कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमाले कमजोर हुनु र बिग्रिनुको मुख्य चार कारण औंल्याएकी छन् ।
एमालेको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले विचारबाट विचलित भएको, गुटबन्दी गरेको, जनमतको कदर नगरेको, पार्टी नेतृत्व र कार्यकर्तामा रूपान्तरण नआएको तथा गालीगलौजको संस्कार अपनाएकाले एमाले कमजोर र विभक्त भएको बताएकी हुन् ।
एमालेको नवौं महाधिवेशनपछि व्यवस्थित र विस्तृत प्रशिक्षण कार्यक्रम कहिल्यै आयोजना नभएको र त्यसले नेता तथा कार्यकर्तालाई विचारविहीन बनाउन सहयोग गरेको उनले उल्लेख गरिन् ।
‘हामी विचारबाट विचलित भयौं । व्यवस्थित खालको प्रशिक्षण नवौं महाधिवेशनपछि गर्नै सकेनौं । यसैले एमालेलाई कमजोर बनाउँदै लग्यो ।’
पार्टीभित्र भएको गुटबन्दीका कारण पनि एमाले कमजोर भएको विश्लेषण शाक्यको छ । ‘नवौं महाधिवेशनबाटै गुटबन्दी शुरू भएको थियो । प्रशिक्षण नभएपछि विचार भएन । विचार नभएपछि गुट जन्मिदोरहेछ । एमालेमा प्यानल बनाएर चुनाव नगरौं । क्षमता, योग्यता, कामको मूल्यांकन गरेर नेतृत्व चयन गर्ने परिस्थिति बनाउनेतर्फ लागौं’, शाक्यले भनिन् ।
एमाले कमजोर हुनुको अर्को कारण जनमतको कदर गर्न नसक्नु रहेको उनले बताइन् । ‘जनताले हामीलाई दुईतिहाइ नजिकको मत दिए । जनताले माया गरे । सरकारमा पुर्याए । तर जनमतको कदर गर्नै सकेनौं । जनताको भावनाको सम्मान गर्न सकेनौं । जनतालाई जे पर्छ, परोस् भन्ने सोच्यौं । अब स्थानीय तहको निर्वाचन आइसक्यो, त्यतिबेला जनतालाई के भन्छौं ?’, शाक्यले प्रश्न गरिन् ।
राजनीतिक नेतृत्वले गालीगलौजको संस्कार अपनाएकाले पनि एमाले कमजोर भएको उनले उल्लेख गरिन् । ‘हामी गालीगलौजको राजनीतिमा गर्छौं र त्यसलाई ढाकछोप गर्ने प्रयत्न गर्छौं । यसले हामीलाई कमजोर बनाउँदै लगेको छ । त्यसलाई सच्याउन आवश्यक छ’, शाक्यले भनिन् ।
एमालेका नेता तथा कार्यकर्ता रूपान्तरण हुन नसक्दा एमाले कमजोर हुँदै गएको उनको विश्लेषण छ । ‘रुपान्तरित हुने कि नहुने ? तलदेखि माथिसम्म, माथिदेखि तलसम्म रुपान्तरित हुने कि नहुने ? त्यही सामन्ती सोच र धङधङी बोकेर हिँड्ने हो भने कम्युनिस्ट पार्टी लिएर हिँड्न सक्दैनौं’, उनले भनिन् ।
एमालेलाई वैचारिक ढंगले सुदृढ बनाएर अघि बढ्नका लागि विगतलाई निर्मम समीक्षा गर्ने आँट नेतृत्वले गर्नुपर्ने उनले बताइन ।
पार्टीलाई सुधार्नका लागि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन–१२ अक्षरश पालना हुनुपर्ने उनले बताइन् ।
‘पार्टीलाई सम्पूर्ण रूपमा जेठ २ मा फर्काउनुपर्छ । त्यसेबला फर्कँदा जसको नेतृत्व हुन्छ, उसलाई कायम गरौं । कम्प्युनिस्टहरूको हृदय फराकिलो हुन्छ । भनिन्छ, नेतृत्वले फराकिलो हृदय बनाएर पार्टीलाई सुदृढ बनाउन लाग्नुपर्छ’, शाक्यले भनिन् ।
नेकपाबाट एमाले र माओवादी केन्द्र छुट्टिएपछि एमालेभित्र रहन नपाएको भन्दै उनले गुनासो पोखिन् । ‘आफैँले बनाएको घरभित्र प्रवेश पाइएन । लामो समय बाहिर बस्नुपर्यो । नेकपा एमाले हुन सकेनौं । पार्टीबाहिर बस्नुपर्यो । बल्ल अहिले एमालेभित्र रहन पाएका छौं’, उनले भनिन् ।
शाक्यले माधव नेपालले पार्टी विभाजन गरेर राम्रो नगरेको पनि बताइन् । ‘माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फूटको होइन एकजुट राजनीतिको आवश्यकता छ । माधव नेपाल हाम्रो अग्रज हो । नेता हो । आफ्नो जीवन दिएको पार्टीलाई चटक्क छाडेर नयाँ आन्दोलन सिर्जना गर्छु भन्ने कुरा ठीक हुन सक्दैन’, उनले भनिन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...