×

NMB BANK
NIC ASIA

नाकामा ठगिँदै भारतबाट फर्किने नेपाली, भन्छन्– ‘आफ्नै भूमिमा लुटिनुपर्छ’

मंसिर २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रोजगारीको शिलशिलामा चार वर्षदेखि भारतमा रहेका अछाम रामारोशनका कमल साउद मंगलवार त्रिनगर नाका हुँदै नेपाल प्रवेश गरे ।

Muktinath Bank

उनी नाकामा आइपुग्दा यातायातका कर्मचारीहरू आ–आफ्नो बसमा आउनुहोस् भन्दै कराउँदै थिए । श्रीमती, भाञ्जी र सानी छोरी पनि साथमा ल्याएका उनलाई अछाम पुग्नु थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा ८ सयदेखि १ हजारसम्ममा घर पुग्ने उनले यस वर्ष भने धनगढीबाट अछाममा पुग्न ६ हजार तिर्नुपर्‍यो ।


Advertisment
Nabil box
Kumari

‘अहिले एक जनाको एक दुई हजारका दरले भाडा तिर्नुपरिरहेको छ,’ उनले भने, ‘मैले तीन जनाको टिकटबापत ६ हजार बुझाएँ, तर टिकट दिएका छैनन्, के गर्ने हामी जानैपर्ने बाध्यता छ ।’

Vianet communication
Laxmi Bank

‘हामी ठगिइरहेका छौं, नाम टिप्ने तर टिकट नदिने र एक व्यक्तिको दुई हजारका दरले रकम असुली हुँदैछ,’ उनले थपे, ‘म भारतमा चौकीदारी गर्थें, श्रीमती पनि त्यहाँ घरमा खाना बनाउने काम गर्थिन्, अहिले श्रीमती बिरामी भइन्, त्यसैले आउनैपर्ने भयो।’

अछामकै दीपेन्द्र शाहीले भने, ‘हामी सधैँ भारत आउने/जाने गथ्र्यौ विगतमा ९ सय रुपैयाँ टिकट थियो कोरोना संक्रमण फैलिएपछि घर आएका थिएनौं, अहिले घर जान २ हजार रकम तिर्नुपर्ने बाध्यता छ ।’

अहिले भारतबाट आउने नागरिकहरूलाई लक्षित गर्दै सुन्दर सुदूरपश्चिम यातायातले सीमा नाकाबाटै बस सेवा प्रदान गरिरहेको छ । 

भारतको गुजरातमा चौकीदारी गरेर आफ्नो घर फर्किएका अर्जुन थापाले पनि चर्को रकम असुली भइरहेको बताए ।

‘भाडा त महंगो तिरी नै रहेका छौं, उनले भने, ‘बसमा पनि ठाउँ नै हुँदैन, यस्तो कोरोनाको बेला कोचाकोच भएर घर जानु पर्छ । संक्रमित पो भइन्छ कि भन्ने डर लागिरहेको छ ।’ 

‘होल्डङ सेन्टरनजिकै प्रहरीको यात्रु सहायता कक्ष छ, तर उनीहरूले पनि हाम्रो गुनासो सुन्दैनन्, हामीले उनीहरूबाट पनि उल्टै दुव्र्यवहार खेप्नुपर्छ,’ रामारोशनका कमल परियारले भने, ‘हामीले न्यायको लागि कसलाई गुहार्ने ?’

‘भाडा दर कार्यान्वयनमा छैन, भारतबाट आउनेहरूको मुख हेरेर यहाँ भाडा तोकिइरहेको छ,’ डोटीका हरेन्द्र मडैले भने, ‘भारतबाट आउँदा बरु सजिलो छ अहिले त हामी आफ्नै भूमिका लुटिइरहेका छांै । प्रहरीले पनि कमिसन खान्छन् कि क्या हो, गुनासो गर्दा पनि कुनै सुनुवाइ हुँदैन ।’

अछाम बान्निगढीका ६५ वर्षीय जयन्त तिरुवाले धनगढीबाट घर जान  ३ हजार रकम तिर्नुपरेको गुनासो गरे । ‘टिकट पनि पाइएन, गाडीमा चढेपछि बस्ने सिट पनि पाइएन,’ उनले भने, ‘साह्रै समस्या भोग्नुपर्‍यो ।’

पहाडी जिल्ला जाने यात्रुहरूले मात्रै हैन कैलालीकै नागरिकहरूले पनि चर्को भाडा असुली भइरहेको गुनासो गरेका छन् । 

‘त्रिनगर नाकाबाट बर्दगोरिया गाउँपालिका जान मैले ५ सय तिर्नुपर्‍यो,’ स्थानीय प्रेम विकले भने, ‘यसअघि १ सय ५० रुपैयाँमा सहजै हामी घर पुग्थ्यौं ।’

स्थानीय प्रशासन भने मापदण्डविपरीत काम गर्नेलाई कारवाही हुने बताउँछ ।

‘नाकामा चर्को भाडा असुली भइरहेको छ भन्ने गुनासो आएको छ,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने, ‘हामीले जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशन दिइसकेका छौं । मापदण्डविपरीत काम गर्नेलाई कारवाही हुन्छ ।’

तर नाकामा प्रहरी भने खटिएका छैनन् । छेउमै रहेको प्रहरीको हेल्प डेक्सलाई त्यसबारे मतलब नै छैन । 

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दान बहादुर रोकायाले भने, ‘यातायात व्यवसायीहरूले चर्को भाडा असुलेको पाइएमा हामी कानूनबमोजिम कारवाही गर्छाैं ।’

उनले थपे, ‘हामीले नाकामा निगरानी बढाएका छौं, अब त्यस्तो हुन दिँदैनौं ।’ बस व्यवसायी भने चर्को भाडा असुली नभएको दाबी गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x