बैशाख ७, २०७९
अर्जुनमोहन भट्टराई केही दिनअघि तरकारी बजार कालिमाटीमा मोटरसाइकल लिएर तरकारी किन्न गए । खास मनपर्ने हरियो तरकारी नभेटेपछि एक मुठा साग किने । मोटरसाइकल स्टार्ट गर्न लाग्दा पार्किङ शुल्क उठाउन ...
अहिले बजारमा पाते ढिडोको निकै चर्चा छ । राजधानीभन्दा पनि राजधानीबाहिर पाते ढिडोको बजार चर्केको छ ।
राजमार्गमा चामलको भातको भन्दा ढिडोको राम्रो व्यापार छ । सुगर, प्रेसरका रोगी बढेका कारण पनि चामलको भातको माग घट्दै गएको हो ।
रोटी बनाउन झन्झट भएका कारण अहिले जेको पनि ढिडो पाक्न थालेको छ ।
गहुँ, मकै, फापर, कोदो जेको पनि ढिडो उपलब्ध हुन्छ अहिले । त्यसमा पनि लोकल कुखुराको मासु, खसीको मासु, फर्सीको मुन्टा या सिजनल हरियोपरियो साग, टठिलो खालको अचार, सलाद र खारेको घ्यू हुना साथ ढिडोको स्वाद सुनमा सुगन्ध भइहाल्छ ।
ग्राहकको अर्डरअनुसार तुरुन्त तयार गर्ने हुँदा झन् जाडोमा त धेरै माग हुन्छ ।
चामलको भातलाई विस्थापित गर्दै ढिडो पकाएर खुवाउने व्यवसाय दिनानुदिन बढ्दैछ । नवलपरासी जिल्ला आसपासमै २०० भन्दा ज्यादा ढिडो खुवाउने होटल खुलेका छन् ।
चितवन होस् या अमलेखगञ्जको २ नम्बर पुल, मुल्कोट होस् या खुर्कोट सबैतिर ढिडो पाक्न थालेको छ । पहिला–पहिला हेपिएको खाना ढिडो अहिले सबैको ओखती साबित भएको छ ।
छाप्रोदेखि स्तरीय रेस्टुरेन्टको मेनुमा समेत ढिडोको परिकार समावेश गर्न थालिएको छ । ढिडोको पानी बसालेर ग्राहक कुर्ने सानातिना होटेल पनि जहीतहीँ खुलेका छन् ।
ढिडोको माग बढ्दै गर्दा पहाडी गाउँघरमा फलेको कोदो फापरले पनि राम्रो भाउ पाउन थालेको छ । कोदो, फापर र मकैगाई भैंसीलाई खुवाएर चामल किनिखानेले पनि अहिले ढिडोको महत्त्व बुझ्न थालेका छन् ।
के हो पाते ढिडो ? कसरी बन्छ ?
पाते ढिडो अहिले धेरै चर्चामा छ । हुन त नयाँ व्यवसायीले मार्केट जमाउन पनि यस्तो रणनीति अपनाएर होटल चलाएको हुनसक्छ तर पाते ढिडोलाई धेरैले मन पराएका छन् । पाते ढिडो बनाउँदा मकै र फापरको पिठो मिसाएर हुडालिन्छ र पाक्दा सुन जस्तो पहेलो देखिन्छ । पस्कँदा यो ढिडोलाई काठको दाबिलोले लाम्चो आकारमा चोइला निकाली पात आकार दिने गरिछ, जुन निकै आकर्षक देखिन्छ ।
यसरी तयार गरेर पस्केको पात आकारको ढिडोलाई घेर्न भने आ–आफ्नो होटलको रेसेपी अनुसार मासु, तरकारी, अचार, सलाद र ढिडोको चाक्लोमाथि खारेको लोकल घ्यू हाल्ने चलन छ । अहिले धेरैले अर्डर गर्ने भनेको पाते ढिडो नै हो र कतिले त आफ्नो होटलको नाम नै पाते ढिडो राखेर चलाएका छन् ।
अर्जुनमोहन भट्टराई केही दिनअघि तरकारी बजार कालिमाटीमा मोटरसाइकल लिएर तरकारी किन्न गए । खास मनपर्ने हरियो तरकारी नभेटेपछि एक मुठा साग किने । मोटरसाइकल स्टार्ट गर्न लाग्दा पार्किङ शुल्क उठाउन ...
नेपालको रैथाने परिकार भिनाजु बन्छ कसरी भन्ने जिज्ञासा धेरैमा रहन्छ । कतिलाई त यो पनि थाहा छैन कि पाकेको कटहरको बीचको भेट्नोको नाम नै भिनाजु हो भनेर पनि । भिनाजु भन्ने शब्द आफैंमा सम्मानित छ । ससुर...
कुनै समय त्यस्तो थियो सबै खानाका परिकार माटोका भाँडामा पाक्थ्यो । आधुनिकतासँगै यो हाम्रो समाजबाट लोभ हुँदै गएको थियो तर पछिल्लो समय मटिया परिकार फेरि चर्चित र लोकप्रिय हुँदै गयो । पछिल्लो समय माटोक...
पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या ...
हप्तैपिच्छे इन्धनको मूल्य बढ्दा नेपालले पेट्रोलियम पदार्थ किन्न धौधौ पर्न थालेको छ । इन्धन खपत कम गर्नकै लागि जोरबिजोर लागू गर्नेदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव सरकारी निकायबाट आएको छ । नेपा...
बर्दियाको बँदेल सबैको प्रिय परिकार मानिन्छ । बर्दियाको बँदेलको स्वाद नै फरक हुने हुँदा धेरैको रोजाइमा पर्छ । राणा तथा राजकीय भोजनमा बँदेल नहुँदा अधुरो मानिने हुँदा अनिवार्य रूपमा समावेश गरिएको हुन्छ । ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...