×

NMB BANK
NIC ASIA

परार साल मेरो एउटा साथीले मजाको कुरा गर्‍यो । उसको कथन थियो – यदि अमेरिकाले सम्पूर्ण नेपालीहरूलाई ग्रीनकार्ड अथवा सिटिजनशीप दिने हो भने नेपालमा जम्माजम्मी १ लाख मानिसहरू बस्नेछन् । ती १ लाख मानिसहरू रोगी, उमेर पुगेका बुढाबुढी र केही नेताहरू मात्र रहनेछन् ।

Muktinath Bank

शुरूमा त उनले मजाक गरेर यस्तो भने जस्तो लागेको थियो तर उनले यसो भन्नुका पछाडि गहिरो दर्शन रहेको प्रस्ट पारे । उनले भने, ‘हेर्नुहोस्, अहिलेको विश्वको राष्ट्रवाद अर्थतन्त्रसँग जोडिएको छ । अहिलेको विश्वको राष्ट्रवाद गाँस, बास, कपाससँग जोडिएको छ । अहिलेको विश्वको राष्ट्रवाद मानवअधिकार र प्रजातन्त्रको रक्षामा जोडिएको छ । अहिलेको विश्वको राष्ट्रवाद मानव जातिको रक्षामा जोडिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यदि त्यसो हुँदैन्थ्यो भने हामी एसियालीलाई समेत उठाएर अमेरिका किन लैजान्छ ? किन पूर्वी देशका शणनार्थीलाई युरोपले धमाधम सिटिजनशीप दिन्छ ? किनकि उनीहरू विश्वमा सबैभन्दा बलियो प्रजातान्त्रिक देश हुन चाहन्छन्, यसरी मात्रै उनीहरू शक्तिशाली हुन्छन् । मानव जातिको रक्षा नगर्ने देशको न राष्ट्रवाद हुन्छ, न राष्ट्रियता हुन्छ र न विश्वमा कुनै मूल्य हुन्छ ।


Advertisment
Nabil box
Kumari

भारत भूगोलमा ठूलो देश भएर के गर्ने ? किसानले आत्महत्या गरेका गर्‍यै छन् । नेपाल भूगोलमा सानो देश भएर के गर्ने ? युवाहरू विदेशमा पसिना बगाउन गएका छन् । यस्ता अल्पविकसित देशमा गाँस, बास, कपास, सामाजिक सुरक्षा अनि शिक्षामा राष्ट्रवाद हुँदैन, राष्ट्रवाद हुन्छ नागरिकतामा, राष्ट्रवाद हुन्छ भूगोलमा ।

Vianet communication
Laxmi Bank

नेपालमा पछिल्लो समय यस्तै भएको छ । हामीले वंशजको नागरिकता पाएर के भयो ? केही भएको छैन । आज नेपाली औषधि नपाएर मरेका छन् । हाम्रा चेली अरबमा ‘हाउस मेड’ बसेका छन् । भारतको चेलीको नागरिकताको चिन्ता छ । किन नदिने नागरिकता ? त्यो उनको हक हो । कुनै पनि मानव जातिको हक हो । हामी गणतन्त्र नेपालको नागरिक हौं भन्ने तर विचार राख्ने पूरै पाखण्डी ‘कन्जरभेटिभ’ धारको । यसरी कसरी हुन्छ ? के भारतलाई नेपाल साँच्चिकै कब्जा गर्नुपर्‍यो भने आजको युगमा जनसंख्या बढाउनुपर्छ ? हावा कुरो !

काठमाडौंका राणाजीहरूका भारतीय बुहारीले कतिखेर कस्तो नागरिकताू पाउँछन्, धेरैलाई थाहा नै हुन्न तर मधेशका महतो र ठाकुरका बुहारीको पछाडि सिंगो देशको निगरानी हुन्छ । मानौं कि तिनका बुहारीले आफ्नो मंगलशुत्र ‘आणविक बम’ लुकाएर लिएका छन् र यो छिट्टै बिस्फोट हुनेवाला छ । सिक्किम र दार्जिलिङतिरबाट ल्याइएका राई, लिम्बु र पहाडिया ब्राह्मणका बुहारीले पनि कतिखेर कस्तो नागरिकताू पाउँछन्, त्यो पनि थाहा हुँदैन तर उनीहरूले अवश्य पाउँछन् । 

