२६ जेठ २०८३, मंगलबार
सम्पादकीय

चुनावविरुद्ध परेको रिट 'फास्ट ट्र्याक'बाट किनारा लागोस्

चुनावविरुद्ध परेको रिट 'फास्ट ट्र्याक'बाट किनारा लागोस्

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ ।

वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा नहुने जिकिरसहित महोत्तरीको भंगाहा नगरपालिकाका मेयरले दायर गर्न खोजेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको थियो ।

दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय न्यायाधीश ईश्वर खतिवडाको इजलासले बुधवार बदर गरिदिएपछि यो मुद्दा लम्बिने र चुनाव प्रभावित हुने हो कि भन्ने आशंका बढेको हो ।

कुनै एक मेयरले संविधानअनुसार आफ्नो कार्यकाल पूरा गर्न पाऊँ भनेर सर्वोच्चमा रिट दायर गर्न खोज्नु अस्वाभाविक होइन ।

निर्वाचन कानूनको प्रावधान र निर्वाचन आयोगको निर्णयका आधारमा सर्वोच्चले उनको रिट दरपीठ गरिदिएको थियो ।

सो दरपीठ खारेज भएपछि अब स्वाभाविक रूपले रिट दर्ता हुने र त्यसमाथि सुनुवाइ हुनेछ । रिट परिसकेपछि यसमाथि सर्वोच्च अदालतले सुनुवाइ गरेर एउटा निकास पक्कै दिनेछ ।

सरकारले चुनावको मिति घोषणा गरेर निर्वाचन आयोगले काम थालिसकेको अवस्थामा परेको मुद्दालाई फास्ट ट्र्याकमा हेरेर संवैधानिक निरूपण गर्नु जरुरी छ । अदालतमा हुने ढिलासुस्तीले वैशाख ३० को निर्वाचन प्रभावित हुने खतरा बढ्छ । 

सरकारले चुनावको मिति घोषणा गरेर निर्वाचन आयोगले काम थालिसकेको अवस्थामा परेको मुद्दालाई फास्ट ट्र्याकमा हेरेर संवैधानिक निरूपण गर्नु जरुरी छ ।

अदालतमा हुने ढिलासुस्तीले वैशाख ३० को निर्वाचन प्रभावित हुने खतरा बढ्छ । 

तीन चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय तहका पदाधिकारीको कार्यकाल कहिलेसम्म हो भन्ने संवैधानिक प्रश्न उब्जिएको थियो ।

चुनावको मिति घोषणाको बेलामा पनि यसबारे दलहरूले आफूअनुकूल बहस र व्याख्या गरेका थिए । तेस्रो चरणको चुनाव भएको असोज २ गते निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्ष पूरा भएपछि मात्र चुनाव गर्नुपर्छ भन्ने तर्क पनि उठेका थिए । 

संविधान निर्माणका क्रममा भएको बहस र आशय स्थानीय तह पदाधिकारीविहीन नहोउन् भन्ने रहेको संविधान निर्माताले बताउँदै आएका छन् । परन्तु, संविधानको अन्तिम व्याख्या त सर्वोच्च अदालतले गर्नेछ ।

स्थानीय तहका पदाधिकारीको कार्यकालबारे अदालतमा परेको यो रिटलाई किनारा लगाउने काम ढिला नहोस् । देशमा चुनाव घोषणा भएर आयोगले तयारी थालेको विषयमा सर्वोच्च पक्कै बेखबर छैन् । 

त्यही रिटलाई आधार मानेर कतिपय दलले वैशाख ३० का लागि तोकिएको चुनावको मिति पर सार्न या निर्वाचन टार्न खोजिरहेका छन् । अदालतमा यो मुद्दा लम्बियो भने चुनाव सार्न चाहनेलाई बल पुग्नेछ ।

चुनाव सर्‍यो भने यसले संविधान कार्यान्वयनमा अनेकथरी अडचन आउने छन् ।

देशलाई राजनीतिक र संवैधानिक गोलचक्करमा फस्न नदिन यो मुद्दाको निराकरण अदालतले समयमै गरोस् । संविधान र कानूनका छिद्र खोजेर निर्वाचन टार्ने प्रवृत्तिलाई अदालतले पक्कै साथ दिने छैन । 

salt training

कमेन्ट गर्नुहोस्