कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
कात्तिक १०, २०७७
यसपालिको दशैं विगतका वर्षको जस्तो घुमफिर गर्दै रमाइलो गर्ने खालको छैन । कोरोना भाइरस संक्रमणको महामारीका कारण शहरमा रोजगारी गर्नेदेखि पठनपाठन गर्ने विद्यार्थीलाई पनि गाउँघर नजान सरकारले आग्रह गरेको छ ।
चाडबाडका बेला कोरोनाबाट बच्न घरमै बसेर दशैं मनाउनुपर्ने अवस्था छ । त्यसैले दशैंको बिदा र कोरोनाको कारण घुमफिर नगरी घरमै बसेर दशैं मनाउँदै राम्रा पुस्तक पढेर ज्ञान आर्जन सँगसँगै मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सकिने जानकारहरू बताउँछन् ।
पुस्तकलाई फुर्सदको साथीको रूपमा पनि लिने गरिन्छ । पठन संस्कृतिलाई विकास गराउँदै दशैंको बिदामा घरमै बसेर हालसालै बजारमा आएका र पढ्नुपर्ने केही वर्ष पुराना विभिन्न साहित्यिक पुुस्तक पढेर महामारीसँगै आएको दशैंलाई भरपुर उपयोग गर्न सकिन्छ ।
पठन संस्कृतिको विकासमा महामारीले समेत फाइदा पुर्याउने साहित्यकारहरू बताउँछन् । त्यसका लागि समकालीन स्रष्टाहरूले बजारमा ल्याएका पुस्तक उपयोगी छन् ।
साहित्यकार दलबहादुर गुरुङ ज्ञान हाँसिल, समय व्यतित र मनोरञ्जनका लागि पुस्तक पढ्नुपर्ने बताउँछन् । ‘अहिलेको महामारीमा घरमै बसेर पुस्तकलाई साथी बनाउने संस्कार शुरू गर्न सके भावी सन्ततीलाई पुस्तक पढ भनेर भनिरहनु पर्दैन,’ गुरुङ भन्छन् ।
केही वर्षअघि आएको पत्रकार मोहन मैनालीको देखेको देश, पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारीको समृद्ध नेपाल, समृद्धिका आधारहरू, कृषिबाट करोडपति, अनिल पौडेलको अतितको विस्कुन, वनबाटै समृद्धि, नखुलेका पाटाहरू लगायतका अन्य विभिन्न पुस्तक पढ्न सकिने गुरूङ बताउँछन् । साहित्यिक पुस्तकसँगै आफ्नो व्यवहारमा लागू गर्न सकिने पुस्तक पनि पढ्नुपर्ने गुरुङको सुझाव छ ।
पठन संस्कृतिको विकास गर्न पछिल्ला समय पुस्तकालय खुल्ने क्रम पनि बढ्दै गएको छ । पुस्तकालयमा पुगेर युवाहरू आफ्नो रोजाइमा परेका पुस्तक पनि पढ्ने गर्छन् ।
हिमालय बुक्स हाउस बुटवलका सञ्चालक माधव पौडेलले साहित्यकार तथा लेखक खगेन्द्र संगौलाका सत्ता र सत्य, रमेशनाथ पाण्डेको क्रान्ति र प्रतिक्रान्ति, चन्द्रप्रकाश बानियाँको मदन पुरस्कार प्राप्त महारानी, सुजित मैनालीको युगान्त, भुवन ढुंगानाको परित्यता, विजयकुमार पाण्डेका सम्बन्धहरू लगायतका पुस्तक धेरैको रोजाइमा परेको बताए । ‘५ वर्षभन्दा अघिदेखि दशैंमा अन्य सामानहरू किनमेल गर्दा कम्तीमा पनि २ वटा पुस्तक पनि किनेर पढ्नुपर्छ भन्ने संस्कारको विकास हुँदै गएको छ । यो सकारात्मक पक्ष हो,’ उनले भने ।
चाडपर्वको लामो बिदामा आ–आफ्नो घरमा र्याकका पुस्तकहरू झिकेर पढ्नुपर्ने साहित्यकारहरू बताउँछन् । पाठकले आफ्नो उमेर र रुचि अनुसार पुस्तक छनौट गर्छन् । युवा पुस्ताहरू साहित्यिक पुस्तकदेखि अन्य समसामयिक पुस्तक रोज्छन् भने पाको उमेर समूहले धार्मिक पुस्तक बढी पढ्छन् ।
दशैंमा धार्मिक पुस्तकको महत्त्व पनि छ । ‘गाडीमा यात्रा गर्दा होस् वा घरमै बसिरहँदा पुस्तक पढ्न सकिन्छ,’ नयाँ–नयाँ पुस्तक अध्ययन गर्ने रमेश ढकालले भने, ‘साहित्यिक पुस्तकले एउटा समाजको परिवेशलाई सपना बुनिदिन्छ । तर मलाई पत्रकार सुधीर शर्माको प्रयोगशाला पुस्तकले द्वन्द्वकालको सचित्र मेरो मनमा उतारिदियो ।’ पछिल्लो समय युवा पुस्तामा पनि पठन संस्कृति बढेको छ ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...