अनि तिनीहरूको तर्क हुन्छ, सिक्किम दार्जिलिङ त नेपालकै थियो नि, हो नि ! मानौं कि सिरहा, सप्तरी नेपालको थिएन, हैन ? नेपाली भाषा बोल्नेहरू सबै नेपाली हुन्छन् ? तिनीहरूको राष्ट्रियता नेपाली नै हुन्छ ? त्यसो भए राम्रोसँग नेपाली भाषा बोल्न नजान्ने यो देशको आदिवासी, जनजातिको राष्ट्रियता के हुन्छ ? भोजपुरी मैथलीको राष्ट्रियता के हुन्छ ? के साँच्चै नेपाललाई गहुँगोरो अनुहार नभएको वा नाक चुच्चो नभएको, प्रस्टसँग नेपाली भाषा बोल्न नजान्नेहरूबाट खतरा छ ? 

कोबाट नेपाललाई बारम्बार खतरा भयो ? त्यो नेपाली इतिहास साँची छ तर आजको मितिसम्म मधेशीबाट नेपाललाई खतरा छैन । एक सरिता गिरीको भनाई सम्पूर्ण मधेशीको होइन । त्यसो भए लिपुलेक भाडामा दिनुपर्छ भन्ने सुजाता कोइरालाको भनाई सम्पूर्ण गैरमधेशी नेपालीको हो त ? त्यसो त हुन सक्दैन । मलाई के लाग्छ भने कुनै पनि देशको शासन व्यवस्था कार्यपालिका, न्यायपालिका, सुरक्षा, महत्त्वपूर्ण सूचनाको गोपनीयता तथा आर्थिक सम्पन्नता हुने हो भने अहिलेको युगमा नागरिकताूकै कारण देश धरापमा पर्छ जस्तो मलाई लाग्दैन । यदि त्यस्तो हुन्थ्यो भने नागरिकताका सवालमा धेरै उदार युरोप, अमेरिका आज अरु कसैको हातमा गइसकेको हुने थियो । 

नेपालको हकमा कुरा गर्ने हो भने हाम्रा मधेशी दाजुभाइ र दिदीबहिनीको छिमेकी मुलुक भारतसँग बिहेबारी चल्न थालेको ५ हजार वर्ष भइसक्यो । भारतको निर्माण हुनुभन्दा पहिले नै त्यहाँका चेलीबेटीको बिहे हुने गरेको मिथिला क्षेत्रका विभिन्न धार्मिक ग्रन्थमा पनि पाइन्छ । हिन्दू धर्मका लोकप्रिय पात्र रामायणकी सिताको जन्मस्थानमा हामीहरू जानकी मन्दिर देख्न सक्छौं । जानकी मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९११ तिर निर्माण पूरा भएको मानिन्छ । 

यसको अर्थ के हो भने हिजो नागरिकताको युग प्रारम्भ नहुँदादेखि नै र आज नागरिकताूको युगमा आइपुग्दासम्म मानिसहरू एकअर्काको पहिचान स्वीकार गरेर घुलमिल हुने बिहेबारी चलाउने परम्परा भारतवर्षसँग नेपालको छ तर किन अहिलेसम्म भारतीयको जनसंख्याले देश कब्जा गर्न सकेको छैन ? के हामी सातौंपुस्ता नेपालको माटोमा नेपालको मायामा बिताएकाहरूलाई अझै पनि भारतीय वा अरु केही भनेर अपमानगर्न सक्छौं ? यदि त्यसो हो भने पहाडिया ब्राह्मणहरू कहिले, किन, कहाँदेखि नेपाल आए ? यसको पनि बहस हुनुपर्छ ।

