×

NMB BANK
NIC ASIA

गौर हत्याकाण्ड दोहोर्‍याउने धङधङी : कमजोर फौजदारी न्याय व्यवस्थाको आँखीझ्याल

माघ १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel
  • ऋतिक यादव/ सुजन अधिकारी

माघ ५ गते बलिदानी दिवस मनाउन मधेश प्रदेशको गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिइन् । सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै ‘गौर राइस मिल काण्ड’को इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएको देखिन्छ ।

Muktinath Bank

मन्त्री यादवको अभिव्यक्तिको सन्दर्भलाई लिएर उनको राजीनामा र बर्खास्तीको माग सर्वत्र उठेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इतिहास साक्षी छ – गौर हत्याकाण्ड कुनै सामान्य राजनीतिक झडप थिएन । तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । मारिनेमध्ये वाईसीएल आवद्ध युवा र युवतीहरू धेरै थिए । 


Advertisment
Nabil box
Kumari

युवतीहरूलाई हत्याअघि बलात्कार गरिएको थियो भने यौनाङ्गमा भाटा रोपिएको, स्तन काटिएको अवस्थामा शव भेटिएका थिए । पृष्ठभूमिमा राजनीतिक विवाद भए पनि मूलतः गौर हत्याकाण्ड फोरमले एकपक्षीय रूपमा मच्चाएको आपराधिक र सुनियोजित हिंसा थियो ।

Vianet communication
Laxmi Bank

सरकारका तर्फबाट गठन भएको छानबिन आयोगले बुझाएको प्रतिवेदनले पनि घटनालाई राजनीतिक झडप नभएर जघन्य र अमानवीय अपराध ठहर गरेको थियो ।

तर दुःखद मान्नुपर्छ – घटनाका दोषी आजसम्म कानूनको कठघरामा आएका छैनन्, सजाय पाएका छैनन् । नेपालको कमजोर फौजदारी न्याय व्यवस्थालाई पुष्टि गर्ने आँखीझ्याल नै हो निर्मम गौर हत्याकाण्ड ।

मन्त्री यादवले सोही सामूहिक हत्याजस्तो जघन्य अपराधको विषयलाई सगौरव स्वीकार गर्दै फेरि पनि घटना दोहोर्‍याउने धम्की दिएकी हुन् । यसकारण उनलाई जुनसुकै तरिकाबाट, जुनसुकै तर्क/कुतर्क अघि सारेर बचाउ गरे पनि त्यो बचाउको लागि मात्र बचाउ हुन्छ । यादवसम्बद्ध दल जनता समाजवादी पार्टी ( जसपा) द्वारा जारी विज्ञप्तिमा मन्त्री यादव प्रमुख अतिथि रहेको कार्यक्रममा सीके राउतको कार्यकर्ताले गरेको अवरोधजन्य क्रियाकलापलाई आपराधिक, गैरराजनीतिक, अराजक र असामाजिक भन्दै त्यस्ता अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारलाई आग्रह गरेको छ तर आफ्नै दलकी मन्त्री यादवले दिएको गैरराजनीतिक, बर्बरतायुक्त र आपत्तिजनक अभिव्यक्तिबारे विना कारण मौन छ, एकप्रकारले मौन समर्थन नै गरेको छ ।

कुनै नेतामा हिटलर र भस्मासुर प्रवृत्ति मात्र हेर्ने डा. बाबुराम भट्टराईहरूले मन्त्री यादवको त्यो ज्यान मार्ने धम्कीमा किन आदर्श देख्दैछन्, किन त्यसलाई एकप्रकारले प्रोत्साहन गर्दैछन् ? गत वर्ष संसदमा राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको प्रतिकूलमा बोल्दा  सरिता गिरीलाई कारवाही गर्न सक्ने दललाई अहिले मन्त्री यादवलाई फिर्ता बोलाउन केले रोकेको छ ? गलतलाई गलत भन्नमा केको समस्या छ ? जब दलको राजनीतिमा, नेताको बोलीमा नैतिकता मर्छ, त्यसपछि त्यो राजनीति नभएर अराजनीति हुन जान्छ । जनताप्रधान लोकतन्त्रमा अराजनीति गर्ने छुट कसैलाई छैन ।

मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्तिलाई प्रस्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने अभिव्यक्ति दिने मन्त्री  जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको स्वतः स्पष्ट हुने कुरामा कुनै शंका छैन । हिंसालाई वैधता दिने र अर्को नरसंहारको षड्यन्त्र बुन्ने कामलाई बढावा दिने प्रकृतिको अभिव्यक्ति दिनु फौजदारी अपराध हो, त्यस्तो व्यक्ति कारबाहीको भागिदार बन्नुपर्छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले आन्दोलनकारीलाई ज्यान मार्ने अधिकार मन्त्रीलाई कानूनले प्रदत्त गरेको छैन । यस्तो धम्कीले मुलुकमा दण्डहिनतालाई प्रश्रय दिन्छ, त्यसको जति विरोध गरे पनि कम नै होला । 

