×

NMB BANK
NIC ASIA

युद्धको विरोधमा कविहरु, स्वतन्त्रतामाथि प्रहार हुन थालेकोप्रति आपत्ति

पुस २४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

युद्धको विरोध, शान्तिको आह्वानसहित बिहीवार काठमाण्डौँमा ८६ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ ।

Muktinath Bank

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न काव्य प्रवाहमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अमेरिका र इरानबिच बढ्दो तनाव र आरोप प्रत्यारोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै युद्धलाई वढावा दिने कुनै पनि कदम नचाल्न अमेरिका र इरानका शासकहरुलाई आग्रह गर्नुभयो । अमेरिकी र इरानी जनताको शान्तिको अधिकारको सम्मान गर्न दुवै पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिदै पहाडीले यस्तो संकटको बेला राष्ट्रसंघ जस्ता साझा संस्थाले संकट समाधानका लागि गहकिलो योगदान गर्न आग्रह गर्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काव्य प्रवाहमा सभापतिको आसनबाट बोल्दै समाजका सभापति उत्तम पुडासैनीले स्वतन्त्रतामाथि निर्घात प्रहार गर्ने गरी संसदमा विधेयकहरु प्रस्तुत हुन थालेकोप्रति आपत्ति व्यक्त गर्दै त्यस्ता विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन सरकारलाई आग्रह गर्नुभयो । पुस अन्तिम सातामा सम्पन्न काव्य प्रवाहमा कविहरुले नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको स्मरण पनि गरेका थिए ।


Advertisment
Nabil box
Kumari

केन्द्रिय सदस्य नम्रता खरेलले  सञ्चालन गर्नुभएको काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, रत्ननीधि रेग्मी, मदनराज थापा, डा. बमबहादुर थापा जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, मेनका पोख्रेल आचार्य, ऋचा, शारदा पराजुली, मञ्जुश्री प्रधान, शान्ति शर्मा, पुष्पा धमला, पुनम घिमिरे, बिमला दाहाल, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, शिवराम खड्का, प्रकाश बस्नेत गफाडी, दुर्गा किरण तिवारी, त्रिपुरा पौडेल, कुसुम शर्मा, सीता बराल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, जनार्दन अधिकारी, निर्मल पराजुली, डिल्लीप्रसाद मूलतिहुन, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुंगेल, शान्ति नारायण श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, लालबहादुर भुजेल, सागर भट्ट, किशोर श्रेष्ठ, सहित ४४ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x