अहिले कुनै पनि देशले अर्को देशलाई कब्जा गर्नु छ भने उ व्यापारको माध्यमबाट आउँछ । कुनै बहुराष्ट्रिय परियोजनामार्फत आउँछ । जस्तो कि चीनले विश्व बजारलाई कब्जा गर्दैछ भनिन्छ । हामीकहाँ अहिले एमसीसीको लफडा छ । यो एक परियोजना हो र राष्ट्रको लागि घातक छ । यसकारण राजनीतिक रूपबाट समेत अहिले एक देशले अर्को देशलाई हस्तक्षेप गर्छ । जस्तो कि नेपालमा भारतको सिधै ‘माइक्रो म्यामेजमेन्ट’ चल्छ । सिंहदरबार, कर्मचारीतन्त्रदेखि सैनिकसम्म भारतको सिधै पहुँच छ । यसकारण जनसंख्या बढाएर देश कब्जा गर्ने भन्ने चिज सोभियतकालीन मुसलमान सोच हो । हिटलरले यहुदी मारेर आफ्नो मात्रै साम्राज्य खडा गर्छु भन्ने जातिवादी, नश्लवादी, अहंकारी सोच हो । 

साँच्चै नेपाललाई मधेशीबाट खतरा छ त ? के पहाडियाबाट खतरा नै छैन त ? के नेपालको नागरिकता लिन मरिहत्ते गरेरै भारतीयहरू सुनियोजित रूपमा आफ्ना छोरी नेपाल बिहे गरेर पठाउँछन् त ? के छ नेपालसँग त्यस्तो जादुको छडी ? जो नेपालमै आउन लालायित गरोस् । के हाम्रो मधेशको सीमा अब अमेरिका र मेक्सिको जस्तै सीमा हो त ? के अब भारतीयहरू नेपालको नागरिक हुन आफ्नो राशन कार्ड फ्याँकेर नेपाल आउँछन् त ? आएका छन् त ? उनीहरूबाट नेपाललाई खतरा छ त ? इतिहासमा त्यस्तो केही खतराका संकेत देखापरेका थिए त ?

मलाई त त्यस्तो लाग्दैन । मधेशीबाट नेपाललाई कहिल्यै खतरा छ जस्तो लाग्दैन । बरु वंशजको आधारमा नागरिकता लिएका पहाडिया ब्राह्मण सीडीयोले नै पैसाको लोभमा परेर भारतीयलाई नागरिकता बेच्ने गरेको स्थानीय मधेशी अगुवा लेख्छन्, बोल्छन् । जति पनि नदीनालाको असमान सन्धि सम्झौता भएका छन्, भारतसँग त्यो मधेशीले गरेका छैनन् । तपाईंले महाकाली सन्धिदेखि लिपुलेक लिम्पियाघुरासम्मको इतिहास खोतल्नुभयो भने मधेशी र अंगीकृत होइन, वंशजको नागरिकता धारीबाटै देशप्रति गद्दारी गरिएको छ । आज भारतसँग सिधा पहुँच कसैको छ भने यिनै गद्दारहरूको छ, मधेशीको छैन । 

यसको अर्थ मलाई के लाग्छ भने राष्ट्रियताको मापक, राष्ट्रियताको मापडण्ड केवल नागरिकता होइन । नागरिकता एउटा प्राविधिक कुरा मात्रै हो । हामीले भारतीय टोलीलाई बुहारी बनाएर ल्याइसकेपछि उसलाई नागरिकताू दिन हिच्किचाउनु हुँदैन । कम्तिमा १ देखि २ वर्षको केही कानूनी प्रावधान राखेर हामीले नागरिकता दिनैपर्छ । सस्तो लोकप्रियताको लागी अन्धो राष्ट्रवादका लागि त जे बोले पनि भयो तर भारतीय चेलीलाई बुहारी मानेर ल्याइसकेपछि उनीहरूलाई नागरिकताको लम्बेतान यात्रामा धकेल्नु एकप्रकारको महिला हिंसा हो । यसको असर उनीहरूका बालबालिकासम्म पर्न सक्छ ।

