असार ६, २०७९
आम उपभोक्तालाई चर्को मार पर्नेगरी नेपाल आयल निगमले आइतवार राति इन्धनमा एकैपटक भारी मूल्यवृद्धि गरेको छ । मध्यरातमा गरिएको निर्णयपछि पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँनजिक पुगेको छ । एकैपटक २१ रुपैया...
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ ।
वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा नहुने जिकिरसहित महोत्तरीको भंगाहा नगरपालिकाका मेयरले दायर गर्न खोजेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको थियो ।
दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय न्यायाधीश ईश्वर खतिवडाको इजलासले बुधवार बदर गरिदिएपछि यो मुद्दा लम्बिने र चुनाव प्रभावित हुने हो कि भन्ने आशंका बढेको हो ।
कुनै एक मेयरले संविधानअनुसार आफ्नो कार्यकाल पूरा गर्न पाऊँ भनेर सर्वोच्चमा रिट दायर गर्न खोज्नु अस्वाभाविक होइन ।
निर्वाचन कानूनको प्रावधान र निर्वाचन आयोगको निर्णयका आधारमा सर्वोच्चले उनको रिट दरपीठ गरिदिएको थियो ।
सो दरपीठ खारेज भएपछि अब स्वाभाविक रूपले रिट दर्ता हुने र त्यसमाथि सुनुवाइ हुनेछ । रिट परिसकेपछि यसमाथि सर्वोच्च अदालतले सुनुवाइ गरेर एउटा निकास पक्कै दिनेछ ।
सरकारले चुनावको मिति घोषणा गरेर निर्वाचन आयोगले काम थालिसकेको अवस्थामा परेको मुद्दालाई फास्ट ट्र्याकमा हेरेर संवैधानिक निरूपण गर्नु जरुरी छ ।
अदालतमा हुने ढिलासुस्तीले वैशाख ३० को निर्वाचन प्रभावित हुने खतरा बढ्छ ।
तीन चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय तहका पदाधिकारीको कार्यकाल कहिलेसम्म हो भन्ने संवैधानिक प्रश्न उब्जिएको थियो ।
चुनावको मिति घोषणाको बेलामा पनि यसबारे दलहरूले आफूअनुकूल बहस र व्याख्या गरेका थिए । तेस्रो चरणको चुनाव भएको असोज २ गते निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्ष पूरा भएपछि मात्र चुनाव गर्नुपर्छ भन्ने तर्क पनि उठेका थिए ।
संविधान निर्माणका क्रममा भएको बहस र आशय स्थानीय तह पदाधिकारीविहीन नहोउन् भन्ने रहेको संविधान निर्माताले बताउँदै आएका छन् । परन्तु, संविधानको अन्तिम व्याख्या त सर्वोच्च अदालतले गर्नेछ ।
स्थानीय तहका पदाधिकारीको कार्यकालबारे अदालतमा परेको यो रिटलाई किनारा लगाउने काम ढिला नहोस् । देशमा चुनाव घोषणा भएर आयोगले तयारी थालेको विषयमा सर्वोच्च पक्कै बेखबर छैन् ।
त्यही रिटलाई आधार मानेर कतिपय दलले वैशाख ३० का लागि तोकिएको चुनावको मिति पर सार्न या निर्वाचन टार्न खोजिरहेका छन् । अदालतमा यो मुद्दा लम्बियो भने चुनाव सार्न चाहनेलाई बल पुग्नेछ ।
चुनाव सर्यो भने यसले संविधान कार्यान्वयनमा अनेकथरी अडचन आउने छन् ।
देशलाई राजनीतिक र संवैधानिक गोलचक्करमा फस्न नदिन यो मुद्दाको निराकरण अदालतले समयमै गरोस् । संविधान र कानूनका छिद्र खोजेर निर्वाचन टार्ने प्रवृत्तिलाई अदालतले पक्कै साथ दिने छैन ।
आम उपभोक्तालाई चर्को मार पर्नेगरी नेपाल आयल निगमले आइतवार राति इन्धनमा एकैपटक भारी मूल्यवृद्धि गरेको छ । मध्यरातमा गरिएको निर्णयपछि पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँनजिक पुगेको छ । एकैपटक २१ रुपैया...
वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता समेत लागू गर...
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...
सर्वोच्च अदालतका आदेश/फैसला सितिमिति विवादमा आउँदैनन्, सर्वसाधारणले टिप्पणी गर्दैनन् । तर पछिल्लो समय अदालतका आदेशमा व्यापक जनगुनासो बढ्न थालेको छ । अदालतका आदेश विवादमा तानिन थालेको एउटा उदाहरण हो, निजगढ वि...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...