×

NMB BANK
NIC ASIA

प्रेरणादायी संघर्ष

पोलियोले रोक्न नसकेको ऊर्जा : एक प्रेरणादायी पठाओ राइडरको कथा [भिडियो स्टोरी]

माघ १५, २०७८

NTC
Premier Steels

धादिङमा जन्मिएका बेग तामाङ परिवारका माइला सन्तान हुन् । उनी ९ महिनाको हुँदा खुट्टामा समस्या देखियो । खुट्टा आफैँ सुक्दै जान थाल्यो । 

Muktinath Bank

गाउँघरमा त्यतिबेला अस्पताल लैजाने चलन थिएन । उनको परिवार पनि झारफुक गराउनतिर लाग्यो । तर, रोग झारफुकबाट ठीक हुने कुरै भएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवारले पछि मात्र थाहा पाए, बेगलाई पोलियो भएको रहेछ । रोग पहिचान हुँदा उपचारका लागि धेरै ढिला भइसकेको थियो ।


Advertisment
Nabil box
Kumari

बेग १३ वर्षको हुँदा अस्पताल लगियो । पूर्ण रूपमा निको हुन सम्भव नभए पनि उनले चिकित्सकको सल्लाहमा थेरापी र दैनिक व्यायाम गर्न थाले । लट्ठीको सहारामा सामान्य हिँडडुल पनि गरे ।

Vianet communication

उनी आधा घण्टाको बाटो घस्रिँदै विद्यालयसम्म पुग्न थाले । यसैगरी ४ कक्षासम्म गाउँमै अध्ययन गरे । त्यसपछि फुपूले उनलाई ललितपुरको पाटन ल्याएर कक्षा ५ मा भर्ना गराइदिइन् ।

फुपूले नै होस्टेलको समेत व्यवस्था मिलाइदिइन् । ललितपुरबाट उनले प्लस टुसम्मको अध्ययन पूरा गरे । त्यसपछि उनलाई आफैंले केही गर्नुपर्छ भन्ने लाग्यो ।

होस्टेल छाडेर जागिरका लागि धेरै ठाउँ धाए, तर अपांगताका कारण जागिर मिलेन । 'रोजगारदाताले मागेअनुसारका सबै कुरा पूरा हुँदा पनि अपांगताकै कारण मलाई जागिर दिइएन । धेरै ठाउँमा मलाई रिजेक्ट गरियो,' तामाङले निराश हुँदै सुनाए ।

धेरै ठाउँ भौँतारिएपछि उनले अनलाइन डेटा इन्ट्रीको जागिर भेटे । बिहान-बेलुका जागिर र दिउँसो पढाइलाई अगाडि बढाउन थाले । यसैगरी उनको दैनिकी केही समय चल्यो । 

अनि बने पठाओ राइडर

यसबीचमा यात्रामा सहजताका लागि उनले दु:ख गरेर अपांगमैत्री चारपांग्रे स्कूटर किनेका थिए ।

साथीभाइले उनलाई सोही स्कूटर चलाएर पठाओ राइडरको काम गर्न सकिने सुझाव दिए ।

'पठाओ राइड गर्दा कसैको अन्डरमा बस्नु नपर्ने, स्वतन्त्ररूपले पैसा कमाउन सकिने हुनाले राम्रो लागेर यसमा आबद्ध भएँ,' तामाङले आफ्नो करीयरको टर्निङ पोइन्टबारे खुलाए ।

उनको पठाओ राइडिङ पनि सोचेजस्तो सहजरूपमा शुरू भएन ।

'काम शुरू गरेको पहिलो दिनमै ग्राहकले मलाई रिजेक्ट गरिदिनुभयो,' उनले सुनाए, 'अनलाइन बूकिङ भएको लोकेसनमा पुगेपछि मेरो शारीरिक अवस्था र अपांगता भएका व्यक्तिले चलाउने स्कूटर देखेर यात्रुले चढ्न अस्वीकार गर्नुभयो । मन नै अमिलो भयो ।'

उक्त प्रकरणबाट निकै दु:खी भएका उनी एक सातासम्म फोन स्वीच अफ घरमै बसे ।

यसबीचमा पनि साथीभाइले उनलाई निकै हौसला दिए । 

सोही हौसलाले पुन: काममा फर्किएका बेगसँग अहिले तीतामीठा अनुभवका कैयन क्षण छन् ।

एकपटक सानेपाबाट ठमेलसम्म जाँदा ग्राहकले दिएको हौसलाले उनलाई आज पनि ऊर्जा मिल्छ ।

'तपाईंजस्तो मान्छे यो समाजको उदाहारण हुनुहुन्छ । हामीसँग भगवानले दिएको सबैथोक हुँदा पनि केही गर्न सकेका छैनौं, तर तपाईं त खुट्टा नचल्ने हुदाँ पनि आफैँ काम गरेर खानुभएको छ भनेर मलाई धेरै हौसला दिनुभएको थियो । त्यो पल सम्झिँदा अझै पनि ऊर्जा मिल्छ,' उनले खुशी हुँदै सुनाए ।

आम्दानीको २० प्रतिशत पठाओलाई बुझाउनुपर्ने, पेट्रोल, इन्टरनेट, फोन कल सबै खर्च कटाएर दिनमा एक हजारसम्म कमाउने गरेको उनले बताए ।

कतिपय ग्राहकले अझै पनि बेगको अवस्था देखेर मुख खुम्च्याउँछन्, तर ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन आफू सक्षम रहेको उनको भनाइ छ ।

अहिलेसम्म उनले यो जिम्मेवारी सुरक्षित रूपमा पूरा गरिरहेकै छन् । 

प्रेम अनि विवाह

सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा एक युवतीसँग उनको कुराकानी हुन थाल्यो ।

कुराकानीकै क्रममा उनीहरू एकअर्कासँग नजिकिइसकेका थिए । 

बेगले आफ्नो अवस्थाबारे सबै कुरा बताइदिए ।

प्रेमिकाले आफ्नो अवस्थालाई सहर्ष स्वीकार्दा उनमा खुशीको कुनै ठेगान नै रहेन ।

अहिले उनीहरू विवाहबन्धनमा बाँधिएका छन् ।

'अहिले हामी खुशीसाथ दाम्पत्य जीवनमा बाँधिएका छौं । अब श्रीमतीलाई लोकसेवाको परीक्षा दिन लागाउने योजना छ,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x