भदौ ३, २०७९
लाल सिंह चड्ढा फिल्मका साथ आमिर खान लगभग चार वर्षपछि ठूलो पर्दामा देखिए । फिल्मको दायरा, १८० करोड भारुको बजेट र आमिरको सुपरस्टार हैसियतका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको थियो । तर फिल्म फ्लप रह्यो ...
गतहप्ता मात्रै छायाँकन सकिएको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ तिहारको छेको पारेर प्रदर्शनमा आउने भएको छ। बुधवार बेलुका राजधानीमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र कात्तिक ४ गतेदेखि प्रदर्शनमा ल्याउने जानकारी दिइयो।
निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको चलचित्र ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको जानकारी दिइएको हो। घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो।
अब ‘परस्त्री’ फागुन १९ मा रिलिज हुनेछ। शर्मीलाले जेठो छोरा दीपेन्द्रको चलचित्रका लागि ‘परस्त्री’को रिलिज डेट सारेको बताइन्।
‘मैले घोषणाकै समयमा ‘परस्त्री’को रिलिज डेट घोषणा गरेको थिएँ’ कार्यक्रममा शर्मिलाले भनिन्, ‘तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा दीपेन्द्र के. खनालको सिनेमाका लागि प्रदर्शन मिति छाडेको हुँ।’ ‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन्।
‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको अभिनय छ। चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ। युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन्।
लाल सिंह चड्ढा फिल्मका साथ आमिर खान लगभग चार वर्षपछि ठूलो पर्दामा देखिए । फिल्मको दायरा, १८० करोड भारुको बजेट र आमिरको सुपरस्टार हैसियतका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको थियो । तर फिल्म फ्लप रह्यो ...
अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालमा सांगीतिक यात्रा गर्ने भएका छन् । उनले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् । बिहीवार काठमाडौंमा आयोजित पत्र...
आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रवार कृष्ण–जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पछिल्लो समय फेसबुकमा घोचपेच चलिरहेको छ । काठमाडौं उपत्यकाको फोहरको विषयलाई लिएर दुई मेयरबीच छेडखानी शुरू भए...
‘फूलै फूल दिन्छौँ की...’बोलको गीत रिमेक भर्सनमा सार्वजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत, शिव परियारको स्वरमा एक दशकअघि यो गीत सार्वजनिक भएको थियो । उक्त समय पनि च...
एन्जेलिना जोलीको अभिव्यक्तिले हलिवुडमा एकपटक फेरि उथलपुथल शुरु भएको छ । एक सेलिब्रेटीलाई गरिएको हिंसाको घटना अदालतसम्म पुगेको छ । जोनी डेप र एन्बर हर्डको मुद्दापछि हलिवुड इन्डष्ट्रीका चर्चित कलाकार ब्राड पिट र ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...