×

NMB BANK
NIC ASIA

नारद पोखरेलको उपन्यास 'प्रतिघात' विमोचित

साउन २४, २०७८

NTC
Premier Steels

लेखक नारद पोखरेलको उपन्यास 'प्रतिघात' विमोचन गरिएको छ ।

Muktinath Bank

शुक्रबार काठमाडौंमा रहेको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गर्दै उपन्यासको लोकार्पण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्रष्टा समाजले आयोजना गरेको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । कार्यक्रममा उप्रेतीले पुस्तकको केही अंश पढेको र निकै रोचक लागेको बताए । उनले भने, 'पुस्तकले युवापुस्ताले देख्ने सपना किन साकार हुन्न भन्ने पक्षलाई राम्रोसँग जोडेको छ ।'


Advertisment
Nabil box
Kumari

लेखक पोखरेलका अनुसार यस पुस्तकमा केही समय अगाडिको नेपालको राजनीतिक तथा सामाजिक अवस्थाबारे चित्रण गरिएको छ । पुस्तकमा पोखरेलले केही आफ्ना अनुभव तथा भोगाइलाई पनि समेटेका छन् । उपन्यासको मुख्य पात्र भने पोखरेलले आफ्नो साथीलाई बनाएका छन् ।

Vianet communication

यसअघि दुई पुस्तक सार्वजनिक गरिसकेका लेखक पोखरेलले लामो समयदेखि पुस्तक लेख्ने फुर्सद पाएका थिएनन् । कोरोनाका कारण घरमा थुनिएर बस्नुपर्दा यो उपन्यास तयार भएको उनको भनाइ छ ।

उनले भने, 'लकडाउन भएको केही समय त सिनेमाहरू हेरेर बसियो । पछि त आफैँ छटपटी भयो । छटपटीलाई ठीक गर्न लेख्न थालेको त्यहीँ अहिले उपन्यासको रूपमा तयार भयो ।'

कार्यक्रममा समालोचकहरूले पनि पुस्तकले अघिल्लो पुस्तामा भएका घटनाक्रम र राजनीतिक पक्षलाई राम्रो शैलीमा विश्लेषण गरेको बताए ।

लेखकका भाइ भेषराज पोखरेलले नारद आफ्नोष परिवारको जेठो लेखकरहेको बताए । उनले भने, 'नारद दाइले सानो उमेरदेखि नै साहित्यमा रूचि राख्नुहुन्थ्यो । सानो उमेरदेखि नै उहाँ लेखनमा सक्रिय हुनुहुन्थ्यो । बीचमा केही समय हराए पनि अब पुन: उहाँको आगमन भएको छ । यो खुसीको कुरा हो ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x