×

NMB BANK
NIC ASIA

‘सिंहदरबार’सँगै गाउँ–गाउँ पुग्यो भ्रष्टाचार : अधिकांश उजुरी स्थानीय तहसम्बन्धी !

मंसिर २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिममा भ्रष्टाचारका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ को  हालसम्म ३५ सय ८२ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयले जनाएको छ । 

Muktinath Bank

पहिलो चौमासिकमा भ्रष्टाचारसम्बन्धी ३ सय ६१ उजुरी दर्ता भएका थिए । ‘हाल अख्तियारमा ११ सय ४२ उजुरी छन्, सूचना अधिकारी हरिशचन्द्र जोशीले भने, ‘७ सय ४१ गत वर्षको फर्छ्यौट उजुरी हुन्, ३ सय ६१ नयाँ दर्ता भएका छन् । यसमा अधिकांश स्थानीय तहसम्बन्धी उजुरी छन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश स्थानीय तहका, सबैभन्दा बढी कैलालीका 


Advertisment
Nabil box
Kumari

अख्तियार कञ्चनपुरको कार्यालयमा परेका उजुरीमध्ये अधिकांश गाउँको सिंहदरबार भनिने स्थानीय तहका छन् । सूचना अधिकारी जोशीका अनुसार सबैभन्दा बढी कैलालीका २ सय २५, कञ्चनपुरका १ सय ८५, बैतडीका १ सय ८०, बझाङका १ सय २३, डोटीका ९७, दार्चुलाका ८१, डडेल्धुरा ७९, अछामका ७२  र बाजुराका ४९ र एक स्थान नखुलेको गरी ११ सय ४२ उजुरी बाँकी छन् । 

Vianet communication
Laxmi Bank

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको १ गरी हालसम्म  ५ सय ८२ उजुरी दर्ता भएका छन् । 

यसमा अधिकांश स्थानीय तहकै रहेको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार कैलालीका पालिकाहरूविरुद्ध बढी उजुरी परिरहेको छ । 

‘पालिकाहरूमा व्यापक अनियमितता र भ्रष्टाचारसम्बन्धी गुनासो हामी कहाँ पनि आउने गरेको छ,’ जिल्ला समन्वय समिति कैलाली प्रमुख सूर्यबहादुर थापाले भने, ‘पालिकाका अन्य खाले विवाद छलफलको माध्यमबाट समाधान गर्छाैं, तर अनियमिततासम्बन्धी गुनासो भने अख्तियार कहाँ नै पठाउने गर्दछौं ।’

स्थानीय सरकार आएपछि सुशासन बढ्नुपर्नेमा भ्रष्टाचार बढेको अनुभूति भइरहेको सरोकारवालाहरूले बताएका छन् ।

जनप्रतिनिधिमा कानूनसम्बन्धी ज्ञान र अहमताका कारण अनियमितता सम्बन्धी घटना भइरहेको अर्थसम्बन्धी जानकार गगन घिमिरे बताउँछन् ।

यसबाहेक पछिल्लो समय अख्तियारले सक्रियता बढाएकाले र नागरिकहरू पनि चेतनशील भएका कारण उजुरीहरू बढ्दै गएको अख्तियारको बुझाइ छ । स्थानीय पालिकामा अझ बढी भ्रष्टाचार मौलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख खगेन्द्रप्रसाद रिजालले बताए । 

२७ स्टिङ अपरेसन : ४० लाखसहित ४४ जना रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयले गरेको २७ स्टिङ अपरेसनबाट ४० लाख बढी रकमसहित ४४ जना रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख खगेन्द्रप्रसाद रिजालले आर्थिक वर्ष २०७२/०७३ देखि चालू आर्थिक वर्षको हालसम्म भएका २७ स्टिङ अपरेसनबाट ४० लाख ५५ हजार ६ सय ५० नगदसहित ४४ जना रंगेहात पक्राउ परेका छन् । 

३ स्टिङ अपरेसन : १ लाख नगदसहित ५ जना रंगेहात 

उनका अनुसार कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा कार्यालयबाट तीन स्टिङ अपरेसन भएका थिए ।

जसमा सेवाग्राही सँग ३८ हजार घुस लिँदै गरेको अवस्थामा महाकाली यातायात व्यवस्था कार्यालय कञ्चनपुरका कार्यालय सहयोगी भीमराज भट्ट रंगेहात पक्राउ परे ।

