×

NMB BANK
NIC ASIA

स्वदेशमा अवसर नपाउनुको पीडा

कोरोना महामारी भुलेर गाउँ छाड्दै 'लाहुरे', गर्जो टार्न लालाबाला च्यापेर भारततिर !

साउन १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको कैलारी गाउँपालिका–२ का विन्दु चौधरी धान रोपाइँ सकिएलगत्तै भारतको हिमाञ्चल प्रदेशस्थित सिमला हिँडे ।

Muktinath Bank

कोरोना महामारीले जारी गरिएको लामो लकडाउनले बेरोजगार बनेका उनी धान रोपाइँपछि घरको गर्ज टार्न मुस्किल भएको भन्दै सिमलामा स्याउ टिप्न गएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मात्रै होइनन्, दर्जनौं युवा रोपाइँ सकिनेबित्तिकै स्याउ टिप्न सिमला गएका स्थानीय प्रितिमा चौधरी बताउँछिन् । धान रोपाइँसम्म जसोतसो घरपरिवारको गुजारा चलाएका उनीहरू धानबाली तयार नहुँदासम्मको लागि भारत गएका छन् ।


Advertisment
Nabil box
Kumari

जेठभन्दा असारमा कोरोना संक्रमण घटेपछि र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदा भारत पस्नेहरूको ओइरो लागेको छ तर कोरोना महामारीको जोखिम सबैतिर व्याप्त छ ।

Vianet communication
Laxmi Bank

बेरोजगार भइ गाउँघरमै थुनुवा जस्तै बनेका सुदूरपश्चिमका बेरोजगार हजारौं युवाहरू निषेधाज्ञा खुकुलो भएसँगै रोजगारी खोज्न आफ्ना लालाबालासहित भारत पसिरहेका छन् ।

कञ्चनपुरको गौरीफन्टा नाका हुँदै भारतको दिल्ली जाँदै गरेका कञ्चनपुरका ललित भट्टले भने, ‘घर परिवार छाडेर परदेश जानु कसैको रहर होइन । महामारीको जोखिम, नजिकिएका चाडपर्व मनाउन नपाउनु, घरपरिवारसँग नबसी टाढा जानुपर्ने बाध्यता हो । रोगभन्दा भोकको चिन्ता छ ।’

कञ्चनपुरको महेन्द्रनगरका ललित भट्ट र जंगबहादुर धामी गौरीफन्टा नाका हुँदै सोमवार दिल्लीका लागि हिँडेका छन् । भट्ट र धामी पहिल्यैदेखि दिल्लीमा रोजगाररत छन् ।

भारतमा कोरोना महामारीले विकराल रूप लिएपछि उनी केही महिनाअघि स्वदेश फर्किएका थिए तर महामारीको प्रभाव केही कम हुँदै गएपछि पुनः भारत फर्किन लागेको उनीहरूले बताएका छन् ।

कोरोना महामारीको पहिलो लहर २०७७ वैशाखदेखि शुरू भएको थियो । पहिलो लहरले भारतमा विकराल रूप लिएपछि लाखौं नेपालीहरू फर्किएका थिए । तर बिस्तारै महामारीको प्रभाव घटेपछि स्वदेश फर्किएकाहरू पुनः भारत गए । दोस्रो लहरको प्रभाव पुनः २०७८ वैशाखदेखि बढेपछि नेपालीहरू भारतबाट फर्किए ।

तर हाल महामारीको प्रभाव सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा घटे पनि जोखिम उत्तिकै छ । रोजगारीका लागि जाने ठाउँ भारतमा पनि उत्तिकै जोखिम छ।  

रोजगारीको अवसर स्वदेशमा नहुँदा महामारीबीच नेपालीहरू धमाधम भारत जान थालेका छन् । सीमा नाकामा ओइरो लाग्ने गरेको छ ।

सुदूरपश्चिमबाट कञ्चनपुरको गड्डाचौकी र त्रिनगर गौरीफन्टा नाकामा भारत पस्नेको ओइरो लाग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार ती २ नाका भएर दैनिक १२ सयदेखि २ हजारसम्मले स्वदेश छोडिरहेका छन् भने ३ सयदेखि ५ सय जना नेपाल फर्किरहेका प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

तेस्रो लहरको चेतावनी

सुदूरपश्चिममा केही हप्ता संक्रमण घटेको देखिए पनि जोखिम उत्तिकै रहेको चिकित्सकले बताएका छन् ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले असारमा संक्रमणको प्रभाव केही कम देखिए पनि साउनमा पुनः संक्रमणको ग्राफ उकालो लागिरहेको बताए ।

महामारीको तेस्रो लहर आउन सक्ने भएकाले बेरोजगारी समस्या र महामारी नियन्त्रण गर्न सरकारले ठोस कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

निष्प्रभावी प्रदेश सरकारका योजना

प्रदेश सरकारले महामारीबाट प्रभावितलाई लक्षित गरी स्वरोजगारमूलक कार्यक्रम ल्याएको थियो तर कार्यक्रमप्रति बेरोजगार युवाहरू आकर्षित हुन नसकेको पाइएको छ ।

तर गत आर्थिक वर्षमा प्रदेश सरकारले महामारीबाट प्रभावित तथा विदेशबाट फर्किएका ५ हजार युवालाई कृषि तथा पशुपालनका लागि प्रति युवा अधिकतम ६० हजार रुपैयाँसम्म स्वरोजगारका लागि अनुदान दिइएको भनेर नीति तथा कार्यक्रममा उपलब्धिको रूपमा उल्लेख गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x