×

NMB BANK
NIC ASIA

संकटमा सत्ता गठबन्धन

आठ महिनापछि सत्ता गठबन्धनमा गम्भीर खटपट, देउवा–प्रचण्डबीच तिक्ततापूर्ण संवाद

फागुन १२, २०७८

NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ८ महिनापछि सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । 

Muktinath Bank

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने विषयलाई लिएर गठबन्धनमा खटपट भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री देउवाले कुनै पनि हालतमा एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन भत्किने अवस्थामा पुगेको हो । 


Advertisment
Nabil box
Kumari

देउवा एमसीसीबाट कुनै पनि हालतमा पछि नहट्ने र माओवादी केन्द्र तथा नेकपा एस पास गर्न नदिने रणनीतिमा लागेपछि गठबन्धनमा गम्भीर खटपट भएको हो ।

Vianet communication

एमसीसीको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवासँग बिहीवार छलफल गरेका थिए । 

देउवाले गठबन्धन टुटे पनि एमसीसीबाट पछि हट्न नसक्ने बताएको कांग्रेस स्रोतको दाबी छ ।

‘गठबन्धन बनेको ८ महिनामा देउवा र प्रचण्डबीच तिक्ततापूर्ण कुराकानी भयो, गठबन्धन टुट्ने निश्चितजस्तै देखियो,’ स्रोतले लोकान्तरसँग भन्यो । 

गठबन्धन टुटे पनि, प्रधानमन्त्री पद नै गए पनि एमसीसी पारित गराइछाड्ने देउवाको अडानपछि प्रचण्डले आफूले सघाउने नसक्ने जवाफ दिएको स्रोतको दाबी छ ।

प्रचण्डसँगको तिक्ततापूर्ण छलफलपछि प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेताहरूसँग छलफल गरेका छन् । 

बिहीवारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित गरेर देउवाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगायतसँग छलफल गरेका हुन् । 

‘प्रतिपक्षी दलसँग सहमति कायम गर्न’ भन्दै देउवाले संसद् बैठक स्थगित गर्न सभामुखसँग आग्रह गरेका थिए । 

संसद् बैठक स्थगित भएपछि देउवा संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्षमा पुगेका थिए । 

नेपाली कांग्रेस र नेकपा एसका वरिष्ठ नेताहरूले गठबन्धन टुट्न लागेको संकेत दिएका छन् । संसद् स्थगित भएपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले आवश्यकताअनुसार गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य रहेको बताए ।

‘गठबन्धन आवश्यकता अनुसार बन्छन्, बिग्रन्छन्, यो अस्थायी कुरा हो । देश र राष्ट्रहितको कुरा छाड्दैनौँ,’ बिहीवार संसद् भवनबाट बाहिरिने क्रममा खनालले भने, ‘केही शक्ति विदेशीका सामु झुकेका छन्, एमसीसीमा कुरा मिल्दै मिल्दैन ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन भत्किन लागेको बताएका छन् । 

गृहजिल्ला तनहुँ पुगेर पौडेलले माओवादी र नेकपा एसका कारण एमालेको माग पूरा गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो ।

सर्वोच्च अदालतको परमादेशमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धन सरकार बनेको थियो । 

पछिल्लो समय कांग्रेसका नेताहरूले एमसीसीमा माओवादी र समाजवादीले विपक्षमा मत हाले गठबन्धन तोड्नुपर्ने बताउँदै आएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x