सेवाग्राहीसँग २४ हजार घुस लिँदै गरेको अवस्थामा छोटी भन्सार कार्यालय खक्रौलाका नायव सुब्बा यादवकुमार श्रेष्ठ पक्राउ परे ।

यस्तै सेक्टर वन कार्यालय बलचौर कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल सेवाग्राहीबाट २५ सय ५० र इलाका वन कार्यालय जगतपुर टीकापुरका रेञ्जर बाबुरामले सेवाग्राहीबाट ५१ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परे ।

२१ लाख नगदसहित ८ जना रंगेहात

​आर्थिक वर्ष ०७४/०७५ मा पनि अख्तियारको कार्यालयले तीन स्टिङ अपरेसन गर्‍यो । जसमा सेवाग्राहीसँग ४५ हजार घुस लिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान कार्यालय कोहलपुरको अस्थायी चेकपोस्ट अत्तरियामा कार्यरत नायव सुब्बा नरेन्द्र साउद र कार्यालय सहयोगी टीकाराम जोशी पक्राउ परे ।

त्यसको केही समयमै २० लाख ७० हजार घुस लिँदै गरेको अवस्थामा जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख केदार शर्मा, सब इञ्जिनीयर डण्डीराज पाण्डे, वीरेन्द्र सिंह बडाल, नवीनकुमार दुवे र लेखापाल केशवराज जोशी समेतका कर्मचारीहरू रंगेहात पक्राउ परे ।

घरको छानामाथि परेको विद्युत् लाइन कटाइदिने भन्दै सेवाग्राहीसँग ५ हजार घुस लिँदै गरेको अवस्थामा कञ्चनपुरको विद्युत् फ्युज सेवागड्डा चौकीका ज्यालादारी कर्मचारी हर्कबहादुर चन्द पक्राउ परे।

७ स्टिङ अपरेसनः ३ लाख सहित १० जना रंगेहात

​यस्तै अख्तियारको टोलीले आर्थिक वर्ष ०७५/०७६मा ७ स्टिङ अपरेसन गर्‍यो जहाँ सेवाग्राहीसँग २५ हजार रकम घुस भएको अवस्थामा कैलाली गाउँपालिका ४ स्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण (गहुँ) सुपरजोन परियोजना कार्यरत प्रमुख वरिष्ठ कृषि अधिकृत रामनन्दन यादवले पक्राउ परे । 

अर्को अपरेसनका क्रममा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीबाट १० हजार  घुस लिएका भजनी नगरवालीका १ स्थित शव डिभिजन वन कार्यालय भजनीका फरेस्टर हरिशचन्द्रकुमार रंगेहात समातिए । 

यस्तै ३० हजार घुस लिएको आरोपमा सब डिभिजन वन कार्यालय तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशी रंगेहात अख्तियारको फन्दामा परे । 

अर्कोपटक भारतको दिल्लीबाट टीकापुर भन्सार हुँदै सामान आयात गर्दै आएकोमा रितपूर्वक पूर्ण भन्सार कटाई आउँदा समेत भन्सार महसुलमा छुट गराई दिएको भनी १५ हजार घुस लिएका टीकापुर भन्सार कार्यालयका एजेन्ट सहयोगी रामबहादुर साउद र एक नायब सुब्बा पक्राउ परे । 

गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका नायवसुब्बा रामप्रसाद भट्टराई पनि १० हजार घुस लिएको आरोपमा पक्राउ परे । 

सेवाग्राहीबाट लिएको आरोपमा बेलौरी नगरपालिकाका सब–इञ्जिनीयर हृदयराज बजगाई रंगेहात अख्तियारको पञ्जामा परे । 

यस्तै निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको अन्तिम रनिङ बिल फरफारक गराएबापत २ लाख घुस लिएका भिमदत्त नगरपालिका १९ महेन्द्रनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रिस्मा ठगुन्ना रंगेहात अख्तियारको फन्दामा परे । 

१२ स्टिङ अपरेसन : १३ लाख घुससहित १८ जना रंगेहात  

चालु आर्थिक वर्ष ०७६/०७७ मा अख्तियार कञ्चनपुरको कार्यालयबाट १२ स्टिङ अपरेसन भए । त्यसमा लालपूर्जाको प्रतिलिपि बनाएबापत ८ हजार घुस लिएको अवस्थामा मालपोत कार्यालय टीकापुरका नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डे रंगेहात पक्राउ परे । 

