×

NMB BANK
NIC ASIA

मानव शरीरमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य ६ वटा गुण हुन्छन् । भागवतमा व्यासजीले यसलाई षड् रिपु वा शत्रु भनेका छन् ।

Muktinath Bank

भागवत पञ्चमस्कन्धको जडभरत तथा रहुगण राजाबीचको संवादमा यसको सुन्दर विवेचन भएको छ । अनावश्यक कुरामा लागेर दुःख दिने अर्थमा शत्रु भनिएको हो तर यिनले प्रयोग गर्न नजान्दा मात्र दुःख दिने हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रयोग गर्न जानेको खण्डमा जीवन ऊर्जा बनेर उन्नति र प्रगतिमा सघाउने गर्छन् । त्यसैले यसलाई शत्रु भन्नुभन्दा गुण भन्नु उपयोगी देखिएको छ । यस आलेखमा यिनै ६ वटा गुणमध्ये मात्सर्यबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ ।


Advertisment
Nabil box
Kumari

मात्सर्यको सोझो अर्थ ईर्ष्या हो । यो पनि जीवन ऊर्जाकै अंग हो । यो सबैसँग हुन्छ । सँगै आएको छ, सँगै बसेको छ, सँगै जानेछ । यसलार्ई तपाईं चाहेर पनि हटाउन सक्नुहुन्न तर रूपान्तरण गर्न भने सक्नुहुन्छ । रूपान्तरण गर्न सिक्नुभयो भने सुख पाउनुहुनेछ । होइन भने दुःख पाउनु हुनेछ ।

Vianet communication
Laxmi Bank

अब प्रश्न उठ्न सक्छ रूपान्तरण गर्ने कसरी ? तर यो पनि खासै अप्ठ्यारो काम होइन । कसैको ईर्ष्या गर्नु दुरुपयोग हो । उसले गरेको कामको ईर्ष्या गर्नु सदुपयोग हो । रूपान्तरण भनेकै यही हो । ईर्ष्या गर्नुपर्छ । नगर्नुस् भन्ने होइन तर ईर्ष्या कुनै व्यक्तिको होइन, विषयको गर्नुपर्छ । अहिलेसम्म हामीले यसतर्फ ध्यान दिएका थिएनौं । त्यसैले दुःख पाएका थियौं । जब त्यस्तो बानी बसाउन थाल्छौं, स्वतः सुख पाउने छौं । अब आयो विषयप्रति ईर्ष्या गर्ने भनेको के हो र कसरी गर्ने भन्ने कुरा । आउनुस् केही व्यावहारिक उदाहरणबाट बुझ्ने प्रयास गरौं । 

मानिलिनुस् तपाईंलाई धनी, मानी वा ठूलो मानिस बन्न मन लागेको छ । पहिलो को जस्तो हुने निर्क्यौल गर्नुस् । पात्र जो पनि हुन सक्छ । खेलाडी पनि हुन सक्छ, पर्वतारोही पनि हुन सक्छ । उद्योगपति, व्यापारी पनि हुन सक्छ । साहित्यकार वा संगीतकार पनि हुन सक्छ । समाजसेवी वा बुद्धिजीवी पनि हुन सक्छ ।

मन्त्रालयको हाकिम पनि हुन सक्छ । मन्त्री वा कुनै नेता पनि हुनसक्छ । पहिले तपाईंको स्वभाव कस्तो छ, रुचि कस्तो छ । को जस्तो बन्दा उपयोगी हुन्छ त्यसबारे मनन गर्नुस् । आफ्नो रुचि अनुसारको पात्र छनोट गर्नुस् । 

अनि त्यस्तै बन्ने प्रयास गर्नुस् तर उनको ईर्ष्या चाहिँ नगर्नुस् । उनले गरेको कामको ईर्ष्या गर्न थाल्नुस् । यति गर्नुस् कि धेरै नै गर्नुहोस् । यो भनेको उनको उन्नति प्रगति देखेर जल्ने होइन । उनको काम हेरेर चल्ने हो, उनले गरेका काम र संघर्षको ईर्ष्या गर्ने हो । उनी माथि पुगेका छन् भने म किन सक्दिनँ भन्नुस् । उनले त्यहाँ पुग्न के–के गरे, के कस्तो संघर्ष गरे त्यसलाई पत्ता लगाउनुस् र आफैं पनि त्यस्तै गर्ने प्रयास गर्नुस् ।

काम ठूलो–सानो भन्ने हुँदैन । जुन कामबाट पनि चाहेको अवस्थामा पुग्न सकिन्छ । मानिलिनुस् तपाईं कृषक हुनुहुन्छ । तपाईंसँगैका अर्का कृषकले प्रगति गरेका छन् । तपाईंले गर्न सक्नुभएको छैन । हुन सक्छ तपाईं व्यापारी हुनुहुन्छ । अथवा उद्योगपति पनि हुन सक्नुहुन्छ । अरुको प्रगति भएको छ । तपाईंको भएको छैन । त्यतिबेला के गर्नुहुन्छ ? खुइय गर्नुहुन्छ । छट्पटिनुहुन्छ । यही होइन ? ठीक छ त्यतिसम्म गर्र्नुस् तर उसको ईर्ष्या चाहिँ नगर्नुस् । उसले गरेको काम र तरिकाको गर्नुस् । एकदिन तपाईं पनि अवश्य त्यहाँ पुग्न सक्नुहुन्छ ।

हरेक क्षेत्रमा यही नियम लागू हुन्छ । जबसम्म तपाईं व्यक्तिको ईर्ष्या गर्नुहुन्छ केही पनि गर्न सक्नुहुन्न तर व्यक्ति छाडेर उसले गरेको कामको ईर्ष्या गर्न थाल्नुहुन्छ, त्यसपछि एउटा स्वस्थ प्रतिस्पर्धाको सिलसिला शुरू हुन्छ । तपाईंको पनि प्रगति हुन्छ । तपाईंले ईर्ष्या गर्नुभएको व्यक्तिको पनि हुन थाल्छ । तपाईंले उनको कामको ईर्ष्या गर्नुभयो, उनले तपाईंको कामको ईर्ष्या गरे । फलतः दुवैको उन्नति र प्रगति भयो । 

यही नै ईर्ष्या ऊर्जा रूपान्तरणको चमत्कार हो । अनि यही नै व्यासजीले भनेको मात्सर्य नामक शत्रुलाई गुणमा परिणत गरेर सुख पाउने तरिका हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x