असार १९, २०७९
नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ...
चितवन | जेठ ९, २०७९
एमालेलाई फेरि एकपटक स्तब्ध तुल्याउँदै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् ।
महानगरपालिकामा खसेको कुल मतमध्ये ११ हजार १७३ मत गन्न बाँकी हुँदै दाहाल भारी मतका साथ मेयर पदमा विजयी सुनिश्चित भएकी हुन् ।
पछिल्लो मत परिणामअनुसार दाहालले १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत पाएकी छन् भने एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ११ हजार ५४७ रहेको छ ।
अब बाँकी गन्न सबै मत विजय सुवेदीले पाएपनि रेनुले जित्ने निश्चित भइसकेको हो । अघिल्लो चुनावमा पनि रेनुसँग एमालेका उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए । भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेको थियो ।
यसैगरी उपमेयरमा पनि काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी भारी मतका साथ विजयी सुनिश्चित भएको छ । भरतपुरमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका हुन् ।
भरतपुरमा सत्ता गठबन्धन एकातिर र एमाले र राप्रपाबीचको गठबन्धन अर्कोतिर थियो । निर्वाचन अधिकृतको कार्यालयले मतगणना सकिएपछि विजेताको औपचारिक रुपमा घोषणा गर्नेछ ।
नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ...
आगामी २४ घण्टा देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक दुई स्थान...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जना...
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी लोकान्तरको नियमित प्रस्तुती लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी पछिल्ला २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई समेट्ने गर्छौँ । ००००...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...