चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
अत्तरिया – कैलालीको धनगढीमा आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव २०७६ को आयोजना गरिने भएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुनलागेको साहित्य महोत्सवमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा रहेको काली कर्णाली क्षेत्रको गौरवगाथालाई माथि उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिन लागेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।
इतिहासमै पहिलोपटक हुन थालेको साहित्य महोत्सवले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिलाई विश्वसामु चिनाउन मद्दत मिल्ने उनले बताए । उनले महोत्सवमा नेपाल, भारत, भूटान, बंगलादेश, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, जापानलगायत विभिन्न देशमा बसेर नेपाली भाषा र साहित्यको उन्नयन तथा विकासमा समर्पित स्रष्टाको सहभागिता रहने बताए ।
साहित्य महोत्सवमा २ करोड ४४ लाख खर्च हुने अनुमान गरिएको विश्व नेपाली साहित्य महोत्सव २०७६ मूल समारोह समितिका संयोजक प्राज्ञ यज्ञराज उपाध्यायले जानकारी दिए । महोत्सवमा सुदूरपश्चिमको कला, संस्कृति, साहित्य, प्रकृति, पर्यटन, विकास, निर्माणका मुद्दा, देवस्थल, सम्पदा तथा पहिचान झल्किने सबै कला संस्कृतिको प्रस्तुति रहने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र लोकन्द्रबहादुर चन्दलगायत बहालवालामन्त्री तथा पूर्वमन्त्री, संघीय तथा प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधको सहभागिता रहने आयोजकको भनाइ छ ।
महोत्सवको आवश्यक तयारीका लागि एक हजार १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न समिति तथा उपसमिति पनि गठन गरिसकेको अध्यक्ष जोशीले जानकारी दिए । महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको ठम्याइ छ ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...