×

NIC ASIA

हिन्दीपछि ‘प्रेमगीत ३’को नेपाली ट्रेलर पनि रिलिज

भदौ १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

‘प्रेमगीत ३’ को नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको छ । बिहीवार फिल्मको हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको केही घण्टापछि नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको हो । ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकाे नेपाली ट्रेलर २ मिनेट ११ सेकेण्डको छ । 

Muktinath Bank

राजयोगमा जन्मिएको 'प्रेम' नामक पात्रको जीवनमा 'गीत' नामक युवतीको प्रवेश भएपछि आउने विभिन्न उतारचढाव फिल्मको कथा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरमा प्रेम नामक पात्रलाई राजयोग र प्रेमयोगमध्ये एक रोज्नुपर्ने बाध्यता देखाइएको छ । प्रेमको भूमिकामा अभिनेता प्रदीप खड्का छन् भने गीतको भूमिकामा डेब्यू अभिनेत्री क्रिष्टिना गुरुङ छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा, क्रिजन गौतमलगायतका कलाकारहरूको पनि अभिनय छ । 


Advertisment
Nabil box
Kumari

सन्तोष सेनको निर्माण रहेको फिल्मलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले खिचेका हुन् । स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमको लेखन रहेको ‘प्रेम गीत ३’ ढुंगेयुगको कथामा निर्माण भएको हो । 

Vianet communication

दशैंको छेको पारेर असोज ७ गतेदेखि नेपालमा र भारतमा फिल्म एकसाथ प्रदर्शन हुन लागेको हो । साउथका चर्चित कलाकारहरूले अभिनय गरेको फिल्मको हिन्दी डबमा स्वर दिएका प्राविधिकहरूले नै ‘प्रेमगीत ३’को हिन्दी डबिङ गरेका छन् ।

फिल्म यतिबेला दर्शकमाझ प्रतिक्षित छ । नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेम गीत ३’ नै पहिलो हो । यतिबेला अभिनेता प्रदीप खड्का, निर्माता सन्तोष सेन फिल्मको प्रचारप्रसाका लागि मुम्बईमै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x