
कहिलेकाहीँ सामाजिक सञ्जालमा यस्ता रोचक भिडियो भाइरल हुन्छन्, देख्नेहरू अचम्म पर्छन् ।
यस्तै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा दुई भेडा आपसमा भिडन्त गरिरहेको बेला बीचमा कुकुर घुस्छ ।
भारतीय वन विभागका अधिकृत सुशान्त नन्दाले आफ्नो ट्विटरमा शेयर गरेको भिडियोमा उनले देखेका छन्, ‘ब्रेकअप, कुनै लडाइँ छैन ।’ यससँगै ६ सेकेन्डको भिडियो समावेश गरिएको भारतीय सञ्चारमाध्यम आजतक लेखेको छ ।
भिडियोमा स्पष्ट देखिएको छ कि एक मैदानमा केही भेडाहरू रहेका छन्, जसमध्ये दुई भेडा लडिरहेका छन् । जब दुवै भेडा आपसमा लड्न थाल्छन्, त्यतिबेला बीचमा कुकुर आउँछ र लडाइँ रोकिन्छ ।
Break up....
— Susanta Nanda IFS (@susantananda3) September 11, 2020
No street fighting 🙏 pic.twitter.com/7SIeoBVhoY