×

NIC ASIA

अमेरिकाले फेरि भन्यो- एमसीसी अनुमोदन नभए सम्बन्ध पुनर्विचार, वैदेशिक सहायता पनि प्रभावित हुन्छ

फागुन ३, २०७८

Prabhu Bank
NTC
Premier Steels

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल र अमेरिकाको सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकाले दोहोर्‍याएको छ । 

Muktinath Bank

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले हिन्दूस्तान टाइम्ससँग कुराकानी गर्दै नेपालले नै दिएको डेडलाइनमा एमसीसी अनुमोदन हुनुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम विषय हो । तर, यसले द्विपक्षीय कूटनीतिक सम्बन्धमा प्रभाव पार्नेछ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । 


Advertisment
Nabil box
Kumari

अमेरिकाले अनुदानमा दिने ५५ करोड अमेरिकी डलर (करीब ५५ अर्ब रूपैयाँ)को लागतमा अन्तरदेशीय प्रसारण लाइन र केही हुलाकी राजमार्ग बनाउने भनिएको छ । उक्त अनुदान सहयोगको परियोजना कार्यान्वयन गर्न एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने प्रावधान सम्झौतामा छ । 

Vianet communication

केही दिन अघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर नेपालले एमसीसी अनुमोदन नगरे सम्बन्धनमा पुनर्विचार गर्ने धम्की दिएका थिए ।

त्यसको एक साता नपुग्दै अर्का अमेरिकी अधिकारीले उस्तै धम्की दोहोर्‍याएका हुन् ।  

प्रवक्ताले भनेका छन्, ‘बाह्य मुलुकको प्रभाव र भ्रष्टाचारका कारण नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन नसकेको हो भने त्यो अमेरिकाका लागि दुःखदायी विषय हुनेछ । नेपाली जनताका लागि यो क्षतिको विषय हो ।’

अमेरिकी विदेश मन्त्रालयको प्रवक्तालाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्समा भनिएको छ, ‘पाँच महिनाको समयावधि फागुन १६ मा सकिँदै छ । त्यस अवधिभित्र नेपालले एमसीसी अनुमोदन गर्ने वा अस्वीकार गर्ने निर्णय लिनुपर्छ ।’

नेपालमा एमसीसीको विरोध गर्नेहरूले नजिकिएको निर्वाचनमा एमसीसीलाई एजेण्डा बनाउन चाहेको ती अधिकारीले भनेका छन् । 

विशेष गरी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र केही साना कम्युनिष्ट पार्टीहरूले एमसीसीको विरोध गर्दै आएका छन् । 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी अनुमोदन गराउने पक्षमा छ भने नेकपा एमालेले सरकारबाट बाहिरिएपछि एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । 

नेपालमा एमसीसी परियोजनाविरुद्ध भ्रम फैलाउन चीनले उकासेको उनले घुमाउरो रूपमा आरोप लगाएका छन् ।

एमसीसीको विषयलाई लिएर अमेरिकाले दिएको दबाबबारे नेपालमा चर्को विरोध भएको थियो ।

फागुन १ मा बस्ने संसद बैठकमा सरकारले एमसीसी संसदमा पेश गर्ने तयारी गरेको छ । तर, संसदबाट एमसीसी अनुमोदन हुने वा नहुने अहिलेसम्म कुनै टुंगो लागेको छैन ।

अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ताले भनेका छन्, ‘अमेरिकाले नेपाललाई स्पष्ट रूपमा भनेको छ फागुन १६ भित्र एमसीसी अनुमोदन भएन भने फिर्ता हुन्छ । फागुन १६ नेपालले मागेको पाँच महिना समयको अन्तिम दिन हो । त्यस दिनसम्म नेपालमा एमसीसी कि अनुमोदन हुनुपर्छ नभए फिर्ता हुनुपर्छ ।’

नेपालमा एमसीसी अनुमोदन नभए बहुपक्षीय र द्विपक्षीय दातृ निकायहरूले नेपाललाई दिने सहयोग र अनुदानसमेत प्रभावित हुने ती प्रवक्ताले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x