असार २०, २०७९
कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फ...
वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ ।
४० मिनेट अवधिको यो सर्टफिल्म चार दिनअघि ‘मह जोडी’कै ‘मह संचार’ च्यानलमार्फत सार्वजनिक गरिएको थियो । सर्टफिल्मले राम्रो भ्युज पाउँदै युट्युब ट्रेन्डिङमा परेको हो ।
बुधबार दिउँसोसम्म सर्टफिल्मले ५ लाख ५५ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष ४ औं स्थानमा उक्लिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो सर्टफिल्म निर्माण गरिएको हो ।
लागुऔषध कारोबारको कथामा निर्माण भएको फिल्ममा यससम्बन्धि जनचेतनामूलक सन्देश दिने प्रयास गरिएको छ ।
फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा प्रस्तुत छन् । त्यस्तै मदनकृष्ण श्रेष्ठ, प्रथम क्षेत्री, नवीन लम्साल, पूर्णबहादुर शारू, बसन्त सापकोटा, नानु बस्नेत, सावित्री खड्का, दिपाशा बिसी, सविना गोपाली, बिमल खड्का, रोशनी गौतम लगायतको अभिनय छ ।
हरिवंशकै कथा, पटकथा एवं संवाद रहेको फिल्मलाई मदनकृष्ण र हरिवंश अर्थात महजोडीले निर्देशन गरेका हुन् । गोकुल अधिकारीको छायाँकन रहेको फिल्मलाई भूपेन्द्र अधिकारी र ओम खड्काले सम्पादन गरेका हुन् ।
भिडियो
कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फ...
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत रिलिज गरिएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आगोबिना बिंडी जल्दैन’ बोलको गीत युट्युबमा रिलिज गरिएक...
शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । अनुप बराल निर्देशित यस चलचित्रको मंगलवारदेखि मल्टिप्लेक्स हलहरूमा टिकट बुकिङ खुला गरिएको हो । य...
भारतको दिल्ली प्रहरीले फिल्ममेकर लीना मनिमेकलाईविरुद्ध मुद्दा दर्ता गरेको छ । दिल्ली प्रहरीको आईएफएसओ इकाईले लीनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनको डकुमेन्ट्री ‘काली’ को पोस्टरले धार्मिक भा...
चर्चित हास्यकलाकार दीपक राज गिरीले बढ्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै अब धनभन्दा ठूलो इन्धन हुन थालेको लेखेका छन् । यस्तै न...
गतहप्ता मात्रै छायाँकन सकिएको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ तिहारको छेको पारेर प्रदर्शनमा आउने भएको छ। बुधवार बेलुका राजधानीमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र क...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...