×

NIC ASIA

पत्र पठाउनै आलटाल

ओम्नी प्रकरण: अख्तियारलाई पठाउनुपर्ने पत्र लेखामै अड्कियो, ‘हुँदै नभएका’ सभापति कुर्दै सचिव !

पुस २३, २०७७

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्षसहित छानबिन गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेपनि निर्णयानुसार पत्र पठाउन ढिलाइ भएको पाइएको छ ।

Muktinath Bank

सभापति भरतकुमार शाहको कार्यव्यस्तताका कारण पत्र पठाउन नसकिएको समिति सचिव डा. रोजनाथ पाण्डेको दाबी छ । तर सभापति शाह भने समितिले निर्णय गरिसकेकाले पत्र पठाउन आफू नचाहिने जिकिर गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरले फोन सम्पर्क गर्दा गृह जिल्ला रुपन्देहीको विरोध सभामा रहेको बताएका शाहले पत्र पठाउने काम सचिवको भएको बताए ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभा विघटन हुनुभन्दा २ दिनअघि पुस ३ गते बसेको समिति बैठकले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको थियो । 

Vianet communication

बैठकले खरिद प्रक्रियामा भएको अनियमितता छानबिन तथा दोषीमाथि कारवाहीका लागि अख्तियारलाई लेखी पठाउने निर्णय गरेको थियो ।

निर्णय भएको २० दिन बितिसक्दा पनि समितिबाट अख्तियारलाई पत्र पठाइएको छैन ।

‘आकस्मिक रूपमा सभापतिज्यू भैरहवा जानुभएकाले पत्र नपठाइएको हो, २५ गते उहाँ आउनुभएपश्चात हामीले त्यो पत्र अख्तियारमा पठाउँछौं,’ सचिव डा. पाण्डेले भने ।

डा. पाण्डेले यसो भनेपनि प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा अहिले सभापतिको कानूनी हैसियत छैन ।

प्रतिनिधि सभा सदस्य नै नरहेको अवस्थामा समिति सभापति रहिरहने कुरा नहुने र अब उनले हस्ताक्षर गर्न पनि नमिल्ने संसद् सचिवालयका एक अधिकारी बताउँछन् । 

'हुँदै नभएको सभापति कुरेर बस्ने कुरा उचित होइन, समितिको निर्णयको कपिमा हस्ताक्षर होला नि, निर्णयको कपि समेत राखेर समिति सचिवले पत्र पठाउनुपर्ने हो,' उनले भने ।

प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले निर्णयविरुद्ध अन्तरिम आदेश जारी नगरेकाले अहिले प्रतिनिधि सभा विघटनकै अवस्थामा छ ।  

समिति सचिव डा. पाण्डेको तर्क भने अर्कै छ । पुरानो निर्णय भएकाले तत्कालीन सभापतिले हस्ताक्षर गर्दा फरक नपर्ने उनको जिकिर छ ।

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समेतको उपस्थितिमा समितिको बैठक बसेको थियो ।

सो बैठकमा मन्त्री ढकालले महामारीको समय र स्वास्थ्य सामग्रीको हाहाकार भएका बेलामा हतारमा सामान ल्याउनुपरेको भन्दै अनियमितता लुकाउने प्रयास गरेका थिए । 

के भन्छन् शाह ? 

समितिका तत्कालीन सभापति शाह आफू काम विशेषले भैरहवा जानुपरेको बताउँछन् ।

उनले आफू पार्टीको कार्यक्रम तथा विरोध सभामा व्यस्त भएकाले काठमाडौं आउन नसकेको लोकान्तरसँग बताए ।

उनले भने, ‘विरोध कार्यक्रममा सहभागी भइरहेको छु, काठमाडौं केही समयपछि मात्र आउँछु ।’ 

निर्णय भइसकेपछि पत्र पठाउन आफू नचाहिने भन्दै उनले आफ्ना कारण यसमा ढिलाइ नभएको जिकिर गरे ।

लोकान्तरसँग उनले भने, ‘मैले निर्णय गराउने काम त बैठकबाट गराएँ, अब पत्र पठाउने काम त कार्यालयले गर्छ नि !’

उनले सचिवलाई पत्र पठाउने अख्तियारी रहेको भन्दै भइसकेको निर्णय प्रमाणित गरेर पत्र पठाउने काम सचिवले गर्नुपर्ने बताए ।

हेर्नुहोस्, समितिको दुई बुँदे निर्णय :

के थियो प्रकरण ? 

कोरोनाभाइरस (कोभिड– १९) विश्वव्यापी महामारीका रूपमा फैलिएपछि गत चैत १२ गते सरकारले ओम्नी समूहसँग मास्क, स्यानिटाइजर, पीपीई, ग्लोभ्स लगायतका स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो ।

ओम्नीले चीनबाट ल्याएका ती सामग्रीहरू कमसल रहेको र मूल्य समेत अत्यधिक राखेको पाइएपछि अनियमितताको आशंकामा यसको चौतर्फी विरोध भएको थियो । पछि सरकारले ओम्नीसँगको खरिद सम्झौता रद्द गरेको थियो । 

अख्तियार भन्छ– ‘पत्र नआएपनि अनुसन्धान भइरहेको छ’ 

सार्वजनिक लेखा समितिको पत्र आइनपुगे पनि स्वास्थ्य सामग्री खरिद प्रकरणबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले प्राथमिकताका साथ स्वास्थ्य सामग्री खरिद अनियमितताबारे अनुसन्धान भइरहेको लोकान्तरलाई बताए ।

उनले भने, ‘सचिवज्यूको नेतृत्वमा स्वास्थ्य सामग्री खरिद प्रकरणको अनुसन्धान भइरहेको छ, यसबारे केही समयपछि प्रतिवेदन आउँछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x