कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गठन भएको ३ वर्ष पुग्न लाग्दा प्रदेश ५ ले आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ ।
मंगलवार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) रहने प्रस्ताव पारित गरेको हो ।
प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेका थिए । सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप जारी गरेका थिए ।
प्रतिपक्षी दल कुल मतभन्दा कम मत विपक्षमा परेकाले फ्लोर क्रस भएको देखिएको छ ।
प्रदेश सभामा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग राप्ती उपत्यका (देउखुरी)लाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए । यस्तै प्रदेशको नाम लुम्बिनी रहने उनको प्रस्ताव थियो ।
प्रस्ताव पारित भएपनि भौतिक संरचना निर्माण नहुँदासम्म प्रदेशको राजधानी बुटवल नै कायम रहनेछ ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।
प्रदेश सभा बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पनि दुईतिहाइले पारित भएको हो ।
बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीको रूपमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेका थिए ।
प्रदेश सभा सदस्यहरू पुरमती ढेगा मगर, सहस्रराम यादव, विजय यादव र सुमन शर्मा रायमाझीले विपक्षमा मतदान गरेका हुन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...