कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्वास्थ्य निर्देशनालयका अधिकारीकारीलाई बोलाएर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा अहिलेसम्म भए गरेका कामबारे जानकारी लिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । छलफलमा स्वास्थ्य निर्देश(नालयका अधिकारीहरुले अहिलेको असाधारण परिस्थितिमा आन्तरिक तयारी सन्तोषजनक रहेको मुख्यमन्त्री भट्टलाई जानकारी गराइएको बताइएका छन् ।
खाद्यान्न सङ्कलन
कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण खाद्यान्न राहत कोषमा १०० भन्दा बढी क्विन्टल राहत सङ्कलन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी खाने वर्ग, अति विपन्न वर्ग, गरिब, असहाय र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले स्थापना गरेको खाद्यान्न कोषमा उक्त राहत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
यहाँका विभिन्न बैंक तथा सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन भएको खाद्यान्नको झन्डै रु चार लाख ७१ हजार ५१० हुन आएको नगरप्रमुख हरिसिंह साउदले जानकारी दिए । राहत कोषमा अहिलेसम्म ११ वटा बैंक तथा सङ्घसंस्था र व्यक्तिले सहयोग गरेको बताइएको छ । नगरपालिकामार्फत राहत वितरणका लागि तथ्याङ्क सङ्कलनको काम भइसकेकाले राहत वितरण शुरू गरिने जनाइएको छ ।
कोरोना रोकथाम कोष स्थापना
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको सङ्क्रमणलाई ध्यानमा राखेर यहाँका स्थानीय तहले अलग्गै कोष स्थापना गरेका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि अलग्गै राहत कोष स्थापना गरी काम अघि बढाएका छन् । सो कोषमा सर्वसाधारण, सङ्घसंस्थालाई पनि सहयोग गर्न अपिल गरेका छन् ।
सो कोषमा जम्मा भएको रकम कोरोना नियन्त्रण, अतिविपन्न वर्गका लागि खाद्यान्न राहत वितरण गरिने जनाइएको छ । गोदावरी नगरपालिकाले रु एक करोडको राहत कोष स्थापना गरी विभिन्न सङ्घसंस्थाबाट प्रदान गरिएको खाद्यान्न सामग्री सङ्कलन गरेर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न थालेको नगरपालिकाका उपमेयर रत्ना कडायतले जानकारी दिए ।
यसैगरी घोडाघोडी नगरपालिकाद्वारा रु २५ लाख, चुरे गाउँपालिकाद्वारा, रु ५० लाख, गौरीगङ्गा नगरपालिकाद्वारा रु ११ लाख, जोशीपुर गाउँपालिकाद्वारा रु २० लाख, लम्की चुहानगरपालिकाद्वारा रु ३५ लाख, कैलारी गाउँपालिकाद्वारा रु ५० लाखको कोष स्थापना गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि टीकापुर नगरपालिकाद्वारा रु ३६ लाख, भजनी नगरपालिकाद्वारा रु २८ लाख, बर्दगोरिया गाउँपालिकाद्वारा रु १५ लाख, मोहन्याल गाउँपालिकाद्वारा रु १० लाखको कोष स्थापना गरिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाद्वारा रु ५० लाखको कोष स्थापना गरिएको नगरप्रमुख नृपबहादुर बडूले जानकारी दिए ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले परिभाषित गरेको कार्यविधिलाई एकीकृत समिति गठन गरेर मापदण्डका आधारमा सङ्कलन भएको राहत गाउँपालिका/नगरपालिकाको संयोजनमा गरिब, असहाय, अपाङ्गता भएका र विपन्न परिवारलाई वितरण गरिने व्यवस्था मिलाइएको जनाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको सङ्क्रमणलाई ध्यानमा राखेर यहाँका स्थानीय तहले समिति गठन गरेर राहत वितरणको कार्यलाई अघि बढाइ रहेका छन् । मीन ठकुरी,रासस
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...