नगरपालिका वडा नम्बर १ भुतहि पटेर्वाका ६६ वर्षीय राम सोभित दाहा धानुकलाई समेत विप्लव समूहको कार्यकर्ता भनेर पक्राउ गरिएको छ ।

घटनामा संलग्न हुन सक्ने आशंकामा धनुषाधाम नगरपालिकाको नौसय बिघा भन्ने गाउँको अक्सर राइन र उनका बुवा अल्लाउद्दीन राइनलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार उक्त घटनामा संलग्न हुन सक्ने आशंकामा मुख्य योजनाकार मानिएकी विप्लव समूहको गीतादेवी महरा तथा ती सबैको कमान्डर देव लामालाई प्रहरीले खोजी गरिरहेको छ ।

मृतक राजेश साह मिटर ब्याजी थिए । उनले मिटर ब्याजमा रुपैयाँ लगानी गर्दै आएका थिए । प्रहरी स्रोतका अनुसार उनले कपाली तमसुक बनाएर ब्याजमा दिएका कतिपय मानिसहरू विप्लव समुहमा आबद्ध भएका छन् । पैसा नदिने तथा पचाउने उद्देश्यले कतिपय मानिसहरू विप्लव समूहमा लागेको तथा उल्टै चन्दा दिनका लागि राजेशलाई विप्लव समूहले पत्र काटेको हुन सक्ने अनुमान गरिएको छ ।

उनले कुन कुन व्यक्तिलाई कपाली तमसुक बनाएर पैसा दिए भन्ने कुरा बुझ्नका लागि उनको घरको छापामारी गर्नुपर्ने हुन्छ,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘तर उनकै घरमा राजेशसहित उनका छोरा आनन्दको समेत मृत्यु भएर शोकमा डुबेको अवस्थामा घरमा कसरी कागजपत्रहरू हेर्ने भनेर समस्या भएको छ ।’ राजेशको घरमा बम राख्नुका पछाडि आर्थिक लेनदेन वा कपाली तमसुक नै हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की भने उक्त घटनामा विप्लव समूह नै संलग्न छ भनेर भन्न सक्ने निष्कर्षमा नपुगिसकेको बताउँछन् । ‘तर उक्त समूह पनि हुन सक्ने आधार पनि नभएको भन्ने होइन,’ डीएसपी कार्कीले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी छ, अहिले नै यही कारण हो भनेर भन्न सक्ने अवस्था छैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x