अहिले विश्वका धेरै दुःख पाएर आएकाहरूलाई शरणार्थीको रुपमा नागरिकता दिने गरिन्छ । नेपाली भाषी भुटानीलाई हामीले नेपाली नागरिकता दिनुपर्थ्यो तर त्यसो हुन सकेन । अमेरिकाले उनीहरूलाई लगेर गयो, नागरिकता दियो । त्यो हामीले गर्नुपर्थ्यो । त्यसै पनि सिलिगुडी र दार्जिलिङका बुहारीलाई नागरिकता दिन खासै गाह्रो मानिँदैन नेपालमा । अनुहार र अनुहारको रंग हेरेर राष्ट्रियताको पहिचान हुने गर्छ यो देशमा । 

उसो त हामीसँग वंशजकै आधारको नागरिकता छ, हामीले के पायौं ? के अर्थमा गर्व लाग्ने भएका छौं । यो नागरिकता राहदानी बनाउनुबाहेक अरु के प्रयोजनका लागि काम आएको छ ? राज्यले के कस्ता सुविधा र अधिकार दिएको छ ? वंशजका नागरिकलाई राज्यले के सहुलियत दिएको छ ? केही पनि छैन । यसकारण यो नागरिकता नै भ्रम जस्तो लाग्छ । मसँग पनि वंशजको नागरिकता छ, मैले के पाएँ ? के म यो देशलाई अरु कसैले भन्दा धेरै माया गर्छु र ? के कुनै मधेशी दाजुभाइ दिदीबहिनीभन्दा फरक छ मेरो देशप्रतिको माया ?

मलाई त्यस्तो लाग्दैन । यो बेरोजगारको देश, यो भ्रष्टाचारीको देश, यहाँ के छ ? केही पनि छैन । युवाहरू सबै विदेश पलायन भएका छन् । राज्यको उत्पादन केही छैन । विश्व बजारसँगको प्रतिस्पर्धामा हाम्रो उत्पादन केही पनि छैन । हामीले विश्व मानचित्रमा नयाँ ढंगको लडाइँको शुरूआत भएको देखेकै छैनौं । उही पृथ्वीनारायण शाहको कुरा गरेको छ, काजी कालु पाण्डेको कुरा गरेको छ अनि वीर गोर्खाली भनेको छ, खुकुरी देखाएको छ । यसरी कसरी हुुन्छ ? युग परिवर्तन भइसक्यो । विश्व बजारको सोच परिवर्तन भइसक्यो । लडाइँको तरिका फरक भइसक्यो । आफ्नै नागरिकको चिन्ता छैन, खाली अरुको चिन्ता गर्‍यो ।

मधेशीले ५ हजार वर्षसम्म केही नगरेको देश पहाडियाले २५० वर्षमा ब्रह्मलुट गरेर देखाइदिए । यही प्रस्ट छ त सबै कुरा । अनि आफूले देशको सुरक्षा प्रणाली राम्रो नबनाउने, खÞाली सीमा मिचियो मात्र भन्ने, आफूले नागरिकता दिने प्रणाली व्यवस्थित किसिमको प्रविधिमैत्री नबनाउने, खाली भारतीयले नागरिकता लगे भन्ने । ल त्यसो भए भारतसँग नेपालको बिहेबारी रोकौं न त ! किन यस्तो नहुने भन्ने के छ र ? कैयौ मुस्लिम देशमा विदेशीसँग बिहे गर्न नपाउने कानून नै छ । हामी पनि त्यसो गरौं न । के त्यो सम्भव छ ?

यसकारण राष्ट्रवाद, राष्ट्रिय चिन्तन कर्ममा गरौं, व्यापारमा गरौं । चीनजस्तै विश्व अर्थव्यवस्थामा धक्का दिने गरेर उदाउँ । हैन भने चौतारीमा बसेर पाँडे तर्क गरेर केही हुँदैन । जुन देशको भए पनि बुहारी भएर आएकाहरूलाई १–२ वर्षभित्र नागरिकता दिनुपर्छ । उनीहरूको मानव अधिकारको रक्षा गर्नुपर्छ । उनीहरूलाई महिला हिंसामा पार्नु हुँदैन । अंगीकृत नागरिकता तत्कालै दिनुपर्छ । नागरिकताू केही हैन, त्यो एउटा प्राविधिक कागजको टुक्रा मात्र हो । केही त्यस्तो अद्भूत जिनिस हुन्थ्यो भने वंशजको नागरिकता भएर मैलै के पाएँ ?

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x