×

NMB BANK
NIC ASIA

रामपुरका धानबालीमा गवारोको समस्या, किसान चिन्तित

भदौ ७, २०७९

NTC
Premier Steels

धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित छन् । उनले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गरेका छन् ।

Muktinath Bank

रोग निराकरण नहुँदा उनी चिन्तामा छन् । करीब ७ रोपनी जग्गामा लगाइएको धानबालीमा एकैपटक गवारोले सताउँदा धान पसाउनै नपाउने हो कि भन्ने समस्याले उनलाई पिरोलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘फेदमा बसेर गवारो कीराले धानको गुवो खाएर सरा नै मर्दै गएर पहेंलो भएको छ, करीब १० दिन अघिदेखि कीराले सताएको छ, हरियाली भएको धान एकाएक पहेंलिँदै गएको छ, दुःखसँग गरेको खेती स्याहार्नै नपाइने पो हो कि भन्ने चिन्ताले सताइरहेको छ,’ उनले गुनासो पोखे ।


Advertisment
Nabil box
Kumari

उनले बिहान उज्यालो भएपछि खेतमा कीरा मार्ने गरे पनि आजभन्दा भोलि झन् यसको समस्या फैलिँदै गएको बताउँछन् । उनका अनुसार विशेषगरी हाइब्रिड र गोरखनाथ जातको धानमा कीराको समस्या देखिएको छ । 

Vianet communication

फणेश्वर गैरेको पनि करीब ३ रोपनी जग्गामा लगाइएको धानबालीमा गवारोले सताएको छ । गवारोको समस्या बढ्दै जाँदा उनी नियन्त्रणका लागि विषादी प्रयोग गर्ने तयारीमा छन् । उनी भन्छन्, ‘मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै भरसक विषादी प्रयोग नगर्ने भनेको त झन् धेरै ठाउँमा यसको समस्या फैलियो, धान जति सखापै होलाजस्तो छ, बोट पहेंलिने क्रम बढेको छ, अब एग्रोभेटबाट विषादी ल्याएर प्रयोग गरिहाल्नुपर्ने भयो ।’

कार्यालयमा हिजोआज रामपुरका विभिन्न स्थानका कृषकले गवारोको समस्या लिएर आउने गरेको र न्यूनीकरणका लागि विषादी छर्कन सुझाव दिने गरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए ।

पाल्पाको रामपुर, तिनाउँ क्षेत्रमा धानबालीमा गवारो, माडी क्षेत्रमा ब्लाष्ट र खैरो रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन पाण्डेयले बताए । उनका अनुसार नाइट्रोजनयुक्त मल बढी भएमा धानबालीमा विभिन्न रोेग तथा कीराले सताउने गर्दछ । विशेषगरी उपचार नगरिएको बीउ प्रयोगबाट रोग कीराको समस्या देखिएको हो ।
 
सन्तुलित मलखादको प्रयोग, धान काटिसकेपछि फेदमा हप्ता–दश दिनसम्म पानीले डुबाउने, धान रोपाइँ गर्ने बेला बीउको टुप्पा काटेर रोप्ने गरेमा विभिन्न रोग कीराबाट धानलाई बचाउन सकिन्छ । ‘अहिले महामारीका रूपमा रोग कीरा फैलिसकेको छैन, १०० धानको गाँजमा १० वटामा कीराले आक्रमण गर्दैमा आत्तिहाल्नुपर्ने अवस्था रहँदैन, त्योभन्दा माथि फैलिएमा भने उपचार तथा निगरानी गरिराख्नु पर्दछ,’ उनले भने ।

धान पसाउने बेलामा यो कीराको प्रकोप फैलिएमा धानको बाला पोकटो रहन्छ । गवारो धानको महत्त्वपूर्ण पिराहा कीरा हो । विभिन्न प्रकारका गवारो कीराहरूमध्ये पहेंलो र सेतो गवारोले धानबालीमा मात्र नोक्सान गर्दछन् भने गुलावी गबारो र धर्के गबारोले अन्य बालीमा पनि नोक्सान गर्दछन् । बर्सेनि यी कीराबाट करीब १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको अनुमान छ । माउ गवारो १ देखि २ सेन्टिमिटरसम्म लामो हुन्छ । यो पुतली वर्गका कीरा हो, जसको लार्भाले गुवो खाई नोक्सान पुर्‍याउँछ ।

गवारोको माउले पातको टुप्पोतर्फ तल्लो सतहमा अण्डा पार्दछ । अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ र गुवो खाँदै तल वा माथि जान्छ । डाँठमा गवारोले पारेको प्वाल स्पष्ट देखिन्छ । सुरुको अवस्थामा गुवो तान्दा सजिलै फुत्त आउँछ, यो लक्षणलाई मृत गुवो भनिन्छ । पछिल्लो चरणमा गवारोले गुवो खाँदा सेतो वाला वा फोस्रो वाला देखिन्छ । यसपछि गवारोसँगैको अर्को सरा वा गाँजमा प्रवेश गरी नोक्सान पुर्‍याउँदछ ।

यसको व्यवस्थापनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुने गरी काट्ने, बाँकी रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी १ हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेन्टिमिटर चुडेर नष्ट गर्नुपर्दछ । साथै माकुरा, लामासिङ्गे फट्यांग्राजस्ता मित्र जीवको संरक्षण गर्ने, प्रकाश पासोको माध्यमबाट बयस्क पुतलीलाई आकर्षण गरी मार्ने गर्ने, सकेसम्म पकेट क्षेत्रभरि एकैपटक धान रोपाइँ गरिएमा गबारोबाट हुने नोक्सानी कम हुन्छ । 

हरेक वर्ष गवारोले नोक्सानी गर्ने ठाउँमा बीउदर बढाइ प्रतिएकाइ बिरुवाको संख्या बढाउँदा गवारोबाट हुने नोक्सानी घटाउन सकिन्छ । धान रोपाइँ गरेको महिना दिनमा परजीवी कीरा (ट्राइकोग्रामा)को प्रयोग गर्न सकिन्छ । ५ सेमि गुणन गरी १० सेमि साइजको कार्डमा करीब २० हजार ट्राइकोग्रामा रहेको हुन्छ । १ हेक्टरका लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ । 

व्यासिलस थुरिनजीयन्सिस (विटी) ३ ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्ने । गबारोको धेरै प्रकोप (१० प्रतिशतभन्दा बढी) भएमा रासायनिक विषादी कार्टाप हाइड्रोक्लोराइड ४ प्रतिशत वा क्लोरान्ट्रानिलीप्रोल ०.४ प्रतिशत वा फिप्रोनिल ०.३ जीआर दानादार विषादी २५ केजी प्रतिहेक्टर वा क्लोरोपाइरिफस २० प्रतिशत इसी २ मिलि प्रतिलिटर पानी वा एसिफेट ७५ प्रतिशत  एसपी १ मिली प्रतिलिटर पानीका दरले प्रयोग गर्न सकिन्छ । दानादार विषादी प्रयोग गर्दा खेतमा ५–८ सेमि पानी ५ दिनसम्म कायम रहनु पर्दछ । – सुशीला रेग्मी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x