×

NIC ASIA

जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिलाई ऊर्जामन्त्री भुसालको आग्रह

जेठ २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र सम्वर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन् । 

Muktinath Bank

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन शनिवार आयोजित कार्यक्रममा उनले  भनिन्, 'जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ट हुनुहोला ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षणलाई विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न उनले सुझाव दिइन् । 


Advertisment
Nabil box
Kumari

मन्त्री भुसालले भनिन्, 'परम्परागत पहिचानलाई सम्वर्द्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।' उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । 

Vianet communication

स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विषयलाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताउँदै मन्त्री भुसालले भनिन्, 'सार्वजनिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ, सुलभ स्वास्थ्य उपलब्ध गराउनुपर्छ । आफ्नो कार्यकाललाई जनता सेवा गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ ।'

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले स्थानीय जनप्रनिधिले जनताका आवश्यकतालाई पूर्ति गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सल्लाह दिइन् । 

उनले आफूले मन्त्रालय सम्हालेपछि भूमिका विषयमा रहीआएका समस्या सम्बोधन गरेको उल्लेख गरिन् । '३०० स्थानीय तहका जनतालाई जग्गाधनी पूर्जा वितरण गर्ने योजना बनाएको छु,' उनले भनिन् । 

जनता समाजवादी पार्टीका नेता नवराज सुवेदीले नवनिर्वाचित सदस्यले जनताको आवश्यकतालाई पहिचान गरेर आफ्ना कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । 

नवनिर्वाचित वडाध्यक्ष धर्म महर्जनले आफूलाई जनताले अमूल्य मत दिएर निर्वाचित गराएकोप्रति धन्यवाद व्यक्त गरे । उनले जनताका आवश्यकतालाई पूरा गर्न आफू निरन्तर लाग्ने विश्वास दिलाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x