ओलीमाथि थप ‘कारबाही’ को तयारीमा प्रचण्ड–नेपाल पक्ष, विष्णु पौडेलमाथि पनि कारबाही !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थप कारबाहीको तयारी थालेको छ । यसअघि नै एकपक्षीय रुपमा ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेको प्रच्ण्ड–नेपाल समूहले ओलीमाथि थप कारबाहीको तयारी थालेको छ ।

शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । सो पक्षले ओलीलाई नेकपाबाट साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारीअनुरुप स्पष्टीकरण सोधेको जनाएको छ । ओलीले देशलाई संवैधानिक र राजनीतिक रुपमा देशलाई जटिलता तर्फ मोडेको तथा पार्टी हित विपरितको गतिविधि गरेको रावलको भनाइ छ ।


Advertisement

बैठकले ओली समूहका महासचिव विष्णु पौडेलसमेतलाई कारबाही गर्ने निर्णय गरेको छ । पौडेलले समेत पार्टी हितविपरीत गतिविधि गरेकाले कारबाही गर्ने निर्णय भएको प्रचण्ड–नेपाल पक्षको दावी छ ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा विभाजित बनेको छ भने एक पक्षले अर्को पक्षलाई ‘कारबाही’ गर्ने क्रम बढेको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्