साउन १०, २०७९
साकार कोइराला नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका छन् । ...
जुजु धौ अर्थात् दहीको राजा भनेर चिनेको भक्तपुरको दहीमा अन्य स्थानभन्दा फरक स्वाद र मिठास छ । सबैको मुखमा यो ब्रान्ड झुण्डिएको छ ।
पूजाआजा या कुनै चाडपर्वमा पनि जुजु धौ नै सम्झेका हुन्छन् राजधानीवासी । जुजु धौको लोकप्रियता बढ्दै गएपछि धेरै अन्य ब्रान्डले पनि जुजु धौ नाम राखेर बेच्न थालेका हुन् ।
चलेको ब्रान्ड भएका कारण धेरैले यसो गर्न थालेका छन् । जुजु धौलाई नेपाली आइसक्रिम भनेर पनि चिनिन्छ ।
नेवारी भाषाको जुजु धौ भन्नाले दहीको राजा भन्ने जनाइन्छ । दहीहरूको राजा अर्थात् उत्कृष्ट दही भएकाले नेपालका मल्ल राजाहरूले खाने हुनाले यसलाई जुजु धौ भनिएको हो ।
अत्याधुनिक प्रविधिहरूको प्रतिस्पर्धा बढिरहेको बेलामा पनि भक्तपुरका वासिन्दाले परम्परागत शैलीबाट दही बनाउने विधिलाई जोगाएर राखेका छन् ।
अन्य दहीभन्दा स्वादिलो र स्वस्थकर भएकाले पनि यस दहीको महत्त््व नेपालभरि नै प्रख्यात रहेको छ । भक्तपुर घुम्न गएको जो कोही नेपाली होस् या विदेशी पर्यटक जो कोही पनि जुजु धौ खान भुल्दैनन् ।
कसरी बन्छ जुजु धौ ?
जुजु धौ बनाउने भक्तपुरवासी नेवारहरूको आफ्नै परम्परा छ । जुजु धौ अन्य दहीभन्दा फरक शैली र विधिमा बनाइन्छ । जुजु धौ बनाउँदा दूधलाई बाक्लो कोडेमा १०–१२ घण्टासम्म उमालिन्छ । अन्य दही बनाउँदा यतिधेरै समय कतै पनि उमालिन्न ।
यो ब्रान्डको दही खुवाजस्तो मिठो र मुलायम हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा जुजु धौ माटोको भाडोमा थोरै सुकमेलको धुलो हालेर अन्त्यमा जमाइन्छ । जुन अन्य ब्रान्डमा बिरलै पाइन्छ । मेहनति भक्तपुरवासी नेवारहरूले परम्परालाई जीवित राखेर यो पेशालाई छाडेका छैनन् ।
भक्तपुरको जुजु धौ बनाउन दैनिक ८०–९० हजार लिटर दूध खपत हुन्छ । तैपनि मागअनुसार पूर्ति हुन सकेको छैन । भक्तपुरको जुजु धौ काठमाडौं, ललितपुर र काभ्रेसम्म पुगेको हुन्छ । चाडपर्व शुरू हुनासाथ भक्तपुरका नेवार समुदायलाई दही बनाउन भ्याइँ–नभ्याइँ हुन्छ । भ्याली बाहिरबाट पनि माग आउँछ तर पूर्ति गर्न उनीहरूलाई हम्मे छ । माटोको सानो–सानो कपमा पनि उपलब्ध यो ब्रान्डको दही गर्मी महिनामा पनि निकै खपत हुन्छ ।
साकार कोइराला नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका छन् । ...
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
अहिले आँपको सिजन छ । सबैलाई आँप खुब मन पर्ने फल हो । सिजनको आँप त्यसैपनि खुब स्वादिष्ट हुन्छ । आप एक फलको रूपमा मात्र नखाई धेरै परिकार बनाएर खान सकिन्छ । पौराणिक हिसाबमा हेर्ने हो भने आँपको पात पनि एक प...
खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ । डल्ले खुर्सानी, जिरे खुर्सान...
जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत...
परापूर्वकालदेखि चल्दै आएको हाम्रो काठे खस परिकार दूधरोटी, दालरोटी र पानीरोटी अब लगभग लोप नै भए जत्तिकै छ । किनकि नयाँ पुस्तालाई यी परिकारका विषयमा सोध्ने हो भने पूर्ण रूपमा अनभिज्ञ नै छन् । सबैको भान्सामा...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...