×

NMB BANK
NIC ASIA

कालापानीबारे संघीय संसद्का दुवै सदनमा दर्ता भयो संकल्प प्रस्ताव, यस्ता छन् ४ बुँदा

पुस ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सीमा समस्या समाधानका सम्बन्धमा गरिएको पहललाई तत्काल निष्कर्षमा पुर्‍याउन माग गर्दै संघीय संसद्का दुवै सदन प्रनितिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै संकल्प प्रस्ताव दर्ता भएको छ ।

Muktinath Bank

तल्लो सदन प्रतिनिधि सभामा प्रमुख सत्तारुढ दलन नेकपा एक्लै र माथिल्लो सदन राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस समेतको समर्थनमा संकल्प प्रस्ताव दर्ता भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा नेकपा सांसद खगराज अधिकारीले दर्ता गराएको प्रस्तावलाई नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

संकल्प प्रस्तावमा सीमा समस्या समाधानका लागि जारी कूटनीतिक पहललाई निरन्तरता दिँदै उच्चस्तरीय राजनीतिक पहल गर्न माग गरिएको छ ।

Vianet communication
Laxmi Bank

यस्ता छन्, संकल्प प्रस्तावका ४ बुँदा : 

– नेपाल सरकारद्वारा जारी कूटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र उच्चस्तरीय राजनीतिक पहल कदमी गर्न ।
– यस मामलिामा सम्पूर्ण राजनीतिक दल र नेपाली जनताको अभूतपूर्व एकतालाई कायम राख्न ।
– नेपालको सम्पूर्ण सीमाहरूमा देखिएका समस्याहरूको समाधान राष्ट्रिय सहमतिका साथ अघि बढाउन ।
– नेपाल–भारत उच्चस्तरीय प्राविधिक समितिद्वारा सीमासम्बन्धी समस्या समाधानमा गरिएको पहललाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्न ।

राष्ट्रिय सभामा नेकपा र कांग्रेसले दर्ता गराएको संयुक्त संकल्प प्रस्तावमा माथिल्ला तीन बुँदा उही आसयका छन्, भाषा केही फरक छ ।

राष्ट्रिय सभाको नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले कांग्रेस सचेतक सरिता प्रसाईंको समर्थनमा दर्ता गराएको संकल्प प्रस्तावको चौंथो बुँदामा उच्चस्तरीय अनुगमन समिति निर्माणको कुरा गरिएको छ ।
प्रस्तावमा भनएिको छ– ‘संसदको एक उच्चस्तरीय अनुगमन समिति निर्माण गरी सरकारलाई नियमित रूपमा मद्दत पुर्‍याउन र कामहरूको अनुगमन गर्न ।’

नेपाली भू–भाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको चर्को विरोध हुँदै आएको छ ।

कालापानीमा वर्षौंदेखि भारतीय सेना अखडा जमाएर बसेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x