सभ्य समाज विरुद्धको लाजमर्दो अभिव्यक्ति दिएर पदमा रहिरहने छुट जुनसुकै पार्टीको, जुनसुकै सरकारको जुनसुकै मन्त्रीलाई हुन्न । रेणु यादव कसरी अपवाद हुन सक्छिन् ? प्रधानमन्त्रीले सम्पूर्ण मन्त्रीहरूको कार्यको जवाफदेहीता लिनुपर्ने मान्यता छ । नियमानुसार नगरेमा मन्त्रीलाई बर्खास्त गर्ने प्रचलन छ, रेणु यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री देउवालाई केले रोकेको छ ? राजनीतिमा इमान, नैतिकता, सदाचार हुनुपर्दैन भन्ने पक्षमा देउवा सरकार छ भन्ने सन्देश हालसम्मको मौनताले सम्प्रेषण गर्छ प्रधानमन्त्रीज्यू !

गठबन्धन कायम रहन्छ कि रहँदैन् ? त्यो नेपाली जनताका लागि मूल प्रश्न होइन । अब जनमत नवीकरण हुने बेला पनि नजिक आएकै छ तर राजनीति नैतिक हुनुपर्छ, मन्त्रीहरू नैतिकवान हुनुपर्छ,  यसमा कुनै प्रकारको सम्झौता हुन्न । यसतर्फ कहिले   ध्यानाकृष्ट हुन्छ ?

आवेग र उत्तेजनालाई रोक्न नसक्दा विवादमा तानिएकी मन्त्री यादव पहिलो होइनन् । कैयौं मन्त्रीहरू कार्यकाल नसकिँदै बहिगर्मनमा पर्ने गरेका अनेक उदाहरणहरू विदितै छन् । २०७५ सालमा केपी ओलीको सरकारमा कानूनमन्त्री रहेका शेरबहादुर तामाङले बंगलादेशमा पढ्न जाने छात्राबारे दिएको नकारात्मक टिप्पणीका कारण राजीनामा दिनुपर्‍यो । २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका शरतसिंह भण्डारीले देश टुक्रिने अभिव्यक्ति दिएपछि पद गुमाए ।

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन्, सत्तामा रहेर जोसमा होस गुमाएर बोल्दा धेरैले आफ्नो पद प्रतिष्ठा गुमाएका प्रशस्तै उदाहरण छन् । यो शृंखलामा एउटा नाम रेणु यादवको पनि थपिएला । उनको अभिव्यक्तिपछि भइरहेको विरोध, आलोचना, कारबाहीको माग र न्यायिक राज्यको साख जोगाउनकै लागि भए पनि कारबाहीमा त पर्लिन् नै तर यो मुद्दालाई यत्तिकैमा विश्राम दिनु हुँदैन ।

मन्त्रीजस्तो गरिमामय पदमा बहाल रहेकाहरूबाटै यस्ता अमर्यादित अभिव्यक्ति किन बारम्बार दोहोरिन्छन् भने प्रश्नमा निर्मम समीक्षा र घनीभूत बहस हुनु जरूरी छ ।

हामीले चुनावबाट जिताएर पठाएका मन्त्रीहरू किन संस्कारहीन बन्छन् ? राजनीतिक दलहरूले गराउने प्रशिक्षणमा किन अनुशासनको पाठ सिकाइँदैन ? के बोल्ने, के नबोल्ने भन्ने विषयमा किन पार्टीको प्रशिक्षण र अभिमुखीकरण कक्षामा छलफल हुन्न ? राजनीतिको नै मानमर्दन र लोकतन्त्रकै उपहास गराउने यस्ता व्यवस्थाको मूल्य र मान्यता विरुद्धको अभिव्यक्तिको प्रतिरक्षा गर्न किन सम्बन्धित पार्टीका कार्यकर्ताहरू उत्रिन तयार हुन्छन् ? कार्यकर्ताहरूमा किन विवेक गुम्छ ? गगन थापाहरूलाई बोल्न किन डर लाग्छ, ओलीले संसद विघटन गरेको मात्र गलत हो, अरु सब ठीकठाक हो ? यी प्रश्नहरू जहिले पनि यक्ष प्रश्नको रूपमा रहन्छन् ।

(लेखकद्वय कानूनका विद्यार्थी हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x