सिद्धार्थको ‘थ्यांक गड’मा अजय देवगन यमराज

सिद्धार्थ मल्होत्रा आगामी चलचित्र ‘थ्यांक गड’मा देखिँदैछन् । यसमा उनी शंकास्पद पतिको भूमिका निभाउन लागेका हुन् । 


Advertisement

चलचित्रमा रकुल प्रित सिंह उनकी पत्नीको भूमिकामा छिन् । 


Advertisement

यो कमेडी चलचित्र हो । यसमा केही एक्सन भने रकुल प्रित सिंहको हुनेछ, किनकि उनी यो चलचित्रमा प्रहरीको भूमिकामा छिन् । सिद्धार्थ भने बिजनेसम्यानको भूमिकामा देखिँदैछन् । 

कारोबारमा भएको नोक्सानीले उनी निराश हुन्छन् भने पत्नीलाई सफल देखेर उनी रिस मान्छन् । तर, उनकी पत्नीले भने उनलाई धेरै प्रेम गर्छिन् । 


Advertisement

चलचित्रको एक दृश्य अहिले महबूब स्टुडियोमा छायांकन भइरहेको छ । यहाँ १५–१६ दिन छायांकन गरिने छ । स्टुडियोमा स्वर्गलोकको सेट बनाइएको छ । जहाँ अजय देवगन यमराजको भूमिकामा छन् । अजयसँग पृथ्वीबाट मानिस आउँछन् र उनीहरूको पापपुण्यको लेखाजोखा अजयले गर्छन् । त्यो आधारमा स्वर्ग वा नर्क पठाउने तय गरिने छ । 

यस्तै दृश्य समेटेर चलचित्रको निर्माण थालिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्