जेठ १५, २०७९
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...
कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-४ का ५३ वर्षीय रामदास डंगौराको आइतवार मृत्यु भएको हो ।
वडा नम्बर ४ का वडाध्यक्ष भिखराम चौधरीका अनुसार उनी आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाइसकेपछि हिँडेरै घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
स्वास्थ्य चौकीका अनुसार उनको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।
मृतक डंगौराको घर र स्वास्थ्य चौकीबीचको दूरी करीब ५ सय मिटर मात्रै रहेको बताइएको छ । उनी हिँडेर स्वास्थ्य चौकी पुगेका थिए । स्वास्थ्य चौकी पुग्दा उनको स्वास्थ्य अवस्थामा पनि सामान्य रहेको आधारभूत स्वास्थ्य चौकी प्रमख रमेश रोकायाले बताए ।
डंगौराले खोपको पहिलो मात्र गत मंसिर १३ गते लगाएका थिए ।
मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । मृतकका आफन्त, स्वास्थ्य चौकी, स्थानीय प्रशासनबीच अहिले छलफल भइरहेको छ ।
कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले घटना र खोपबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइसकेको जानकारी पनि दिएका छन् । तर, अहिले नै खोपकै कारण अप्रिय घटना घटेको भन्न नमिल्ने सापकोटाको भनाइ छ ।
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन नै रहेको बताएका छन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको उनले बताए । मुस्ताङको आकाशमा आएर...
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मुलुकको विकासको काममा अल्पविराम लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देशमार्फत ओलीले यस्तो चिन्ता देखाएका हुन् ।...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् । नेपालको राज...
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । ९:५५ मा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर उडेको विमान १०:०७ देखि सम्पर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकार...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ । चालू आर्थिक वर्ष २०७८–७९ मा अघिल्लो आर्थिक ...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...