×

NMB BANK
NIC ASIA

समाचार

शीतल निवासमा वर्तमान र पूर्वप्रधानसेनापतिसहितका उच्च अधिकारीहरुको जमघट

भदौ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाका प्रधानसेनापति, पूर्वप्रधानसेनापतिसहित उच्च अधिकारीसँग छलफल गरेकी छिन् । रक्षामन्त्री हुँदादेखि सेनाको परमाधिपति हुँदासम्म सहयोग गर्नेलाई धन्यवाद दिनको लागि कार्यक्रम आयोजना गरिएको शीतलनिवास स्रोतले लोकान्तरलाई बतायो । 

Muktinath Bank

बुधवार अपरान्ह भएको भेटघाटमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा र प्यारजंग थापा सहभागी भएका थिए । रथी भन्दा माथिल्लो दर्जाका पूर्व र बहालवाला अधिकारीलाई शीतलनिवासमा बोलाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रक्षामन्त्री हुँदादेखि चिनजान भएका र राष्ट्रपति हुँदा विभन्न ठाउबाट योगदान गरेका सबैसँग भेटघाटका लागि कार्यक्रम तय भएको हो’ राष्ट्रपति भण्डारीका संचारविज्ञ टीका ढकालले लोकान्तरसँग भने, ‘जंगी अड्डासँगको समन्वयमा कार्यक्रम तय भएको हो ।’


Advertisment
Nabil box
Kumari

नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले राजीनामा गर्ने सम्मको चर्चाकाबीच बुधवार शीतलनिवासमा वर्तमान र पूर्व सेनापतिसहितको जमघट भएको हो । संचारविज्ञ ढकालले छलफलको खास एजेण्डा नभएको बताए । 
‘राष्ट्रपतिज्यू देशका विभिन्न ठाउँमा जादा सहयोग गरेका र विदेश जाँदा त्यहाँ डिफेन्स एट्याची रहेकादेखि शीतलनिवासको सुरक्षामा खटिएका अधिकारीहरु आउनु भएको थियो’ ढकालले भने । स्रोतका अनुसार उपस्थित सेनाका पूर्व जर्नेलहरूले नागरिकता विधेयक फिर्ता गरेर राम्रो काम गरेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभामा पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति भण्डारीले संविधानविद् लगायतसँग परामर्श गरिरहेकी छिन् । प्रतिनिधि सभाबाट फेरि आउन लागेको विधेयक प्रमाणीकरण गर्नुभन्दा राजीनामा गर्नु उपयुक्त हुने कतिपय संविधानविद्ले भण्डारीलाई सुझाव दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x