यस्तै मारुती सुजुकी कार नामसारी गरिदिएबापत सेवाग्राहीबाट १ लाख ६६ हजार १ सय रकम घुस लिएको अवस्थामा यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत (सातौँ) भुवन जोशी र अधिकृत छैठौं जयराज कारिगर रंगेहात पक्राउ परे । 

त्यसपछि छूटपूर्जी सिफारिश सहज गराइदिए बापत रु. ३ लाख २६ हजार  घुस लिएको अवस्थामा सब–डिभिजन वन कार्यालय बीपीनगर डोटीका वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डि.सी पक्राउ परे । 

भारतबाट स्थानीय भजनी बजारमा व्यवसायीको मागबमोजिम मालसामान क्यारिङ गरी ल्याउने क्रममा शुल्क तिरिसकेपश्चात् पनि २० हजार घुस लिँदै गरेको अवस्थामा सशस्त्र सीमा सुरक्षा बल भजनी कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र रतिराम चौधरी रंगेहात समातिए । 

त्यसको केही समयमै ५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी जवान दीपक चौधरी रंगेहात समातिए । 

स्टिङ अपरेसनकै क्रममा भवन निर्माण गर्ने ठेक्का सम्झौताको रनिङ बिल र म्याद थप लगायतमा काम गरिदिएबापत रु. २ लाख ५० हजार घुस लिएको अवस्थामा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इञ्जिनीयर त्रिलोक जोशी रंगेहात अख्तियारको नियन्त्रणमा परे ।

जग्गाको नामसारी गरिदिने भन्दै सेवाग्राहीबाट १ लाख ५० हजार घुससहित मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत खरिदार ललिता रोकाया रंगेहात पक्राउ परिन् ।

जे.सी.बी. र ट्याक्टर नियन्त्रणमा लिएर १ लाख ६० हजार घुस लिएको अवस्थामा कञ्चनपुरको सिद्धनाथ सामुदायिक वनका अध्यक्ष कुबेरसिंह थापा र कोषाध्यक्ष प्रेमबहादुर सिंह रंगेहात पक्राउ परे । 

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजना कार्यको सम्झौता गर्न   १ लाख घुस मागेको भन्ने सूचनाको आधारमा अपरेसनमा जाँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्ट रंगेहात पक्राउ परे । 

झुट्टा जाहेरी दर्ता गरी थुनामा राखेर पटक–पटक गरी ५० हजार घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्की र कानून व्यवसायी हिमालय विक्रम विष्ट रंगेहात समातिए ।

त्यस्तै राइजिङ स्टार तालिम केन्द्र र मोहन्याल एजुकेसन एण्ड टेक्निकल इन्स्टिच्युट प्रा.लि. नामक संस्थाले जोशीपुर गाउँपालिका कैलालीबाट सिलाइकटाइ, सैलुन र चुरा बनाउने तालिमहरू दिई तालिम सफलतापूर्वक सम्पन्न गरेपश्चात् सञ्चालन गरेबापतको रकम चेकबाट भुक्तानी लिने क्रममा ना.सु. सिद्धराज जोशीले डराइधम्क्याइ रु. ८५ हजार घुस माग गरेको भन्दै उजुरी परेपछि त्यहाँ खटिएको टोलीले नगद सहित जोशीपुर गाउँपालिकाका नायव सुब्बा (सूचना अधिकारी) सिद्धराज जोशीलाई पक्राउ गर्‍यो ।

तीन महिनामा २ स्टिङ अपरेसन : १ लाख घुससहित ३ जना रंगेहात

​चालु आर्थिक वर्षको हालसम्म अख्तियारको कार्यालयले दुईपटक स्टिङ अपरेसन गरेको छ । 

घोडथर–सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात् पनि उक्त सडकको इस्टिमेट, नापजाँच र मूल्यांकनलगायतका काम गरिदिएबापत रु. २० हजार माग गरेको सूचना पाएपछि खटिएको टोलीले नगदसहित चुरे गाउँपालिकाका सब–इञ्जिनीयर चन्द्रदेव भट्ट पक्राउ परे ।

काठ चोरी निकासी गर्दा पक्राउ परेका गोदावरी न.पा. ९ बस्ने रामबहादुर रानाको मुद्दा कमजोर गराउने भन्दै ८० हजार घुस माग गरेको भन्ने सूचना पाएपछि खटिएको टोलीले शव–डिभिजन वन कार्यालय तारानगर, कैलालीका रेञ्जर रामअवतार चौधरी र सीताराम सामुदायिक वनका अध्यक्ष रामप्रसाद राना रंगेहात पक्राउ परे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x